• बिहीबार, १३ बैशाख, २०८१
  • ०१:०४:५८

बिपीका बिचार, गगन थापा र समाजवाद

  • Netizen Nepal
  • आइतबार, २२ माघ, २०७९- १२:२१:००/ Sunday 02-05-23

रामकृष्ण पोखरेल
नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता गगन कुमार थापाले बि पिको सिद्धान्तमा आफ्नो सामिप्यता प्रस्तुत गर्दै कुनै समयमा व्यक्त गर्नुभएको विचार, “ मेरो नशामा बीपी कोईरालाको वंशाणुगत रूपमा जानिने रगत बगेको छैन तर बीपीका विचार, राजनितिक उदेश्य र दुरदृष्टि मेरो मन र मष्तिस्कमा अटल र अविरल रूपमा प्रवाह भईरहेको छ”ले सच्चा प्रजातन्त्रवादी र समाजवादी विचार बोक्नेलाई गम्भिर भएर सोच्न  लागि झक्झकाएको छ ।

उनले भन्ने गरेको लोकतन्त्र, प्रजातन्त्र वा समाजवाद र साम्यवादमा आधारभुत भिन्नताहरू छन् । तर मैले मान्ने लोकतन्त्रमा न्युनतम पनि राजनितीक, आर्थिक, समाजिक स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने बीपी कोईरालाको मान्यता रहेको थियो । यसै कडिलाई समाएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसो भन्नुभएको होला भन्ने जो कोहीले आंकलन गर्न सक्छ । बिपीको प्रजातान्त्रिक समाजवादको विचार र निती युरोपका केही मुलुकहरूले अवलम्बन गरि यसको पृक्षपोषण गरिरहेका छन् । यी युरोपका देशहरूमा नोरडिक मुलुक यसै विचार र सिद्धान्तलाई अगाडी बढाउदै जाँदा नोरडिक देशहरू भ्रष्टाचारको सूचांक मापनमा जहिले पनि क्रमसंख्या १ देखि १० भित्र परिरहेको पाइन्छ । यो सूचांक विश्व बैंक एमनेष्टि इन्टरनेशलको वार्षिक प्रकाशन मार्फत जनसमक्ष ल्याउने गरिन्छ । यो सूचांक नै हामीहरूका लागि असल शासन सहित जनविश्वासयोग्य राज्य प्रणालीको एउटा महत्वपूर्ण आधार हो ।

बिपीको “प्रजातान्त्रिक समाजवाद“ ले मुलुकलाई शुसाशन (भ्रष्टाचार विहीन, जनउत्तरदायी , पारदर्शी र स्वच्छ प्रशासनयन्त्र , विवेकपुर्ण राजनितिज्ञ) दिन सक्ने औजारको रूपमा लिई अगाडी बढ्ने र नेपाललाई समृद्धि र स्वाभिमान बनाउने परिकल्पना गरेको थियो । उक्त परिकल्पनालाई साकार पार्न बिपिले एउटा अभियानसहितको नेतृत्व लिनुभएको थियो ।

यसको सम्बन्ध प्रत्यक्ष रूपमा मुलुकको भ्रष्टाचारको अवस्था एकदमै न्युन रहेको यथार्थसंग जोडिन्छ ।  बिपीको “प्रजातान्त्रिक समाजवाद“ ले मुलुकलाई शुसाशन (भ्रष्टाचार विहीन, जनउत्तरदायी , पारदर्शी र स्वच्छ प्रशासनयन्त्र , विवेकपुर्ण राजनितिज्ञ) दिन सक्ने औजारको रूपमा लिई अगाडी बढ्ने र नेपाललाई समृद्धि र स्वाभिमान बनाउने परिकल्पना गरेको थियो । उक्त परिकल्पनालाई साकार पार्न बिपिले एउटा अभियानसहितको नेतृत्व लिनुभएको थियो । बिपीका राजनीतिक स्वतन्त्रता र आर्थिक प्रगतिको बाटो उहाँले अवलम्बन गर्नुभएको विचार नेपाली कांग्रेसका महामन्त्री गगन थापाको मन, मष्तिष्क र विचारमा प्रवाह भईरहेको बुझिन्छ । यो कुरा उहाँका अभिव्यक्तिहरु जसले नेपाली समाजलाई  राजनीतिक, आर्थिक, सामाजिक लगायतका बहुआयामिक सवालसंग जोडेर विश्लेषण गरिरहेको हुन्छ, यसबाट पनि स्पष्ट भएको देखिन्छ ।

