• मंगलबार, १७ असार, २०८२
  • ०९:१२:४१

नेपालको सन्दर्भमा समाजवाद्को सिद्धान्त र व्यवहार के हो ? 

प्रजातान्त्रिक समाजवादमा  ब्यक्तिगत र प्रेस स्वतन्त्रता, ब्यक्तिको संम्पति र उद्योग धन्दाको स्थापनाको स्वतन्त्रता र संरक्षण हुने ग्यारेन्टी हुन्छ । यो प्रणालीमा सबै बर्गलाई समान व्यवहार र हैसियतमा रहने परिकल्पना गरिने हुदा  मुलुकको राज्यकोषबाट सबै वर्ग र समुदायलाई शिक्षा, स्वास्थ र सभ्य जीवनयापन गर्न सहयोग र प्रोत्साहन हुने अपेक्षा गरिएको हुन्छ । नेपालको संविधान २०७२ ले हाम्रो आर्थिक, राजनीतिक र प्रशासनिक प्रणाली समाजवादउन्मुख हुने भनेकाले यसको कुरा धेरै आउँछ । तर खासमा समाजवाद भनेको के भन्ने बारेमा अझै पनि आम मानिसहरुलाई स्पष्ट जानकारी नभएको अवस्था पनि छ । 

नेपालमा भने वि.पि. कोइरालाले नै समाजवादलाई रजानीतिको सिद्धान्तको रुपमा शुरु गरेको देखिन्छ ।  सन् १९५० तिर  बहुआयामिक ब्यक्तित्वका धनी राजनेता बिपी कोईरालाले नेपाली कांग्रेसको मुलनीति प्रजातान्त्रिक समाजवादमा  आधारित  हुनुपर्छ भन्ने मान्यता अघि सारेका थिए ।  बिक्रम संवत् २०१६ मा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट निर्वाचित   नेपाली कांग्रेसको  बीपी कोईरालाको एकमना सरकारको नेतृत्व गर्दै गर्दा सामाजिक स्वामित्व र सामाजिक न्यायलाई स्थापित गर्ने प्रयाससुरु गरेका थिए । 

समाजवादको उत्पती र विकासक्रमलाई हेर्ने हो भने यसको आफ्नै दर्शन, मान्यता र क्षेत्रहरु तोकिएको पाइन्छ । यो सामग्रीमा समाजवादको उत्पती अवधारणा  तथा विकासक्रमको विश्वब्यापी इतिहासलाई उठान गरिएको छ ।विश्वमा सर्वाधिक लोकप्रिय विचारधारा ‘समाजवाद’ पूर्णतयाः पाश्चात्य राजनीतिक दर्शनको उपज हो । लोकतान्त्रिक संस्कृतिको विकाससंगै समाजवादी विचारले सुधारवादी क्रान्तिकारीहरुलाई अझ बढी आकर्षित गरेको थियो । समाजवादको परिकल्पना गरिनु अघि समाजमा विद्यमान खराबीहरुलाई हटाउने र एक आर्दश राज्य स्थापना गर्ने विचारको प्रचार विद्वानहरुले गरेका थिए । त्यसको वैज्ञानिक मार्गदर्शन भने हुन सकेको थिएन ।

समाजमा अन्याय अत्याचार एवम् शोषणको पराकाष्ठा युरोपको औद्योगिक क्रान्तिको बेला अनुभव गरियो । त्यसअघि सामाजिक खराबीलाई समष्टि रुपमा हेरिन्थ्यो र समाज सुधारका लागि आवाज उठाइन्थ्यो । 

