• शनिबार, ८ बैशाख, २०८१
  • १२:४०:३२

२८ हजारमा डेंगी संक्रमण, ३८ जनाको मृत्यु 

  • Netizen Nepal
  • बिहीबार, १३ असोज, २०७९- १८:२९:००/ Thursday 09-29-22

नेटिजन संवाददाता 
काठमाडौँ, १३ असोज । देशैभर फैलिएको डेंगीबाट संक्रमित हुनेको संख्या २८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को २४ घण्टाको तथ्यांकअनुसार थप ५४० जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । यो संख्या थपिएसँगै २८ हजार १०९ जनामा संक्रमण भएको छ ।  

तथ्यांकअनुसार प्रदेश १ मा ८ सय २९, मधेसमा ४ सय १३, वाग्मतीमा २१ हजार ९ सय ७५, गण्डकीमा ६ सय ७७, लुम्बिनीमा ३ हजार १ सय २५, कर्णालीमा २ सय ३८ र सुदूरपश्चिममा ५ सय ५० वटा केस देखिएका छन् ।

डेंगीबाट मृत्युको संख्या पनि बढ्दै गएको छ । हालसम्म यसबाट ३८ जनाको मृत्यु भइसकेको ईडीसीडीको तथ्यांकमा उल्लेख छ ।