• बुधबार, १२ बैशाख, २०८१
  • ०४:३०:३२

राष्ट्रपतिबाट दोस्रो पटक संविधान उलंघन: पुर्वराष्ट्रपति यादव 

  • Netizen Nepal
  • बुधबार, ५ असोज, २०७९- १७:५१:००/ Wednesday 09-21-22

नेटिजन संवाददाता 
काठमाडौँ, ५ असोज । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसद्‌ले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाउनुभएको छ । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ थियो । 

जनकपुरमा बुधबार आयोजित कार्यक्रममा उहाँले प्रतिनिधिसभा विघटन गरेर पहिलोचोटी संविधान उल्लंघन गरेकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर फेरि संविधान उल्लंघन गरेको भन्दै आपत्ति जनाउनुभयो । दोस्रो पटक पनि संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको सो विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको पूर्वराष्ट्रपति यादवको भनाइ थियो । 

विभिन्न मुलुकका अभ्यास हेर्नुपर्ने, कानुनविद्, संविधानविद् तथा विद्वानहरूसँग छलफल गरेर अघि बढ्न सक्ने विकल्प हुँदा हुँदै पनि त्यसो नगरी संविधानमै नभएको बाटो राष्ट्रपतिले रोज्नु गलत भएको बताउनुभयो।