• शुक्रबार, १६ श्रावण, २०८२
  • १२:४०:४९

रुससँग फेरि शान्ति वार्ता सुरु गर्न खोज्दैछ युक्रेन

काठमाडौं । युक्रेनले रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनुभयो । गत महिनादेखि रुस र युक्रेनबिचको वार्ता रोकिएकै समयमा जेलेन्स्कीको यो अभिव्यक्ति आएको हो । 

युक्रेनी वरिष्ठ सुरक्षा अधिकारी रुस्तम उमरोभले अर्काे हप्ता रुसी पक्षलाई भेट्ने प्रस्ताव गरेको राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो । युद्धविरामको लागि हरसम्भव प्रयास गर्नुपर्ने पनि उहाँले बताउनुभयो । 

उहाँले एकपटक फेरिरुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमनेसामने भेटघाट गर्नुपर्ने कुरा दोहोर्‍याएका छन् । ‘शान्ति सुनिश्चित गर्न नेतृत्व स्तरमा बैठक आवश्यक छ ।’ जेलेन्स्कीले भन्नुभयो । 

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिने योजना घोषण गर्दै ५० दिनमा युद्धविराम भएन भने रुसमाथि भारी ट्यारिफ लगाइने चेतावनी दिनुभएको थियो। सन २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेको र्थियो । त्यसबेलादेखि २ देशबिच युद्ध जारी छ। एजेन्सी ।