• मंगलबार, ११ बैशाख, २०८१
  • १०:३७:२३

“मैले चाहेर हुने भए त सधैका लागि महिनावारी रोक्थे” 

  • Netizen Nepal
  • बुधबार, १९ असोज, २०७९- १६:०२:००/ Wednesday 10-05-22

पवित्रा थपलिया 
कामाडौं, १९ असोज । दैलेख जिल्ला ठाँटीकाध गाउँपालिका वडा नं ५, चौराहमा ढुंगा, माटोले बनेको र जस्ताले छाइएको  दुई तले घर छ । भर्खरै बनाएइएको जस्तो देखिने घरको भित्ताहरुमा पोतिएको कमेरोको रंग उज्यालो देखिन्छ । आँगनका डिलमा काठका फल्याक र दाउरा थुपारिएका छन् । आँगनबाट झन्डै ४० मिटर पर एउटा शौचालय छ । सौचालयको ठ्याक्कै अगाडी ढुङ्गा थुपारिएको जस्तो दृश्य देखिन्छ।  तर त्यो थुपारिएको ढुंगा जस्तो देखिए पनि त्यो मान्छे बस्ने गोठ हो । त्यहि गोठमा १४ वर्षिय कमला वि.क. महिनावारी भएको बेला पाँच दिन कटाउँछिन् । स्थानिय भाषामा यो छाउ गोठ हो। 

घरको छेउमा भएकको गोरु गोठ संगै उनि बस्ने छाउगोठ  छ । उनि हरेक महिनाको पाँच दिन त्यहि ढुंगाको थुप्रो भित्र रहेको छाउगोठमा बिताउँछिन् । ’बरु गोरुको गोठमा राम्रोसंग हावा आउँछ, उज्यालो छिर्छ । मान्छे बस्ने छाउ गोठमा न हावा छिर्छ, न उज्यालो’, उनले भनिन् । 

 महिनावारीका बेला उनि अलग्गिनुपर्छ । परिवारसंगै बस्न मिल्दैन ।महिनावारी भएको पाँच दिनसम्म  गाई, भैंसीको दुध खानु हुँदैन । नजिकै रहेको घरको शौचालय जान मिल्दैन ।  घरको दैलो त के आँगनमा टेके पनि अनिष्ट हुने डर देखाइन्छ ।

 सानैमा लडेर उनको देब्रे हातको पन्जा गुमेको छ ।  उनलाई सामान्य काम गर्न पनि कठिन हुन्छ । गाउँनजिकै रहेको  श्रीकृष्ण मा.विमा कक्षा ६ मा अध्ययनरत उनि  महिनावारी सुरु भएदेखि  हरेक महिनाहरु कठिनका साथ् बित्न थालेको  भन्दै गहभरि आँशु पार्दै उनल थपिन्, ’भनेर हुन्थ्यो भने त म कहिल्यै महिनावारी हुन चाहान्न’ । अनि "मैले चाहेर हुने भए त सधैका लागि महिनावारी रोक्थे' । 

उनका अनुसार शारीरिक रुपमा हुने पिडा त छँदै छ, मानशिक रुपमा पनि उनलाई निकै कष्ट हुन्छ महिनावारीका बेला । महिनावारीका बेला उनि अलग्गिनुपर्छ । परिवारसंगै बस्न मिल्दैन ।महिनावारी भएको पाँच दिनसम्म  गाई, भैंसीको दुध खानु हुँदैन । नजिकै रहेको घरको शौचालय जान मिल्दैन ।  घरको दैलो त के आँगनमा टेके पनि अनिष्ट हुने डर देखाइन्छ ।

समाजले र घर परिवारले देखाउने डरका कारण उनको पाइला त्यहि छाउगोठमै थपक्क रोकिन्छ ।  ’त्यो अँध्यारो छाउगोठको भुईंमा एक्लै सुत्नुपर्दा रातभरि डर लाग्छ ।  तर म मेरो पिडा आफैं भित्र दबाएर चुपचाप रात कटाउन बाध्य छु ।  राति पिसाब लाग्ला भनेर बेलुका पानी नखाइ सुत्ने गरेकी छु’, उनले भनिन् ।  

