• शनिबार, ८ बैशाख, २०८१
  • १०:३९:५४

परमेश्वर भेट्न भोकभोकै बसेका ९० भन्दा बढीको मृत्यु 

  • Netizen Nepal
  • बिहीबार, १४ बैशाख, २०८०- १७:१७:००/ Thursday 04-27-23

नेटिजन संवाददाता 
काठमाडौँ, १४ बैशाख । भोकै बसे परमेश्वर भेट्न सकिने अन्धविश्वासका कारण केन्यामा ९० भन्दा बढीको ज्यान गएको छ । पास्टरले आफ्ना अनुयायीहरूलाई भोकै मर्न निर्देशन दिएपछि उनीहरुले त्यसै गरेका हुन् । 

एएफपीका संवाददाताका अनुसार मृतकको सङ्ख्या बढ्नसक्न जनाइएको छ । निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूह शाकाहोला जङ्गलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए । उनीहरूले आरोपीको खोजीमा दिनभर जङ्गलमा बिताएका थिए ।

गुडन्युज चर्चका केही अनुयायीले शाकोला जङ्गलमा अझै पनि भगवानसंग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेका बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने बताएका छन् । प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ ।

अनुयायीहरुलाई उक्साउने पास्टर पाउल न्थेन्गे म्याकेन्जीलाई गत अप्रिल १४ मा प्रहरीले पक्राउ गरि १५ जनाभन्दा बढीको उद्धार गरिएको थियो ।  तीमध्ये चिन्ताजनक अवस्थामा रहेका ४ जनाको मृत्यु भइसकेको छ ।