• शुक्रबार, ३० जेठ, २०८२
  • ०९:२६:१९

मनसुनी हावा सक्रिय : देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं।जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी हावा सक्रिय हुँदा  मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ।देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

माहाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको बताउनुभयो।“हाल देशभर आंशिकदेखि साधारणतया बदली, कोशी, बागमती , सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ र चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो।

माहाशाखाले शुक्रबार बिहानसम्म कोशी , बागमती , गण्डकी प्र र लुम्बिनी प्रदेशका १-२  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।साथै कोशी, बाग्मती, गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भूभागका १-२  स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ।

झाका अनुसार काठमाडौँ उपत्यकामा शनिबारसम्म वर्षाको सम्भावना छ।