• शुक्रबार, ७ बैशाख, २०८१
  • ०१:३८:२६

चट्याङ लागेर एक किशोरको मृत्यु, ४ जना घाइते

  • Netizen Nepal
  • सोमबार, १० असोज, २०७९- ०९:४६:००/ Monday 09-26-22

नेटिजन संवाददाता 

काठमाडौँ, १० असोज। वीरगजमा चट्याङ लागेर आज बिहान एक किशोरको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

बिहान ७ बजे बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया पोखरी नजिकै खेलीरहेको अवस्थामा स्थानीय १६ वर्षीय सिद्धान्त ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी निरीक्षक दिपक गिरीले बताउनुभयो । 

चट्याङ लाग्दा स्थानीय ४ जना किशोर घाइते भएको र उनीहरूको नारायणी अस्पताल बीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।