सन्तानकी धनी महिला
-
नेटिजन संवाददाता
- सोमबार, २ असार, २०८२- १२:२८:००/ Monday 06-16-25

काठमाडौं। भ्यालेन्टिना भासेलियभालाई गिनिज बुक अफ वल्र्ड रेकर्डले विश्वमा सर्वाधिक बच्चा जन्माउने महिला मानेको छ । उनले आफ्नो जीवनकालमा कुल ६९ बच्चा जन्माइन् ।
सन् १७८३ मा ‘दी जेन्टलम्यान्स म्यागजिन’ मा प्रकाशित लेखमा उल्लेख गरिए अनुसार भासेलियभाका पति फियोडोरसँग उनको ६९ बच्चाका अतिरिक्त आफ्नो अर्को पत्नीबाट थप १८ बच्चा थिए ।
पत्रिकाका लेखकले लेखेका छन्, “सन् १७८२ अगस्त १३, सेन्ट पिटर्सबर्ग लेखिएको एक मूल पत्र मेरो अगाडि रहेको छ । त्यसमा ओएस फियोडोर वासलिफ, उमेर ७५, एक किसान, जसले हाल जीवित र पूर्ण स्वस्थ रहेको भन्दै आफ्नो पहिलो पत्नीबाट ४×४ = १६, ७×३= २१, १६×२ = ३२, २७ जन्म, ६९ बच्चा भए । मेरो दोस्रो पत्नीबाट ६×२ = १२, २×३ = ६, ८ जन्म, १८ बच्चा भएको जानकारी मास्को सरकारलाई जनाए ।”
लेखकले अगाडि लेखे, “उपयुक्त सम्बन्धमा कुरा आश्चर्यजनक छ । भरोसा गर्न पनि सकिन्छ । किनभने यो सेन्ट पिटर्सबर्गमा रहेका एक अङ्ग्रेज व्यापारीबाट सोझै इङ्गल्यान्डमा रहेका आफ्ना नातेदारलाई पठाइएको थियो । किसानलाई महारानीसँग भेट गराउने तयारी भएको समेत जानकारी दिएका थिए ।”
आजको मानक अनुसार एक अङ्ग्रेज व्यापारीले अर्को पक्षबाट प्राप्त विवरणमा विश्वास गर्न नसकिएला तर समकालीन कैयौँ स्रोतले भासेलियभा धेरै सन्तानका बारेमा उल्लेख गरेका छन् ।
सन् १८३४ मा प्रकाशित एक पुस्तकमा लेखकले लेखेका छन्, “सन् १७८२ फेबुअरी २७ का दिन निकोलस्की मठबाट मास्कोलाई प्राप्त भएको विवरणमा सुया जिल्लाका फियोडोर भासेलियभाले दुई पटक विवाह गरेको र उनका ८७ सन्तान भएको बताइएको थियो ।”
फियोडोरको पहिलो पत्नीको २७ पटक प्रसव भयो । उनीले चार पटक चम्ल्याहा, सात पटक तिम्ल्याहा र १६ पटक जम्ल्याहा जन्माइन् । दोस्रो पत्नीले आठ प्रसवबाट छ पटक जुम्ल्याहा र दुई पटक तिम्ल्याहा जन्माएकी थिइन् । चिठी लेखिएका बेला फियोडोर ७५ वर्षका थिए र उनका ८२ बालबालिका थिए ।
अधिक सन्तानको कुरा आउँदा प्रायः भ्यालेन्टिनाको नाम लिइँदैनथ्यो किनभने जहिले पनि फियोडोरको नाम नै आउँथ्यो । जेहोस पुराना दस्ताबेजको अध्ययन र गिनिज बुकको रेकर्डले भ्यालेन्टिनालाई ६९ सन्तान जन्माउने आमाका रूपमा पहिचान दिएको छ ।युवामञ्चबाट ।