• शुक्रबार, १३ असार, २०८२
  • ०९:१३:२०

कोरियाली टाइचिन चामलको नेपालमा चम्किएको व्यवसाय

काठमाडौं । काभ्रे जिल्लाको पाँचखालमा मध्यम कृषक परिवारमा ४ जना सन्तान मध्ये कान्छो हने भाग्य मलाई मिल्यो। विद्यालय स्तरको अध्ययन काभ्रे जिल्लाबाटनै सकेर प्रमाणपत्र तह तथा स्रातक तहको अध्ययनको लागि काठमाण्डेमा बसोबास गरेर अगाडी बढाएँ।

सानै देखि आफ्नो व्यवसाय गर्न रुचाउने भएकोले परिवारको सहयोगमा काठमाण्डौमानै आफ्नो व्यवसाय छापा, पुरस्कार सामान बनाउने तथा ईभेन्ट व्यवस्थापन गर्ने व्यवसायमा आवद्ध भएँ।  

नेपालमा  करिब १४ लाख हेक्टरमा धान खेती  गरिन्छ र करिब ३५ लाख मेट्रिक टन उत्पादन हुन्छ। नेपालका ७७ जिल्ला मध्ये ७५ जिल्लामा कूल खेती योग्य जमीनको ५० प्रतिशत क्षेत्रमा धान खेती गरिएको अवस्था छ। धान उत्पादनको हिसाबले  नेपाल विश्वमा सत्रौं स्थानमा पर्छ भन्ने गरिएको छ। तर उत्पादकत्वको हिसाबले भने नेपालमा प्रति हेक्टर ३।५ टन, बंगलादेशमा ४।४ टन प्रति चीनमा ६।७ टन प्रतिहेक्टर उत्पादन हुने आंकडा रहेको छ।

 

कलेज अध्ययन गर्दै गर्दा विभिन्न सामाजिक क्रियाकलापमा भाग लिने गरेको थिएँ। व्यवसायबाट सोचे अनुसारको मुनाफा गर्न नसकेकोले जागिर खोज्रका भागि पनि प्रयास गरें तर सफल भएन्।

त्यस पश्चात थोरै लगानी गरेरनै काम गर्नका लागि कोरिया जान पाईने बारेमा जानकार थिएँ। कोरियामा कामदारको रुपमा जानका लागि आवश्यक भाषा परीक्षा अध्ययन गरी सफल भएर सन २०१०मा गणतन्त्र कोरिया गएँ। कोरियामा विभिन्न कार्यस्थानमा काम गरेर झण्डै १० वर्षको बसाई पश्चात सन् २०२० मा नेपालमा फर्किएर विगत देखि सञ्चालनमा रहेको प्रेस (छापाखाना) सञ्चालनका साथै यो व्यवसाय गर्ने योजना बनाएँ।

मैले  कोरियामा बस्दानै कोरियाली खाना भातको स्वाद लिएको थिएं र कुनै दिन उक्त खाद नेपालमा रहेका कोरियाली नागरिकमाझ पस्कने योजना बनाई सकेको थिएँ। त्यसैले परिचित कोरियाली नागरिकलाई सुरुमा नेपालमानै उत्पादन हुने टाइचिन बन्तको खानाको स्वाद चखाए पश्चात उहांको सल्लाह अनुसारनै नेपालमा कोरियाली चामल उपलव्ध गराउनका लागि धानखेतीका लागि उपयुक्त जग्गाको खोजी गरेर उक्त व्यवसाय सञ्चालनमा ल्याएको छु। विगत ४ वर्षको अनुभव अनुसार नेपालमा कोरियाली स्वाद दिने धान खेती सम्भव रहेको प्रमाणित गरिसकेको छु।

हाल हाम्रो कृषि फार्मले उत्पादन गरेको टाइचिन चामल गुणस्तरिय भएकोले धान खेतीका लागि काठमाण्डौ वरिपरी चिसो पानी उपलव्ध हुने जमिनमा धान खेती गरी आफ्नै धान मिलमा चामल उत्पादन गरेर माग अनुसार बजारमा उपलव्ध गराउँदै आएको छु।

