• शनिबार, ८ बैशाख, २०८१
  • ०५:३७:४२

काठमाडौँ उपत्यकामा शनिबारदेखि मात्र वर्षा कम   हुने

  • Netizen Nepal
  • बिहीबार, २० असोज, २०७९- १२:३७:००/ Thursday 10-06-22

नेटिजन सम्बाददाता 
    काठमाडौँ, २० असोज।  काठमाडौँ उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ ।  रातिदेखि काठमाडौँ उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलब ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ ।    
    
 “काठमाडौँ उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ”  उहाँले भन्नुभयो, “३÷४ बजेतिर पानी केही कम भएपनि दिनभरी नै पानी पर्नेछ ।” काठमाडौँ उपत्यकामा शनिबार विहानदेखि मात्र वर्षा कम हुँदै जानेछ ।