• शुक्रबार, १४ बैशाख, २०८१
  • १२:२०:४७

संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन   

  • Netizen Nepal
  • बुधबार, ११ माघ, २०७९- १०:४३:००/ Wednesday 01-25-23

 नेटिजन सम्बाददाता 
    काठमाडौँ, ११ माघ।  मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।  अस्पतालका चिकित्सक डा किरण नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो । जलेर गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट तत्कालै उपचारका लागि कीर्तिपुर अस्पताल पु¥याएको थियो ।    


उनले व्यापार व्यवसायमा जताततै असफलता व्यहोरेपछि आत्महत्याको प्रयास गरेको आफ्नो सुसाइड  नोटमा उल्लेख गरेका छन् । उनले सामाजिक संजालमा पोस्ट गरेको सन्देशमा  छत्तिसौ वसन्त पार गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको तितो सत्यलाई ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्या र ती समस्याहरूबाट पाएको शून्य उपलब्धि आज सरसरती यो सामाजिक सञ्जालमा लेख्ने अनुमति चाहन्छु  भनेर उल्लेख गरेका छन्।  

आफू विभिन्न व्यवसायमा लागेको, विदेश गएको तर कतै पनि सफलता हासिल गर्न नसकेको उल्लेख गर्दै मृत्युबो बाटो रोज्न बाधय भएको भनेका छन् । आचार्यले आफू पर्यटन व्यवसायमा लाग्दा विभिन्न कलेजहरुले पैसा नदिएको उल्टो सास्ती दिएको समेत उल्लेख गरेका छन् । यस्ता ठग कलेजहरुमा    kathford college बालकुमारि,  saan international college  नक्साल को  नाम समेत उल्लेख गरेका छन् । 

 पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध   
     
नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ ।    जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौँका केही पेट्रोलपम्पबाट खुलारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गर्नुभएको छ ।    
    
पेट्रोलपम्पबाट सिधैँ सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न, नगराउन सञ्चालकलाई सूचित गरिएको प्रहरीले जनाएको छ । मङ्गलबार दिउँसो एक युवाले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले उक्त सूचना सार्वजनिक गरेको हो । सुरक्षा संवेदनशीलताको सूचनाविपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हैदसम्मको कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।