मङ्सिर ४ गते एकै चरणमा निर्वाचन गर्ने सरकारको निर्णय
- Netizen Nepal
- बिहीबार, १९ श्रावण, २०७९- १५:४४:००/ Thursday 08-04-22

नेटिजन संवाददाता
काठमाडौँ, १९ साउन। सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले यस अघि नै मंसिर २ गते शुक्रवारका लागि एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
शुक्रबार मुस्लिम समुदायको नवाज पर्ने भएकाले शुक्रवारको दिन निर्वाचनको मिति नतोक्न सो समुदायले सरकारलाई आग्रह गरेका थिए ।