• बिहीबार, १३ बैशाख, २०८१
  • ०६:१२:३५

देशभर जनैपुर्णिमाको रौनक (फोटोफिचर)  

  • Netizen Nepal
  • शुक्रबार, २७ श्रावण, २०७९- १८:४०:००/ Friday 08-12-22

नेटिजन संवाददाता 
काठमाडौँ, २६ साउन । आज श्रावण शुक्लपूर्णिमा रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाएको छ।प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन,जनै पूर्णिमा पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाईएको छ ।

जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी,ताल,तलाउ,पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा अनुरुप तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

आजकै दिन ब्राह्मण,क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा अनुरुप गरिन्छ। स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।

जनैपूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ ।यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने,पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्ने भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।तस्बिर- रासस।