घरमा आगलागी हुँदा जलेर २ जनाको मृत्यु
- Netizen Nepal
- बुधबार, २० पौष, २०७९- १३:२५:००/ Wednesday 01-04-23

नेटिजन संवाददाता
काठमाडौँ, २० पुस। पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ।आगलागीमा परेर अन्य २ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा २३ वर्षीया आसाङसिंङ थेवे र २२ वर्षीया ममता गुरुङ रहेको प्रहरीले जनाएको छ। अचानक विद्युत् सट भई आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको छ ।