• शनिबार, ८ बैशाख, २०८१
  • ०५:४६:०७

नाइजेरियामा बाढी: २३ को मृत्यु, १ लाख बढी विस्थापित

  • Netizen Nepal
  • बुधबार, १२ असोज, २०७९- १६:१८:००/ Wednesday 09-28-22

नेटिजन संवाददाता 
काठमाडौँ, १२ असोज । नाइजेरियामा आएको भिषण बाढीमा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको बताइएको छ । साथै सो बाढीका कारण अरु कम्तीमा पनि एक लाख १६ हजार जना विस्थापित भएका छन् ।

यस वर्षको मनसुनी वर्षाका कारण ती नागरिक विस्थापित हुन पुगेका बताइएको छ । उद्धार अधिकारीहरुले यहाँका नागरिक बाढीबाट धेरै विस्थापित हुन पुगेका र उनीहरुको पुनस्र्थापनाको पहल भइरहेको बताएका छन् ।

नाइजेरियाको मध्य प्रान्त बेन्युमा बाढीले बढी मात्रामा क्षति पुगेको जनाएको छ । सो प्रान्तमा मे महिनादेखि नै बढीको प्रकोप सुरु भएको र यसमा परेर ठूलो मात्रामा भौतिक क्षति पुगेको पनि यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

यो प्रान्तका प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी विभागका प्रमुख इमानययल सिसोरले उक्त प्रान्तमा दशौँ हजार जना विस्थापित भएका र उनीहरुको पुनस्र्थापनाको काम निकै नै चुनौतीपूर्ण भएको बताएका छन् ।

यहाँका सयौँ हेक्टर जमिनमा लगाइएको बाली पनि बाढीले नष्ट गरिदिएकाले यहाँका नागरिकहरुलाई बासका साथै खाद्यान्नको पनि आवश्यकता परेको बताइएको छ । अधिकारीहरुले बाढीले यहाँका करिब पाँच हजार घर भत्काइदिएकाले दशौँ हजार नागरिक अस्थायी शिविरमा बस्दै आएका पनि जनाएका छन् ।