• बिहीबार, १३ बैशाख, २०८१
  • ०३:०३:५४

पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु

  • Netizen Nepal
  • आइतबार, २९ श्रावण, २०७९- १६:४३:००/ Sunday 08-14-22

नेटिजन संवाददाता 

काठमाडौँ, २९ साउन। डोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३ स्थित जिउभन्ने स्थानमा एक  स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ ।

आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका १९ बाँके राझा मोहोनपुर निवासी करिब ३२ वर्षीय सुरज बसाल मगरको मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रवक्त श्रेष्ठका अनुसार दुर्घटनाको खबर पाएलगत्तै  डोल्पा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली उक्त घटनास्थलमा पुगेको थियो ।