खासगरी उदारवादीहरुले यसको प्रतिनिधित्व गरेका थिए । यसले समाजमा राजनीतिक न्यायसहितका सुधारलाई निकै बल र प्रेरणा मिलेको थियो । तर औद्योगिक क्रान्तिसंगै समाजमा विद्यमान अन्याय र शोषणलाई हेरिने दृष्टिकोणमा अन्तर आउन थाल्यो । अर्थात् सामाजिक खराबी शोषणका रुपमा देखिन थाल्यो र त्यो शोषण आर्थिक शोषण थियो । यसैलाई हटाउने उदेश्यले समाजवादी विचारको प्रचार हुन थाल्यो । त्यसैले समाजवाद निर्विवादरुपमा आर्थिक शोषणको अन्त्य गर्ने उद्धेश्यले स्थापित एक मात्र वैज्ञानिक राजनीतिक चिन्तन हो भन्ने कुरामा दुई मत छैन । 

जर्मनका एडुवार्ड बर्नस्टिन एक समाजवादी चिन्तकले ’लोकतान्त्रिक समाजवाद’ एकतन्त्रीय साम्यवाद शासन ब्यवस्थाको विल्पको रुपमा आफ्नो शिद्धान्त बनाएर  १९ औं शताब्दीको मध्यतिर अघि सारेका थिए ।  उनी मार्कस्वादका आलोचक पनि थिए । ब्यकतिगत स्वतन्त्रता र  पुजीवादका संवर्धान हुनुपर्छ पर्छ भन्ने सोचमा अडिग थिए एडुवर्ड ।  

नेपालमा भने वि.पि. कोइरालाले नै समाजवादलाई रजानीतिको सिद्धान्तको रुपमा शुरु गरेको देखिन्छ ।  सन् १९५० तिर  बहुआयामिक ब्यक्तित्वका धनी राजनेता बिपी कोईरालाले नेपाली कांग्रेसको मुलनीति प्रजातान्त्रिक समाजवादमा  आधारित  हुनुपर्छ भन्ने मान्यता अघि सारेका थिए ।  बिक्रम संवत् २०१६ मा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट निर्वाचित   नेपाली कांग्रेसको  बीपी कोईरालाको एकमना सरकारको नेतृत्व गर्दै गर्दा सामाजिक स्वामित्व र सामाजिक न्यायलाई स्थापित गर्ने प्रयाससुरु गरेका थिए । 

नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता गगन कुमार थापाले हालै जनमानसमा प्रक्षेपण गरेको ’ लोकतान्त्रिक समाजवाद’ ले नेपाली कांग्रेसका सुभेच्छुक बौद्धिक समुदायले बडो नजिकबाट नियाल्ने प्रयास गरेका छ ।  नेपाली कांग्रेसका बहुआयामिक चरित्रका धनी राजनेता बीपी कोईरालाका बहुप्रचारीत ’प्रजातान्त्रिक समाजवाद’ को आधाभुत बिचार संग लोकतान्त्रिक समाजवाद  भिन्न चाहि पक्कै छैन भन्ने कुरा तथ्यहरुबाट बुझ्न सकिन्छ । 
एक्काइसौं शताब्दीको प्रतिस्पर्धात्मक पुजीवादी अर्थतन्त्रमा नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाको ’लोकतान्त्रिक समाजवाद’ को ब्याख्या र समाविष्ट हुनुपर्ने राजनीतिक, आर्थिक र समाजिक सुचांकहरुलाई अलगअलग ध्येयहरु पहिचान गरि  ब्याख्या गर्ने समय आएको छ । 

नेपाली कांग्रेसको सरकारलाई हठातमा तत्कालीन शाही राजाले बिक्रम संवत् २०१७ साल पौष ०१ गतेका दिन वि.पी नेतृत्वको  सरकारलाई सत्ताच्युत गरि प्रधानमन्त्री लगाएत सबै तह र तप्काका राजनीतिक दलका मंत्री, नेता, कार्यकर्ता, सुभेछ्कहरुलाई जेलमा हाली  कैयन सुभेच्छुक जनताहरु भारत भुमिमा निर्वासनमा जान बाध्य गराए । त्यसपछि निर्दलीय पंचायत शुरु भयो र समाजवादी सिद्धान्त ओभेलमा पर्न थाल्यो किनकि राजाले निर्वाचित सरकारलाई सत्ताच्युत गरेपछि नेपाली कांग्रेर पंचायतविरुद्ध लड्नमा केन्द्रित भयो । 

