• बिहीबार, १३ बैशाख, २०८१
  • ०७:०५:२१

 पूर्व पश्चिम रेलमार्ग: निर्माण खर्च २४ अर्ब 

  • Netizen Nepal
  • बुधबार, १२ असोज, २०७९- ०६:५३:००/ Wednesday 09-28-22

नेटिजन संवाददाता 
काठमाडौँ, १२ असोज। पूर्व–पश्चिम रेलमार्ग निर्माणमा करिब २४ खर्ब रुपैयाँ लाग्ने भएको छ । सरकारले गरेको अध्ययनले रेलमार्ग निर्माणका लागि नेपालको १ आर्थिक वर्षको वार्षिक बजेटभन्दा बढी लागत लाग्ने देखाएको हो ।

नेपालको एक आर्थिक वर्षको वार्षिक बजेटभन्दा बढी एउटा आयोजनामै हुने देखिएपछि सरकारले ‘पूर्व–पश्चिम रेलमाग आफ्नै स्रोतसाधनबाट निर्माण गर्न सम्भव नरहेको’ निचोडसमेत निकालेको छ ।

नेपालको एक आर्थिक वर्षको पुँजीगत बजेटको आकार करिब ४ खर्ब रुपैयाँ बराबरको छ । पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न भने एक आर्थिक वर्षको पुँजीगत खर्चभन्दा करिब ६ गुणा बढी लाग्नेछ ।

सरकारले आफ्नै स्रोतबाट पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न असम्भव रहेको जनाएसँगै रेलमार्ग निर्माणका लागि विदेशी दातृराष्ट्र वा अन्य निकायको सहयोगको भर पर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारको आफ्नै स्रोतसाधनबाट पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न नसकिने जनाएको छ । राजधानी दैनिक