• शनिबार, ८ बैशाख, २०८१
  • १२:०३:१८

सन्दीपलाई हत्कडी लगाएर गौशाला प्रहरी वृतमा लगियो

  • Netizen Nepal
  • बिहीबार, २० असोज, २०७९- १२:२१:००/ Thursday 10-06-22

 नेटिजन सम्बाददाता 

काठमाडौं, २० अशोज।  एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आफू आज स्वदेश फर्किन लागेको जानकारी  उहाँले  सामाजिक सञ्जालमार्फत दिनुभएको थियो ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे ओर्लिने  भए पनि  खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केही बेर ढिलाइ भएको थियो ।  कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका सन्दीपलाई  प्रहरीले हत्कडी लगाएको छ ।  सन्दीपले आफूले आत्मसमर्पण गर्न लागेकाले हतकडी नलगाइदिन प्रहरीलाई  आग्रह गरे पनि  हत्कडी लगाएर विमानस्थलबाट प्रहरी भ्यानमा राखी  प्रहरी वृत्त गौशाला लगिएको छ । 

 लामिछानेविरूद्ध गत भदौ २१ गते एक बालिकालाई  बलात्कार आरोपमा जाहेरी परेको थियो  ।