• शुक्रबार, १४ बैशाख, २०८१
  • ०२:३३:४८

हाम्रो बारेमा

इन्टरनेटको छोटकरी शब्द‘नेट’ मा जोडिएका व्यक्ति तथा प्रयोगकर्तालाई बुझाउँने नयाँ शब्दावली हो ‘नेटिजन’ । यहि नामबाट नेटिजन मिडियाले “नेटिजन नेपाल डट कम” समाचार पोर्टल संचालन गरेको छ ।
  
विगत डेढ दशक देखि नेपालको आर्थिक, सामाजिक, सामुदायिक र मानव विकासलाई जिम्मेवार संचार संस्थाको रुपमा उत्खनन्, उठान र प्रसार गर्दै आएको नेटिजन मिडियाले निरन्तरको सिकाई र सुधारबाट  आफूलाई रचनात्मक बनाउँदै विकास संचारमा नयाँ र श्रृजनशील अभ्यास गर्दै आएको छ । विकासलाई राजनीतिक तथा प्रशासनिक नेतृत्व, राष्ट्रिय नीति,योजना,कार्यक्रम,लगानी, राष्ट्रिय लाभको प्रवृत्ति र  गुणस्तरको समग्रतामा मापन गर्न मिडियाले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने अनुभव हामीले विगतका कर्मबाट प्राप्त गरेका छौं । यो धरातलमा बसेर जनपक्षीय वस्तुस्थितिको खोजमुलक,विश्लेषणात्मक, विवेचनात्मक र तथ्यपरक संचार सामग्री उत्पादन र प्रसारमा हामी जिम्मेवार पत्रकारिताको यात्रा गरिरहेका छौं । 

विगतमा छापा, श्रब्य, श्रब्यदृश्य माध्यम तथा अन्य बैकल्पिक र सामाजिक संचार माध्यममार्फत् काम गरेको अनुभव र सिकाईलाई अझ परिस्कृत र व्यापक बनाउँदै सबै माध्यमका संचार विषयवस्तु अट्ने एकिकृत माध्यमको रुपमा रहेको डिजिटल मिडियाबाट हामीले अनलाईन पत्रकारिताको संचार कर्म पनि थपेका छौं । 
हामीले तयार गरेका प्रकाशन तथा प्रसारणमुलक रोचक, उपयोगी र रचनात्मक सामग्रीहरु हाम्रो वेबसाइट , आधिकारिक फेसबुक पेज, ट्वीटर, युट्युबलगायतका सामाजिक संजालबाट समेत नेपाली नेटिजनलाई लक्षित गरेर प्रवाह गर्छौ । 

हामीसत्यपरक, तथ्यपरक र विश्वसनीयसंचार सामग्रीहरुको उत्पादनतथा प्रस्तुतीले सार्वजनिकविषयवस्तुको स्वच्छ वहसलाई घनिभूत बनाएर सामाजिकअन्तरक्रियासहितको विचार निर्माणमा रचनात्मकभूमिकानिर्वाह गर्न सकिन्छ भन्नेमाविश्वास गर्छौ । 

अहिले संसारका हरेक सामग्रीहरु भण्डारण गर्ने र प्राप्त गर्ने सबैभन्दा पहिलो र ठूलो माध्यम नै इन्टरनेट हो । तर पनि यसमा पाइने सामग्रीको विश्वसनीयता पहिचान गर्नु चुनौतिपूर्ण कार्य हो,जुन अनलाईन पत्रकारिताबाट पनि अलग हुन सक्दैन । तर एउटा संचार संस्थाको सामूहिक मेहनत, जिम्मेवारी वहन, निष्पक्षताको अभ्यास, व्यवसायिक कर्मबाट हामी विश्वसनीय सामग्री पस्कन्छौं । जवाफदेहिता,व्यवसायिकता र नैतिकताका औजारको प्रयोगबाट गुणस्तरीय विषयवस्तु उत्पादन तथा प्रसार गरी विश्वसनीय पत्रकारिताको जग बलियो बनाउँन सकिन्छ भन्ने कुरामा हामी विश्वास गर्छौं । 

हामीले पस्कने हरेक सूचना, शिक्षा,मनोरञ्जन, जानकारीहरु पत्रकारिताको यहि धर्म र कर्ममा आधारित हुन्छन् । यस क्रममा हाम्रा पाठक, दर्शक तथा सम्पूर्ण प्रेक्षा समाजबाट निरन्तरको प्रतिक्रिया, आलोचना, सुझाव, सल्लाह र टिप्पणीको सम्मानपूर्वक स्वागत गर्छौ र अपेक्षा पनि गर्छौं । तपाईहरुबाट प्राप्त यी खुराकहरु हाम्रा लागि थप सिकाई र सुधारको मूल श्रोत हुन् । 

हामी पत्रकारितालाई साझेदारी र सहभागितामुलक ज्ञानमा आधारित समाज निर्माणको बलियो सार्वजनिक खम्बा मान्छौं । यहि भावनाअनुसार समाचार, विचार, टिप्पणी, विश्लेषण, विवेचना, समिक्षा निरन्तर रुपमा प्रस्तुत गर्छौं । यसका लागि हाम्रो समाचार समूह, व्यवस्थापन समूह, बजारीकरण समूहलगायत सम्पूर्ण समूह सधैं प्रतिबद्ध छ र सधैं कटिबद्ध छ ।