राजनीति सँगसँगै कृषि पेशा
-
नेटिजन संवाददाता
- आइतबार, ४ श्रावण, २०८२- १२:५०:००/ Sunday 07-20-25

कठमाडौं । सन् १९८८ मा गणतन्त्र कोरियाले विश्व ओलम्पिक खेल आयोजना गरेको भन्ने बारेमा नेपालमै रेडियोबाट सुनेको थिए। त्यस वखत विश्वका धेरै मुलुकले दक्षिण कोरियाको बारेमा जान्ने अवसर प्राप्त गरे भन्ने लाग्छ।
सन् १९९० का दशकबाट धेरै नेपालीहरु कामको खोजिमा दक्षिण कोरिया गएको जानकारी पाए। म पनि नेपालको शीक्षण पेशा छोडेर कोरीया जाने सुन्दर सपना बुनेर सन् १९९७ मा थाई एयरलाइन्सको जहाज मार्फत प्रशिक्षार्थी भिषा प्रणाली मार्फत कोरिया गए।
उक्त कृषि कार्यको लागि अस्थायी कामदार २५ देखि ३० जनाले वर्षको ३ महिना काम गरिरहेका छन्। मेरो कृषि व्यवसाय पाँचथर जिल्लाकै उदाहरणिय कृषि व्यवसायको रुपमा परिचय दिन सफल भएको छ। म कोरिया जानु भन्दा अगाडीनै नेपाली काँग्रेस पार्टीको कार्यकर्ता भएकोले कोरियाबाट फर्किए पछि पार्टीको पाँचथर जिल्लाको क्षेत्रिय सभापतिमा निर्वाचित समेत भएको थिएं।
कोरिया पुगेपश्चात अभिमूखीकरण तालिम केन्द्रमा ३ दिनको तालिम अवधिभर कोरियमा वस्दा र काम गर्दा आवश्यक पर्ने सामान्य भाषाको ज्ञान तथा आफुले गर्ने कामको बारेमा साधारण शिक्षा प्राप्त भयो। शुरुमा कामको थालनी गरेको कम्पनीमा रहदा कोरियामा आर्थिक मन्दि शुरु भएको थियो। कोरियाका साना तथा मझौला उद्योगहरु धेरै बन्द भएको सम्झना ताजै छ।
तत्कालै नेपाल फर्कनका लागि पनि माओवादी युद्धको कारण अवस्था सहज थिएन। कोरियामा पनि कम्पनीहरुमा काम पाउने अवस्था नभए पश्चात नेपाली साथिहरुको कोठा र कोरियन सेल्टरहरुमा लामो समय विताए। बेलाबेलामा पार्टटाईम जब गर्दै दिनहरु विताए। सेल्टरमा बस्दै गर्दा कोरियाली भाषा सिक्ने अवसर मिल्यो। नेपालबाट कोरिया जानु भन्दा अगाडी सजाएका सपनाहरु पूरा गर्न सकिन्।
सन् २००२मा कोरियाले विश्वकप फुटबल आयोजना तयारी गरिरहेको थियो। त्यस बेलासम्म कोरियाको अर्थतन्त्रमा सुधार भएर कम्पनीहरुमा काम पाउन सहज भैसकेको थियो। कोरियाले विश्वकप फुटबलको खेल आयोजनाका लागि भव्याताका साथ तयारी भएको थियो। मैले पनि विश्वकप फुटबल खेल हेर्ने मौका पाए। कोरियाली सरकारको जिम्मेवारी, इमान्दारिता र जनताहरुको अथाह देश भक्ती भावनाले ओतप्रोत भएको पाए।
कोरियाको अनुभवले मलाई पनि मेरो देशप्रति गम्भिर भएर सोच्न बाध्य बनायो। आफ्नो देशमा फर्किएर मेहेनत गर्दा देश विकास हुने रहेछ भन्ने लाग्यो। सन् २००५मा नेपाली सम्पर्क समितिको अध्यक्ष समेत निर्वाचित भएर अप्ठेरोमा परेका नेपाली दाजु भाईलाई सेवा गर्ने अवसर प्राप्त गरें। त्यति बेला दक्षिण कोरियामानै आवासिय नेपाली राजदुतावास हुनुपर्छ भन्ने आवाज उठाए।
नेपालबाट पत्रकार महासघका तत्कालिन अध्यक्ष बिष्णु निस्ठुरीलाई निमन्त्रण गरेर पत्रकार सम्मेलनको आयोजना गरे । नेपाल सरकारको तत्कालिन प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालालाई दुतावास स्थापना गर्नका लागि आधिकारिक मागपत्र मेरै नेतृत्वमा पठाए। आवासिय नेपाली राजदुतावासको अलवा नेपाल र दक्षिण कोरिया बीच दई तर्फी हवाई उडानको लागि विभिन्न माध्यमबाट भूमिका खेलेको थिए। कोरिया र नेपालविचको ३३ वर्ष अगाडी सम्पन्न भएको वाणिज्य सन्धिलाई समेत मजवुत गर्न पहल गरेको स्मरण गराउन चाहन्छु।