प्रजातान्त्रिक समाजवादका नीति र उद्येश्यलाई पच्छाउंदै तत्कालीन मालेका नेता मदन भंण्डारीले जनताको बहुदलीय जनवाद (जवज) को नाममा  आफ्ना सिद्धान्त अघि सारे ।  बिक्रम संवत् २०४६ नेपाली कांग्रेस र वामपन्थी मोर्चा गठन गरि नेपालमा २०१७ मा शाही राजाले अपहरण गरेको बहुदलीय ब्यवस्थालाई पुनःस्थापनाका लागि हातेमालो गर्दै गर्दा भण्डारीले पनि आफ्ना राजनीति सिद्धान्तलाई ब्याख्या गर्दै गएको पाइन्छ  । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी  (माले) ले अंगिकार गरेको जनताको बहुदलीय जनवाद (जवज) को आधारस्तम्भ पनि प्रजातान्त्रिक समाजवादनै हो भन्ने ठम्याइ यो पंक्तिकारको रहेको छ । 

नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता गगन कुमार थापाले हालै जनमानसमा प्रक्षेपण गरेको ’ लोकतान्त्रिक समाजवाद’ ले नेपाली कांग्रेसका सुभेच्छुक बौद्धिक समुदायले बडो नजिकबाट नियाल्ने प्रयास गरेका छ ।  नेपाली कांग्रेसका बहुआयामिक चरित्रका धनी राजनेता बीपी कोईरालाका बहुप्रचारीत ’प्रजातान्त्रिक समाजवाद’ को आधाभुत बिचार संग लोकतान्त्रिक समाजवाद  भिन्न चाहि पक्कै छैन भन्ने कुरा तथ्यहरुबाट बुझ्न सकिन्छ । 
एक्काइसौं शताब्दीको प्रतिस्पर्धात्मक पुजीवादी अर्थतन्त्रमा नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाको ’लोकतान्त्रिक समाजवाद’ को ब्याख्या र समाविष्ट हुनुपर्ने राजनीतिक, आर्थिक र समाजिक सुचांकहरुलाई अलगअलग ध्येयहरु पहिचान गरि  ब्याख्या गर्ने समय आएको छ । 

यो पंक्तिकारले समग्ररुपमा ल‍ोकतान्त्रीक समाजवादलाई प्याकेजमा राख्न सकिने केही आधारस्तम्भहरु पहिचान हुन सक्ने  सुझावहरु पस्किने प्रयास गरेको छ । पहिलो कुरा ’लोकतान्त्रिक समाजवाद’ ले – ब्यक्तिको  स्वतन्त्रता  र सामाजिक आर्थिक   समानताको समन्वय गर्ने कार्यमा मुलतः  लोकतान्त्र, नागरिक स्वतन्त्रता र नागरिक अधिकार, सामाजिक, आर्थिक र राजनीतिक अधिकार स्थापित गर्न प्रतिस्पर्धात्मक बहुदलीय शासन ब्यवस्था, निजीकरण र निजी पुजीको संरक्षण र संवर्धान गर्ने  कार्य हुनुपर्ने छ । 

पुजी परिचालन र सेवा प्रवाहमा  राज्यको सहयोगात्मक भुमिका, सार्वजनिक निजी साझेदारी  संतुलन गर्ने निति, सरकारको भुमिका संवर्धान र संरक्षण नकि राज्यको  नियन्त्रण खास गरि यसमा रुचि नोकरशाहीको हुने गर्दछ ।

