• मंगलबार, ११ बैशाख, २०८१
  • ०२:२०:२०

कुन उमेर समूहका मानिसले कति घण्टा सुत्ने ?

  • Netizen Nepal
  • शुक्रबार, १४ असोज, २०७९- ०९:१७:००/ Friday 09-30-22

नेटिजन संवाददाता 

काठमाडौँ, १४ असोज। हामीले भन्दै र सुन्दै आएका छौ, सामान्यतया राम्रो स्वास्थ्यको लागि ८ घण्टा सम्म सुत्ने गर्नुपर्दछ । तर, पनि हामी विभिन्न कारणले गर्दा समयमा सुत्न, र समयमा उठ्न सकिरहेको हुदैँनौं तसर्थ हाम्रो स्वास्थ्यमा विभिन्न समस्याहरु सिर्जना हुन सक्छ।  स्वस्थ रहनका लागि हामीले उमेरअनुसार सुत्ने र उठ्ने गर्नुपर्छ।

५ घण्टाभन्दा कम सुत्ने मानिसमा मस्तिष्कसम्बन्धि समस्या हुन्छ। यद्धपी समयभन्दा बढी सुत्नाले पनि यस्तो समस्या निम्तन सक्छ। अनुसन्धानका अनुसार, निन्द्राको मात्रा सबै उमेरका व्यक्तिमा फरक हुन्छ।

नवजात शिशुदेखि ३ महिना उमेर समूह –

यी बच्चाहरूलाई हरेक दिन १४ देखि १७ घण्टा निद्रा आवश्यक हुन्छ। जसमध्ये कम्तिमा ११ देखि १७ घण्टा निदाउन महत्त्वपूर्ण छ। तर १९ घण्टाभन्दा बढी निदाउनु पनि बच्चाको दिमागको विकासलाई बाधा पुग्न सक्छ ।

४ महिनादेखि १ बर्ष उमेर समूह-

४ महिनादेखि १ बर्षसम्मका उमेरका बच्चालाई १२ देखि १५ घण्टा वा कम्तिमा १० घण्टा निदाउनु आवश्यक हुन्छ । यस्तै, १८ घण्टाभन्दा बढी निन्द्रा तिनीहरूको लागि खतरनाक हुन सक्छ।

१ देखि २ बर्ष उमेर समूह १ देखि २ बर्षसम्मका बच्चाको लागि ११ देखि १४ घण्टा निदाउनु राम्रो मानिन्छ । यसभन्दा बढी वा कम निदाउनु यी उमेर समूहका बच्चाहरुको लागि राम्रो हुँदैन। 

३ बषैदेखि ५ बर्ष उमेर समूह-

यी उमेर समुहका बच्चाहरु १० देखि १३ घण्टाको निन्द्रा राम्रो मानिन्छ । यसैगरी ८ घण्टाभन्दा कम वा १४ घण्टाभन्दा बढी निदाउनु उनीहरुका लागि हानिकारक हुन सक्छ ।

 ६ देखि १३ बर्ष समूह-

यी उमेर समूहका बच्चाहरुको लागि ९ देखि ११ घण्टाको निन्द्रा राम्रो मानिन्छ । उनीहरुका लागि ७ घण्टाभन्दा कम वा ११ घण्टाभन्दा बढी निदाउनु उनीहहरुका लागि हानिकारक हुन्छ ।

१४ देखि १७ बर्ष समूह-

१४ बर्षदेखि १७ बर्ष उमेर समूहका लागि ८ देखि १० घण्टाको निन्द्रा राम्रो मानिन्छ ।

१८ देखि २५ बर्ष समूह – 

१८ देखि २५ बर्ष समूहका लागि ७ देखि ९ घण्टा सुत्नु फाइदाजनक रहेको छ । तर यसभन्दा घटी वा बढी भने हानिकारक हुन जान्छ ।

२६ देखि ६४ बर्ष समूह –

२६ बर्ष देखि ६४ वर्ष उमेरका मानिसहरूलाई पनि ७ देखि ९ घण्टा निद्रा आवश्यक छ । यसले मानसिक स्वास्थ्यका साथै कार्यक्षमता पनि प्रभावकारी बनाउन सहयोग गर्दाछ ।

६४ बर्ष उमेर समुहभन्दा माथि – 

६४ बर्ष उमेर समूहका मानिसहरुका लागि ७ देखि ८ घण्टाको निन्द्रा राम्रो मानिन्छ । बढ्दो उमेरका साथ, निद्रा आवश्यकता पनि घट्दै जान्छ । तर यस उमेरमा ५ घण्टाभन्दा कम निदाउनु वा ९ घण्टाभन्दा बढी निदाउनु पनि स्वास्थ्यका लागि हानिकार मानिन्छ ।