जब राजनीतिज्ञले राजनीतिको मात्र कुरा गर्छ, तब त्यहाँ विकास र समृद्धिको पाटो छुटेको हुन्छ । जब विकास र समृद्धि राजनीतिले विर्सन्छ, अनि त्यहाँ राजनीतिले विश्वास गुमाउँछ । नेपाली राजनीति यहि तरिकाबाट अघि बढिरहेको बेलामा गगनका भिन्न खालका सोच र विश्लेषणले आम मानिसहरुमा केहि  आशा र विश्वास पनि जगाएको हो भन्दा फरक नपर्ला ।   

नेपालका लोकतान्त्रिक बाम प्रवर्द्धकहरुले पनि मुलुकलाई विश्व मानचित्रमा एउटा अटल, अमर, स्वाधिन र सुसंस्कृत राज्यको रूपमा स्थापित गर्न खोजेको देखिन्छ । तर यसका लागि बिपी र पुष्पलालका विचारहरूलाई एउटै ठाउँमा अटाउने वातावरण बनाउन आवश्यक छ । यसका लागि उनिहरुका विचार बोकेका युवाहरू एकै ठाउँमा आउनुपर्ने निर्बिकल्प जस्तै देखिन्छ । किनकि आखिर नेपाली राजनीतिका मूल दलहरु यिनै राजनीतिक अग्रजहरुकै विचारबाट प्रभावित छन् ।

मुलुकको सामाजिक, राजनितीक र आर्थिक परिवर्तनको मुल एजेन्डालाई साझा बनाएर लोकतान्त्रिक बामशक्तिहरु यसको कार्यान्वयनका लागि सँगसगैं जान सके युरोपको नोरडिक मुलुकहरूले लिएको बाटोमा नेपाल पनि हिड्न सक्छ, जसबाट आम  नेपालीहरूले खाजेको विकासको गति र नतिजामा सन्तुष्टि प्राप्त गर्न सकिन्छ।

कुनैवेला केही नेताहरूले भन्ने गर्थे ’ नेपाली कांग्रेस किन सत्तामा जान मरिहत्ते गर्छ ?’ यो प्रश्न बडो मार्मिक र गहन छ । यसको अर्थ नेपाली कांग्रेसका नेताहरूसंग “अर्थ न व्यर्थ को शासन सत्तामा” जाने बाहेक केही पनि एजेन्डा छैन। मुलुकको समृद्धि र विकासका कुरा त सत्ता गए पछि स्वतः सत्तासँगै लुरूलुरू आईहाल्छ भन्ने मिथ्या सोचबाट ग्रसित नेताहरूलाई गगन थापाका उद्वेग प्रजातान्त्रिक समाजवादलाई साकार बनाउने नेतृत्वदायि सोचको रुपमा रहेको देखिन्छ ।  

बिपिको समाजवादालाई सधै सम्मान गर्ने र हरेक दृष्टिकोणबाट विश्लेषण गर्ने गगन थापाले आफ्नो पार्टीभित्र पनि बिपिको समाजवादाई गहन छलफलको विषय बनाउँन सके राजनीति र विकास संगै जोडिने अवस्था बन्न सक्छ । यस किसिमको राजनीतिक अभ्यासले मात्र बदलिएको नेपाली समाजलाई विकासप्रति विश्वस्थ बनाउँन सक्छ । 

मुलुकको सामाजिक, राजनितीक र आर्थिक परिवर्तनको मुल एजेन्डालाई साझा बनाएर लोकतान्त्रिक बामशक्तिहरु यसको कार्यान्वयनका लागि सँगसगैं जान सके युरोपको नोरडिक मुलुकहरूले लिएको बाटोमा नेपाल पनि हिड्न सक्छ, जसबाट आम  नेपालीहरूले खाजेको विकासको गति र नतिजामा सन्तुष्टि प्राप्त गर्न सकिन्छ।   अहिले नेपाली जनताले खोजेको विकासलाई सुनिश्चित गर्न र धेरै नेपालीको बलिदानबाट प्राप्त लोकतन्त्रको स्थायित्वका लागि पनि लोकतान्त्रिक समाजवादको यो यात्रा तया गर्नु आवश्यक छ । नेपालका राजनितीक दलहरू कोही एक कदम अगाडी कोहि एक कदम पछाडी हटेर पनि २१ औं शताब्दिको सिल्भर जुव्लीमा नेपाललाई समृद्धशाली मुलुक बनाउन एकजुट हुनको विकल्प छैन । यसको नेतृत्व गगन थापाजस्ता आशा गरिएका नयाँ पिढीका राजनीतिज्ञले युवाहरुले गर्न सक्छन् ।  

विकास अर्थविद पोखरेल नागरिक लगानी कोषका पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ।