• शनिबार, १२ श्रावण, २०८१
  • १२:३०:४३

  न्यू डायमन्ड, पुलिस र एपिएफ बिजयी  

  • Netizen Nepal
  • सोमबार, २५ असार, २०८०- १५:२४:००/ Monday 07-10-23

नेटिजन संवाददाता     

काठमाडौँ, २५ असार । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा न्यू डायमन्ड स्पोर्टस क्लब विजयी भएको     

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा  भएको खेलमा न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो     

न्यू डायमन्डले एभरेस्ट क्बललाई खेलको पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पार्यो भने खेलको दोस्रो सेट २५-१२ ले जित्यो त्यस्तै खेलको अन्तिम सेट न्यु डायमन्डले २५-१२ ले पक्षमा पार्दै विजयी हासिल  गर्यो    

 न्यू डायमन्डले प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो हिजो भएको आफ्नो पहिलो खेलमा न्यू डायमन्डले गण्डकी प्रदेशलाई पराजित गरेको थियो यता पराजित एभरेस्टको भने यो लगातार दोस्रो हार हो हिजो भएको पहिलो खेलमा एभरेस्ट विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो   

त्यसैगरी असार २५ मा भएको महिलातर्फको अर्को खेलमा नेपाल एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी भयो एपिएफले गण्डकी प्रदेशमाथि २५-१२, २५-१८ २५-८ ले पराजित गर्दै विजयी भएको हो   

सोही स्पर्धाको अर्को खेलमा विभागीय टोली नेपालले पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको पुलिसले आर्मीलाई २५-१८, २५-१२ २५-१८ ले खेल आफ्नो पक्षमा पारेकाे