• बिहीबार, १३ बैशाख, २०८१
  • ११:२१:११

टर्की भूकम्पबाट नेपालले पाठ सिक्न आवश्यक

  • Netizen Nepal
  • बिहीबार, १६ चैत, २०७९- १३:४५:००/ Thursday 03-30-23

नेटिजन सम्बाददाता

काठमाडौं, १६ चैत।  टर्कीमा गएको शक्तिशाली भूकम्पबाट नेपालले पनि धेरै पाठ सिक्न जरुरी रहेको विज्ञहरुले बताएका छन। बुधबार गृहमन्त्रालय र डिपीनेट नेपालले आयोजना गरेको छलफल कार्यक्रममा सो कुरा बताईएको हो।

'टर्कीमा गएको भूकम्पले पुर्याएको क्षति र नेपालले सिक्न सक्ने पाठ' का बारेमा भएको उक्त छलफलमा विज्ञहरुले आफ्नो सिकाइ तथा अनुभवहरु प्रस्तुत गरेका थिए। कार्यक्रमका मुख्य वक्ताका रुपमा रहनुभएका 'युएनडिएसी'का सदस्य मानबहादुर थापाले ३ हप्तासम्म टर्कीमा बसेर काम गर्दा भएको सिकाई, अनुभव र वस्तुस्थितिलाई नेपालको सन्दर्भसँग जोडेर प्रस्तुत गर्नुभएको थियो। उहाँले टर्कीमा गएको भूकम्पले किन धेरै क्षति पुर्यायो भन्नेबारे पनि स्पष्ट पार्नुभयो। शक्तिशाली र त्यसपछिका पराकम्प, अधिकांश मानिस सुतिरहेको विहानको समयमा भुकम्प आउनु  तथा अवैज्ञानिक संरचनाहरु टर्की भूकम्पमा सबैभन्दा धेरै क्षति पुर्याउने कारकको रुपमा रहेको उहाँको भनाइ थियो।

प्रस्तुतिकै क्रममा उहाँले आगामी दिनहरुमा भूकम्पजस्ता विपदबाट धनजनको क्षति हुन नदिन सर्प्रथम जोखिम मुल्यांकन गर्नुपर्ने बताउनुभयो। विशेष गरी सार्वजनिक भवनहरू (शैक्षिक र स्वास्थ्य संस्थाहरू) को निर्माणको अनुगमन गर्नुपर्ने, सामूहिक र एकीकृत प्रतिक्रिया (आवास, खाना/खाद्य, सरसफाइ, सुरक्षा, पानी सहायता, बिजुली, सञ्चार, विशेष हेरचाह) को क्षमता विकासमा बिशेष पहल गर्नुपर्ने उहाँको भनाइ छ। त्यसै गरि भवन संहिताको कार्यान्वयनमा बिशेष जोड दिनु पर्ने थापाले बताउनुभयो।  

कार्यक्रममा उपस्थित गृहमन्त्रालयका सहसचिव प्रदिप कोइराला र डिपीनेटका अध्यक्ष सुर्य थापाले पनि टर्की भूकम्पबाट पाठ सिक्नु पर्ने र आगामी दिनहरुमा विपदबाट आइपर्ने समस्याको सामना गर्न तयार रहनुपर्नेमा सचेत गराउनुभयो।

गत माघ २३ गते बिहान सवा ४ बजे टर्कीमा  ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियोभने दिउसो २ बजे ७.५ म्याग्निट्यूडको भूकम्प गएको थियो।  त्यसको ११ मिनेट पछि ६.७ म्यग्नीच्युटको भुकम्प गएको थियो।   जसबाट ४०  हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।