• शुक्रबार, ७ बैशाख, २०८१
  • ०८:१८:०१

प्रकाश सपूत र सृष्टी खड्का अभिनित 'केशरी' गीत सार्वजनिक

  • Netizen Nepal
  • शनिबार, १५ असोज, २०७९- १२:२०:००/ Saturday 10-01-22

नेटिजन संवाददाता 
काठमाडौँ, १५ असोज।   ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत "केशरी केशरी" सार्वजनिक भएको छ । गायक बिष्णु भट्ट र नेपाल  अस्मिता अधिकारीको आवाज रहेको गीतमा शब्द अष्ट्रेलिया विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ | ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय रहेको छ |

ठट्यौली प्रेमिल यस गीतको भिडियोमा ऋषि राज आचार्यको निर्देशन तथा महेश्वर आचार्य,रितु आचार्य र राजेन्द्र खातीले सह- निर्देशन रहेको छ । गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ । भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ ।  पृज्मा स्टुडियोमा रेकर्ड भएको गीतलाई  मिक्सिङ / मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका छन् ।