• बुधबार, १२ बैशाख, २०८१
  • ०२:१५:५९

आइतबारसम्म देशभर भारी वर्षा हुने 

  • Netizen Nepal
  • शुक्रबार, २७ श्रावण, २०७९- १३:०४:००/ Friday 08-12-22

नेटिजन संवाददाता 
काठमाडौँ, २६ साउन । तीन दिनसम्म काठमाडौं उपत्यकासहित देशैभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली हुँदै आएको छ । अधिकांस क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। 

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह छ । यस्तै भोलि शनिबार गण्डकी प्रदेशको थोरै स्थान र प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ।

यस्तै आइतबार प्रदेश १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।