अनेकौं उतार चढावका बीच कोरियाको बसाई १९ वर्ष ७ महिना पश्चात सन् २००९मा नेपाल फर्कने तयारी गर्दै थिएँ। त्यस बखत थोङदेमुन स्थित एक अस्पतालमा नेपाली विरामी भेटन जाँदै गर्दा अध्यागमन कर्मचारीले नियन्त्रणमा लिएर ओभरस्टेको कारण देखाई नेपाल फर्काई दिए। कोरियामा रहदा अभिभावकको रुपमा कवि, धार्मिक गुरुहरु, आदरणिय दिदीहरु, आमाहरु, पत्रकार मित्रहरु र साथीहरुसँग विताएका क्षणहरु जिवनभर विर्सने छैन्। उहाहरु प्रति सम्मान तथा आभार व्यक्त गर्दछु।
नेपाल फर्किए पश्चात दक्षिण कोरियाको अनुभव, द्रुत विकासको उदाहरण कोरियाली जनताको मेहेनत, इमान्दारिता, लगनशिलता र विश्वासबाट प्रभावित भई आफ्नै मातृभूमीमा कृषिका लागि उर्बर जमिनमा विज्ञहरुको सल्लाह अनुसार १५० रोपनीको क्षेत्रफलमा कफिखेती शुरुवात गरे। त्यसपछि विभिन्न किसिमका बोट विरुवाहरु थप्दै दन्ते ओखर, पिकानट, सुगन्धकोकिल, बोधीचित्त आदि विरुवा लगाए। हाल कफि तथा बोधिचित्तले उत्पादन दिईरहेको छ।
राज्यको नेतृत्वमा रहेको सरकार र कर्मचारी बीचमा समन्वय र देश प्रेम, जनता प्रति उत्तरदायी नभएको अवस्था देखिन्छ। कतिपय वैदेशिक लगानीलार्य कमिसन बेस्ट र भ्रष्टचारमा तल्लिन रहेको देखिन्छ। त्यसैगरी नेपालसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आर्थिक कुटनीती प्रभावकारी रुपमा परिचालन नहुनाले पनि नेपाली जनताको आर्थिक उन्नती र प्रगतीमा प्रभाव परेको देख्छु।
उक्त कृषि कार्यको लागि अस्थायी कामदार २५ देखि ३० जनाले वर्षको ३ महिना काम गरिरहेका छन्। मेरो कृषि व्यवसाय पाँचथर जिल्लाकै उदाहरणिय कृषि व्यवसायको रुपमा परिचय दिन सफल भएको छ। म कोरिया जानु भन्दा अगाडीनै नेपाली काँग्रेस पार्टीको कार्यकर्ता भएकोले कोरियाबाट फर्किए पछि पार्टीको पाँचथर जिल्लाको क्षेत्रिय सभापतिमा निर्वाचित समेत भएको थिए।
राजनीति सँगसँगै, सामाजिक, आर्थिक कार्य गर्दा गर्दै ७५३ स्थानीय तह मध्ये पाँचथरको कुम्मायक गाउँपालिकामा नेपाली काँग्रेस पार्टीको टिकट लिएर सन् २०२०मा भएको स्थानीय तहको निर्वाचनबाट कुम्मायक वासी आमजनताको विश्वासको मत प्राप्त गरी पालिका अध्यक्ष पदमा निर्वाचित समेत भएको छु।
सफलताको सूत्रः
संसारभरका मानिसको छनोटमा पर्ने पेय पदार्थको रुपमा ख्याती कमाएको कफि खेती गर्नु, व्यवसायिक कृषिका साथै समाजसेवालाई निरन्तरता दिनु, कफिका लागि उपयुक्त हावापानी भएको उच्च भूभाग छनोट गर्नुका साथै बजारको व्यवस्था गर्नु सफलताको आधार बन्यो।
हाम्रो स्थानिय तह कुम्मायक गाउँपालिकाको समग्र विकासको लागि संयुक्त राष्ट्र सँघको दिगो विकास लक्ष्य अनुरुप गरिवीको अन्त्य, भोकमरी सुन्यता, स्वास्थ्य, गुणस्तरिय शिक्षा, खानेपानी तथा सरसफाई र आधुनिक उर्जा लगायतका लक्ष्यहरुलाई पुरा गर्ने मैले अठोट लिएको छु। त्यसैगरी तमोर नदि देखि ९ किलोमिटरको दुरीमा पम्पिङ गरी खानेपानी ल्याउने व्यवस्था भएको छ।
