युरिक एसिड भएका बिरामीले के खाने, के नखाने ?
- Netizen Nepal
- शुक्रबार, १४ असोज, २०७९- ०९:३४:००/ Friday 09-30-22
नेटिजन नेपाल
काठमाडौँ, १४ असोज । रगतमा युरिक एसिडको मात्रा बढेर हुने जोर्नी समस्यालाई युरिक एसिड अर्थात बाथरोग भन्ने गरिन्छ। सामान्यतया आजभोलि धेरै व्यक्तिलाई युरिक एसिडको समस्या देखिन थालेको छ । यो खानपान र जीवनशैलीसँग सम्बन्धित समस्या हो । खानपान र जीवनशैलीमा परिवर्तन गरेर यसको समाधान गर्न सकिन्छ।
हाम्रो रगतमा देखिने युरिक एसिडको मात्रा बढ्नुमा प्युरिन न्युक्लिक एसिडयुक्त खानेकुराहरु जिम्मेवार हुन्छन् । रगतमा युरिक एसिडको मात्रा प्युरिन न्युक्लिक एसिडको पाचनमा आएको गडबढीले बनेको युरिक एसिड युरियामा परिवर्तन भएर पिसाबबाट बाहिर जान नसक्दा युरिक एसिड देखिन्छ । विषाक्त एसिडलाई पिसाबमार्फत बगाएर लैजाने र युरिक एसिडका कारण हुने समस्यालाई कम गर्ने नै यसको मुख्य उपचार हो ।
युरिक एसिड भएकाले के खाने ?
-रगतमा युरिक एसिडको मात्रा शरीरमा पानीको मात्रा कम भएमा पनि लाग्ने गर्छ। बढी भएको युरिक एसिडलाई पिसाबद्वारा बाहिर निकाल्न बिरामीले दैनिक चार /पाँच लिटर पानी पिउनु आवश्यक छ । पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै थोरै गरेर पिउनु पर्छ ।
-युरिक एसिड भएकाहरुलाई चेरीले पनि फाइदा पुर्याउछ। चेरीमा पाइने एन्थोसाइन तत्वले युरिक एसिडलाई कम गर्नुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट वाथ हुुनबाट बचाउँछ ।
-दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले युरिक एसिडलाई न्युट्रलाइज गर्नुका साथै वाथका दौरान हुने पीडालाई पनि कम गर्छ ।
-अमिला फलफूलमा सिट्रक एसिड पाइन्छ । जसले युरिक एसिडलाई कम गर्न मदत गर्छ ।
-रेशा र चोकर युक्त, खस्रा मोटा र सग्ला खानेकुराको प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया सागसब्जी, खस्रामोटा अन्न र फलफूलमा भएका रेशाले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसाबबाट बाहिर निकाल्न सहयोग गर्छ।
-ज्वानोको झोलको सेवनले पनि यूरिक एसिड कम गर्न मद्दत पुर्याउछ।
-केरा, ब्रोकाउली , काँक्रो गाजर जस्ता फलफूूल तथा तरकारीहरूमा प्रशस्त एण्टिअक्सिडेण्ट र भिटामिनहरू पाइन्छ । यी फलफूलहरूमा पाइने भिटामिन ‘ए’, ‘सी’, ‘ई’ र ‘बी कम्प्लेक्स’ हरूले युरिक एसिडबाट हुने बाथ कम गर्न मद्दत गर्छ ।
-ग्रीन टी मा पाईने एन्टीअक्सिडेण्टले पनि युरिक एसिड कम ग्गर्ण मदत गर्छ।
के नखाने ?
-रातो मासु, फल मासु, ठूला जनावरका मासु, हाँसको मासु, टर्कीको मासु मुुटु,कलेजो मिर्गौला र गिदी जस्ता मासु खान हुँदैन । रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्न थाल्छ ।
-सी फुडहरु जस्तै झिङ्गे माछा, प्राउन, लोवस्टोर , ट्यूना, एन्कोभिज प्रजातीका माछाहरुमा प्युरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दा यसको सेवनलाई राम्रो मानिँदैन ।
-युरिक एसिड बढ्दा रक्सी, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेयपदार्थको सेवन गर्नु हुँदैन।
-दाल तथा गेडागुडीमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरीरमा प्रशस्त यूरिक एसिड बन्छ ।
-कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुंगो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ ।
-जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूडमा हालिएको प्रीजरभेटीभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन सहयाेग गर्छ ।
-अचार, तामा , गुन्द्रुक,सिन्की लगायतका खाँदेका खानेकुरा पनि खानु हुँदैन । एजेन्सी