यस सन्दर्भमा नेपाली कांग्रेसले अबका दिनमा बीपीको समाजवाद अहिलेका युवा नेता तथा महामन्त्री गगनकुमार थापाले। अघि सारेका सिद्धान्त तथा त्यसको सान्दर्भिकता लाई व्यावहारिक पक्षसँग जोडेर सचेतना र यथार्थ पक्ष बुझाउनका लागि काम गर्न आवश्यक छ। हुन त पछिल्लो समयमा नेपाली कांग्रेसले जनतासँग जोडिने केही राम्रा कामहरु गरेको पनि छ।

नेपाल एक्काईसौ शताब्दीमा जलविद्युत् नेपाल, निर्यात प्रवर्धित नेपाल, बैदेशिक रोजगार मा जाने नेपाली हरु दक्षताको प्रमाण लिएका हुनुपर्ने, प्रकृतिक ग्यास नेपाल, दुर्लभ पृथ्वी तत्व,  नेपालमा रुपान्तरण गर्न सक्ने युवा राजनेताको खांचो छ ।
कृषि, उद्योग र सेवा क्षेत्रहरुमा पुजी परिचालन गर्न प्रबिधिमा आधारित सेवा प्रवहमा सार्वजनिक निजी साझेदारीको नमुना तयार गरि ’लोकतान्त्रिक  पुजीवाद’को प्रतिस्पर्धात्मक बजामुखि अर्थतन्त्रको निर्माण गर्न नेपाली कांग्रेस लगाएत उदारवादी लोकतान्त्रका हिमायतीहरु एकै ठाउँमा आउनु पर्छ । 

समाजवाद धेरै फराकिलो राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक दायरा भएको राजनीतिक सिद्धान्त हो। त्यसैले गर्दा यो सिद्धान्तलाई विश्वका धेरै राजनीतिक दल र मुलुकहरुले अवलम्बन गरेका पनि छन्। यसको व्यापकता धेरै भएका कारण कुनै पनि मुलुकको सामाजिक सांस्कृतिक र राजनीतिक तथा भौगोलिक अवस्था अनुसार परिभाषित गर्ने र व्याख्या गर्ने अभ्यास हुनु स्वभाविक हो। नेपाल पनि आफ्नै किसिमको राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक विविधता र विशिष्टता भएको मुलुक भएका कारण समाजवादलाई सिद्धान्तमा केन्द्रित गर्नुभन्दा पनि यसको व्यावहारिक पक्षलाई आम मानिसहरु समक्ष बुझाउनका लागि काम गर्न आवश्यक छ।

यस सन्दर्भमा नेपाली कांग्रेसले अबका दिनमा बीपीको समाजवाद अहिलेका युवा नेता तथा महामन्त्री गगनकुमार थापाले। अघि सारेका सिद्धान्त तथा त्यसको सान्दर्भिकता लाई व्यावहारिक पक्षसँग जोडेर सचेतना र यथार्थ पक्ष बुझाउनका लागि काम गर्न आवश्यक छ। हुन त पछिल्लो समयमा नेपाली कांग्रेसले जनतासँग जोडिने केही राम्रा कामहरु गरेको पनि छ।

जस्तो कि उद्यमशीलता सम्बन्धीको राष्ट्रिय स्तरको सम्मेलन त्यसैगरी रोजगारी सिर्जना गर्ने माध्यम र अवसरहरूको खोजी लगायतका काम गरेको छ। यसले राजनीतिक दल ले पनि जनसरोकारका विषयमा सरकारभन्दा बाहिरबाट पनि काम गर्न सक्छ भन्ने एउटा सन्देश प्रवाह गरेको छ। तर त्यो सन्देश सबै मानिसमा पुगेको छैन। त्यसैले सबै मानिसहरू समक्ष समाजवादको सिद्धान्त मर्म र त्यसको अभ्यासलाई नेपाली कांग्रेसको मोडेलमा अगाडि बढाउनका लागि यस बारेमा बहस छलफल र सचेतना लाई थप व्यापक बनाउन आवश्यक छ।