तथापी पुर्ण रुपमा खानेपानीको व्यवस्थापन भने गर्न सकिएको छैन र यस्का लागि निरन्तर पहल गरिरहेको छु। हाम्रो कुम्मायक गाउँपालिकामा ७८ प्रतिशत कृषकहरु रहेकोमा आत्म निर्भर बनाउनको लागि कृषि यान्त्रिकरण, मल, विउ अनुदान स्वरुप वितरण गरिएता पनि बजार व्यवस्थापनको समस्याले अझसम्म कृषकहरु आत्मनिर्भर बन्न सकेका छैनन्। कृषकहरुलाई आत्म निर्भर बनाउनको लागि हाइटेक नर्सरीका साथै हरित पालिकाको अवधारणा ल्याई कार्यान्वयनको चरणमा रहेको छ ।
मेरो बुझाईमा नेपालले अर्थतन्त्रको विकासको लागि कुनै उपयुक्त मोडल अपनाएर आर्थिक विकास गर्ने तर्फ हालसम्म कुनै पहल गरेको छैन भन्ने लाग्दछ। नेपालमा लगानी गर्नका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताहरु आकर्षित भएको देखिदैन् ।
आज कामको खोजीमा युवापुस्ताले ग्रामिक क्षेत्र छोडिसकेका छन र भोली पनि यस क्षेत्रमा फर्कने आधारहरु तयार भएका छैनन्। सरकारसंग निरन्तर समन्वय गर्दै नेपालमा प्रचुर सम्भावना भएको र ठूलो जनसख्या कृषि क्षेत्रमा आश्रित भएको हुनाले नेपाल सरकार तथा दातृ निकाय आदिले नेपालको ग्रामिण विकासका लागि कृषि क्षेत्रमा भूमिका खेल्नका लागि आग्रह गर्दछु।
राज्यको नेतृत्वमा रहेको सरकार र कर्मचारी बीचमा समन्वय र देश प्रेम, जनता प्रति उत्तरदायी नभएको अवस्था देखिन्छ। कतिपय वैदेशिक लगानीलार्य कमिसन बेस्ट र भ्रष्टचारमा तल्लिन रहेको देखिन्छ। त्यसैगरी नेपालसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आर्थिक कुटनीती प्रभावकारी रुपमा परिचालन नहुनाले पनि नेपाली जनताको आर्थिक उन्नती र प्रगतीमा प्रभाव परेको देख्छु।
नेपालमा अति कम विकसित राष्ट्रको हैसियतले प्राप्त हुने छूट र सुविधा समेत वास्तविक रुपमा प्राप्त गर्न नसकेको मेरो बझाई रहेको छ। पहुँचका आधारमा सुविधा लिएता पनि त्यसको सही सदुपयोग नभएको देखिन्छ।
कोरियाबाट धेरै विषय सिकेर नेपाल फर्किए पश्चात राजनिती मार्फत समाज रुपान्तरणको साथसाथै कृषि व्यवसायलाई निरन्तरता दिएको छु। भविष्यमा पनि यस्लाई निरन्तरता दिंदै जाने छु। ग्रामिण भेगको कृषि व्यवसाय विकासका लागि हामी जस्ता एक दुई जनाको प्रयासबाट सम्भव छैन भन्ने लाग्छ।
आज कामको खोजीमा युवापुस्ताले ग्रामिक क्षेत्र छोडिसकेका छन र भोली पनि यस क्षेत्रमा फर्कने आधारहरु तयार भएका छैनन्। सरकारसंग निरन्तर समन्वय गर्दै नेपालमा प्रचुर सम्भावना भएको र ठूलो जनसंख्या कृषि क्षेत्रमा आश्रित भएको हुनाले नेपाल सरकार तथा दातृ निकाय आदिले नेपालको ग्रामिण विकासका लागि कृषि क्षेत्रमा भूमिका खेल्नका लागि आग्रह गर्दछु।
कोरियाको रोजगार समापन गरी नेपाल आउनु भएका साथिभाईहरुलाई कृषि क्षेत्रमा भविष्य खोज्नका लागि अनुरोध गर्दछु। हाम्रो क्षेत्रमा व्यवसाय गर्न ईच्छुक महानुभावहरुले मसँग पनि सल्लाह सुझाव लिन सक्नु हुनेछ।(शिव प्रसाद पोखरेलद्वारा लिखित् कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु तपाई पनि मालिक बन्न सक्नुहुन्छ नामक पुस्तकबाट साभार) ।