धान बाली नेपालको लागि मात्र हैन  विश्वको आधा भन्दा बढी मानिसहरुको जीवनको आधार हो भन्ने बारेमा म जानकार छु। विश्वका करिब ११४ देशमा १६ करोड हेक्टरमा धान खेती गरिन्छ र ७४ करोड ४० लाख मेट्रिक टन धान उत्पादन हुन्छ भन्ने रहेको छ। धानको ९० प्रतिशत उत्पादन एसियाका देशहरुमा मात्र हुन्छ भनिन्छ। 

नेपालमा  करिब १४ लाख हेक्टरमा धान खेती  गरिन्छ र करिब ३५ लाख मेट्रिक टन उत्पादन हुन्छ। नेपालका ७७ जिल्ला मध्ये ७५ जिल्लामा कूल खेती योग्य जमीनको ५० प्रतिशत क्षेत्रमा धान खेती गरिएको अवस्था छ। धान उत्पादनको हिसाबले  नेपाल विश्वमा सत्रौं स्थानमा पर्छ भन्ने गरिएको छ। तर उत्पादकत्वको हिसाबले भने नेपालमा प्रति हेक्टर ३।५ टन, बंगलादेशमा ४।४ टन प्रति चीनमा ६।७ टन प्रतिहेक्टर उत्पादन हुने आंकडा रहेको छ।  

 विगत देखिनै सञ्चालनमा रहेको छापाखानामा १५ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। एक जनाले मात्र व्यवसाय सञ्चालन गर्दा यति धेरै व्यक्तिलाई रोजगार दिन सकिन्छ भने कोरिया लगायत विश्वका विभिन्न मुलुकमा रोजगारीमा गएका युवा पुस्ता स्वदेश फर्किएर धानबाली लगायत कृषिकार्य गर्ने अवस्था भएमा लाखौं नेपालीले स्वदेशमानै रोजगारी गर्न सक्ने थिए र हामी कृषिमा आत्म निर्भर हुन सक्थ्यौं भन्ने लाग्छ।

 

सफलताको सूत्रः

टाइचिन चामल खेतीका लागि उपयुक्त चिसो पानी भएको क्षेत्र छनोट गर्नु, आफुलेनै खेती गरेको धान आफ्नै मिलबाट चामल उत्पादन गरी गुणस्तरमा ध्यान दिनु, बजारका लागि कोरिया, जापान लगायत स्टिकी राईस उपभोग कर्ताको पहिचान गर्नु, सुपथ मूल्यमा चामल उपलव्ध गराउनुनै सफलताको आधार बनेको छ।

नेपालमा धान खेतीमा आत्मनिर्भर हुनका लागि सरकारी पक्षबाट गुणस्तरिय बीउ बिजन सिंचाइ तथा आवश्यक मलको व्यवस्था भएमा नेपालमा विद्यमान हालको उत्पादनलाई दोव्वर बनाउन सकिन्छ भन्ने लाग्छ। नेपालमा धानबाली फस्टाउने र गुणस्तरिय धान उत्पादन हुने बारेमा विभिन्न कृषि विज्ञको धारणाबाट जान्न सकिन्छ।

सामान्य हिसाबले सानो बजारको लागि मेरो धानखेती व्यवसायले नियमित रुपमा मिल, बजार व्यवस्थापन तथा प्रशासनिक कार्य गर्नका लागि ९ जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ। बाली लगाउने र भित्र्याउने बेलामा रोजगारी पाउनेहरुको संख्या २० जना भन्दा बढि रहेको छ।

त्यसैगरी विगत देखिनै सञ्चालनमा रहेको छापाखानामा १५ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। एक जनाले मात्र व्यवसाय सञ्चालन गर्दा यति धेरै व्यक्तिलाई रोजगार दिन सकिन्छ भने कोरिया लगायत विश्वका विभिन्न मुलुकमा रोजगारीमा गएका युवा पुस्ता स्वदेश फर्किएर धानबाली लगायत कृषिकार्य गर्ने अवस्था भएमा लाखौं नेपालीले स्वदेशमानै रोजगारी गर्न सक्ने थिए र हामी कृषिमा आत्म निर्भर हुन सक्थ्यौं भन्ने लाग्छ।(शिव प्रसाद पोखरेलद्वारा लिखित् कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु तपाई पनि मालिक बन्न सक्नुहुन्छ नामक पुस्तकबाट साभार)