• शुक्रबार, ७ बैशाख, २०८१
  • ०३:१५:३२

ट्रेलरमा यस्तो देखियो 'के घर के डेरा' 

  • Netizen Nepal
  • शुक्रबार, १४ असोज, २०७९- १४:०३:००/ Friday 09-30-22

नेटिजन संवाददाता 
काठमाडौँ, १४ असोज। चलचित्र 'के घर के डेरा' को ट्रेलर सार्वजनिक भएको छ। शुक्रवार राजधानीमा एक कार्यक्रमबीच सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। 

३ मिनेट १८ सेकेन्डको उक्त ट्रेलरमा काठमाडौंमा घर हुने र नहुने दुई परिवारको कथालाई प्रस्तुत गरिएको छ । दीपेन्द्र के. खनाल निर्देशित चलचित्र सामाजिक विषयवस्तुमा निर्माण भएको हो । 

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा÷संवाद रहेको चलचित्रमा बिपिन कार्की, वर्षा राउत, दयाहांग राई, सुरक्षा पन्त, आशान्त शर्मा, लक्ष्मी गिरी, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, आयुशी ढकाल लगायतको अभिनय रहेको छ। 

चलचित्र कात्तिक ४ गतेदेखि देशभर प्रदर्शनमा हुँदैछ।