ग्यास्ट्रिकको समस्याबाट कसरी छुटकारा पाउने ?
- Netizen Nepal
- शुक्रबार, २६ फाल्गुण, २०७९- १८:०२:००/ Friday 03-10-23

नेटिजन संवाददता
काठमाडौँ, २६ फागुन । नेपालका हरेक घर घरमा हुने मुख्य स्वास्थ्य समस्या हो ग्यास्ट्रिक । त्यसैले ग्यास्ट्रिकलाई नेपालीहरुको राष्ट्रिय रोगको रुपमा समेत लिने गरिन्छ । खानपान नमिल्ने तथा घरमा बनेको भन्दा बजारका खानेकुरा बढी मात्रामा खाने गर्नाले पनि ग्यास्ट्रिकको समस्या समस्या उत्पन्न हुन्छ । हाम्रो पेटमा एसिड हुन्छ, जसले खाना पचाउने काम गर्दछ । तर एसिडको मात्रा बढी भएमा त्यसले ग्यास्ट्रिकको रुप लिन पुग्छ ।
सामान्यतया ग्यास्ट्रिक हुँदा वाकवाकी लाग्ने, पेट पोल्ने, पेट फुल्ने, तन्केकोे महशुुस हुने र खाना खाइसकेपछि अमिलो डकार आउने, छातीमा दुखाइ र कहिलेकाहीं फुलेको महशुस हुन्छ । प्राय नेपालीहरुमा हुने स्वास्थ्य समस्या भएको कारणले ग्यास्ट्रिकलाई सामान्य रुपमा लिईन्छ । तर पेटमा एसिडिटीको मात्रा बढी भयो भने पेट र सानो आन्द्रामा घाउ हुन्छ, जसका कारण अल्सर हुने सम्भावना हुन्छ ।
बजारमा पाईने औसधिको प्रयोगले ग्यास्ट्रिकको समस्यालाई केहि समयको लागि त कम गर्न सकिन्छ । यस्ता समस्या हुनै नदिनका लागि चाहिं हामीले खान पानामा विशेष ध्यान पुर्याउन जरुरि हुन्छ ।
ग्यास्ट्रिकबाट कसरि बच्ने त ?
– बजारिया खानेकुरामा कमि ल्याउने र जंकफुडको प्रयोग सकेसम्म नगर्ने,
– चिल्लो पिरो खानेकुरा नखाने, खाने कुरा उसिनेर मात्र खाने ,
– पेट खाली नराख्ने र ३-४ घण्टाको फरकमा केही न केही खाइरहनुपर्छ । यसो गर्दा पेट फुल्ने, दुख्ने र तन्किने समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।
– नियमित व्यायाम, सफा र हाइजेनिक खानपानमार्फत् यसबाट बच्न सकिन्छ । समस्या देखिए चिकित्सकको परामर्शमा औषधि सेवन गरेर पनि पार पाउन सकिन्छ ।
गिलो दालभात, प्रशस्त पानी, हरियो सागपात, पोषिला खानेकुरा, स्वच्छ र सफा पानी धेरै मात्रामा खानुपर्छ ।
ग्यास्ट्रिक र अल्सरका कारणहरू
– धुम्रपान, खैनी, सुर्तिजन्य पदार्थ उच्च मात्रामा प्रयोग गर्नु
– पेन किलर तथा बाथ रोगसँग सम्बन्धित औषधिहरू धेरै सेवन गर्नु
– चटपटे, पानीपुरी, पिरो चाउचाउ र अजिनोमोटो हालिएका खानाहरूको अधिक प्रयोग ।