महिनावारीका विषयमा उनले घरमा बुझाउने कोशिश नगरेकी होइनन् । तर उनका परिवारलाई छोरीको पिडा भन्दा पनि ज्यादा देवता रिसाउने डर हुन्छ । उनको बुबाले पनि बेला बेला यस्ता कुरामा सहि थाप्नुहुन्छ । हो मा हो मिलाउनु पनि हुन्छ ।  तर फेरि उहाँ देवतासंग डराउँनुहुन्छ । अनि छोरी, बुहारी र श्रीमतीलाई छाउगोठ तिरै पठाउनुहुन्छ ।

उनलाई मुस्किलले काटिएको त्यो ५ रात कहिल्यै फर्किएर नआए हुन्थ्यो जस्तो लाग्छ । पेट दुखेर छटपटी हुँदा अँगेनाको छेउमा बसेर आमाले पकाएको तातो दुधभात खाने रहर नभएको होइन उनलाई । तर न उनि दैलोको संघार नाघ्न सक्छिन्, न परिवारले भित्र बोलाउन नै सक्छन् । आफुले भोगेको जस्तै पिडा उनलाई बहिनिहरुले भोग्नु नपरोस भन्ने लाग्छ ।  ’यो जुनी त यस्तै होला । सोचेको जस्तो कहाँ हुने रहेछ र ? तर मेरी सानी बहिनी र भदैनीहरुले यसरी छाउगोठको कष्ट भोग्नु नपरोस्’, उनले भनिन् ।  

महिनावारीका विषयमा उनले घरमा बुझाउने कोशिश नगरेकी होइनन् । तर उनका परिवारलाई छोरीको पिडा भन्दा पनि ज्यादा देवता रिसाउने डर हुन्छ । उनको बुबाले पनि बेला बेला यस्ता कुरामा सहि थाप्नुहुन्छ । हो मा हो मिलाउनु पनि हुन्छ ।  तर फेरि उहाँ देवतासंग डराउँनुहुन्छ । अनि छोरी, बुहारी र श्रीमतीलाई छाउगोठ तिरै पठाउनुहुन्छ ।

 ’मेरो घर र छाउगोठ बीचको दुरी जम्मा ५० मिटरको छ । तर त्यो दुरीको बिचमा अजङ्गको पर्खाल छ ।  महिनावारीका बेला त्यो दुरी र पर्खाल न मैले भत्काउन सक्छु, न मेरो परिवारले नै’, उनले भनिन् ।  

कमलाका लागि छाउ गोठ देखि घरको संघारसम्मको दुरी हजारौं माइल भन्दा टाढा छ । जहाँ महिनावारी भएका बेला चाहेर पनि पुग्नै सकिंदैन ।

महिनावारीका बेला छाउगोठमै बसेर मेरी आमाले दशकौं बिताउनु भएको छ । उहाँले छाउ गोठको  पिडा बुझ्नुभएको छ । तर छोरीलाई घरमा राख्नुपर्छ भनेर खुलेर भन्न सक्नुहुन्न । ’पहिला हामीले निकै कष्टपूर्ण रात काट्थ्यौं ।  आजभोली बस्ने ठाउँका हिसाबले त केहि सहज भएको छ ।  तर छाउ प्रथाबारे मानिसको बुझाइ भने अझै परिवर्तन हुन सकेको  छैन’, उनले भनिन् ।  
 

कमलाका लागि छाउ गोठ देखि घरको संघारसम्मको दुरी हजारौं माइल भन्दा टाढा छ । जहाँ महिनावारी भएका बेला चाहेर पनि पुग्नै सकिंदैन । ’महिनाबारी भएको बेला घरमै राखे समाजले के भन्छ ? हामी पनि यहि समाजमा बस्नुपर्छ।  ऐचोपैंचो, मेलापात, अर्मपर्म गर्नुपर्छ । यहि गाउँमा काम गरेर घर परिवारको पेट भर्नुपर्छ ।  अनि समाजको रितिभन्दा बाहिर कसरी जानु ?’, छाउप्रथाको विषयमा अधिकांश ठाँटीकाँधबासीहरुको प्रतिक्रिया यहि आउँछ ।  

ठाँटी काँध गाउाँलिकाकी १४ वर्षिया कमला वि. क.ले  महिानावारीको समयमा भोगेको जस्ता पिडा भोग्नेहरु अरु बालिका पनि छन् । कमला  ती सबै बालिकाको पिडाको प्रतिनिधि पात्र हुन् । महिनावारी भएको बेला महिला तथा बालिकाले भोग्नु परेका यस्ता कुप्रथाजन्य समस्या समाजबाटै हटाउनका लागि पालिकामा धेरै बहस, छलफल र प्रतिबद्धता पनि हुने गरेका छन् । तर ती प्रतिबद्धता घरभित्र लागु गर्न अझै कठिन देखिन्छ । 
दैलेख जिल्ला ठाँटीकाध गाउँपालिका वडा नं ५, अग्रह टोलकी २८ वर्षिया अनमी चित्रा बडुवाललाई पनि महिनावारीका बेला भोग्नुपरेको सास्ती कहालीलाग्दो लाग्छ ।  जुम्ल्याहा काखे छोरी च्याप्दै उनले भनिन्, ’मैले जे भोगें, यी छोरीहरुले भोग्नु नपरोस् ।’ उनि महिनावारी भएका बेला पनि स्वास्थ्य चौकी जान्छिन् र आफ्नो काम गर्छिन् ।  

’आफु महिनावारी भएका बेला पनि स्वास्थ्य चौकी गएर सेवा दिने गरेकी छु । अहिलेसम्म कसैलाई केहि भएको छैन।  बरु सबैजना उपचार गराएपछि निको भएर फर्किनुभएको छ’, उनले भनिन् ।  तर कहिलेकाहीं आउँदा जाँदा भने गाउँलेहरुले आँगनमा टेक्न त परको कुरा बाटो हिंड्न पनि बन्देज लगाउने गरेको तितो यथार्थ उनिसंग छ । 

अहिले पनि महिलाहरु महिनावारी र यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा बोल्न हिचकिचाउने उनको भनाइ छ ।  ’समाजमा केहि हदसम्म परिवर्तन ल्याउन सकिन्छ कि भनेर जनचेतना तथा महिलाहरुलाई भेला गरेर पनि कुरा गर्ने गरेकी छु । तर सोचेजस्तो नतिजा पाउन सकेकी छैन’, उनले भनिन् ।  

गाउँपालिकालाई समेत महिनावारीको समस्या भोगीरहेका महिलाहरुको पिडा थाहा छ । महिनावारीको झन्झटले केहि मानिसहरुले त धर्मसमेत परिवर्तन गरेको भन्दै ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षा बहादुर शाही भन्छन्, “मानिसहरुको शिक्षा, चेतना, परम्परा आदीका कारण यो समस्या कायम रहेको छ । पहिलेको भन्दा धेरै परिवर्तन भए पनि महिनावारी प्रति भएको सोचाइ र व्यवहार परिवर्तनका लागि धेरै काम गर्न बाँकी छ ।”  

महिनावारी नाबार्ने व्यक्तिलाई भन्दा पनि  घरका अन्य सदस्यहरुलाई पिर्छ भन्ने मान्यता अझै विद्यमान छ । त्यसैले महिनावारीका बेला झुक्किएर छोइयो भने पनि पाप कटाउन मष्टा, इष्ट देवता, कुल देवतासंग माफि मागि भेटि चढाउने, बोका, कुखुरा भोग दिने चलन रहेको बडुवाल बताउँछिन् ।  

गाउँपालिकालाई समेत महिनावारीको समस्या भोगीरहेका महिलाहरुको पिडा थाहा छ । महिनावारीको झन्झटले केहि मानिसहरुले त धर्मसमेत परिवर्तन गरेको भन्दै ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षा बहादुर शाही भन्छन्, “मानिसहरुको शिक्षा, चेतना, परम्परा आदीका कारण यो समस्या कायम रहेको छ । पहिलेको भन्दा धेरै परिवर्तन भए पनि महिनावारी प्रति भएको सोचाइ र व्यवहार परिवर्तनका लागि धेरै काम गर्न बाँकी छ ।”  

गाउँपालिकाका  उपाध्यक्ष देविराम उपाध्याय यस क्षेत्रको प्रमुख चुनौतिका रुपमा रहेको महिनावारी व्यवस्थापनको विषयलाई कसरी सहज बनाउने भन्ने बारेमा स्थानिय सरकार  प्रयासरत रहेको बताउछन्  । पालिकाले विभिन्न  संस्थासंग मिलेर विभिन्न सचेतनामुलक तथा व्यवहार परिवर्तन सम्बन्धी काम गरेको छ । यस्ता कार्यक्रमले धेरै सुधार पनि भएको छ । पालिकाले पनि यस्ता कार्यक्रमलाई नियमित रुपमा अघि बढाइ पालिका भरी नै परिवर्तनको अनुभूत दिलाउन काम गर्ने गाउँपालिकाका   अध्यक्ष र उपाध्यक्षको  भनाइ छ ।