एसिसी यु–१६ कपस् नेपाल फाइनलमा नेपाल
-
नेटिजन संवाददाता
- बिहीबार, १९ असार, २०८२- १४:३४:००/ Thursday 07-03-25

काठमाडौँ । साविक विजेता नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल प्रवेश गरेको छ ।
सेलाङ्गोर टर्फ क्लबको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले घरेलु टाली मलेसियालाई नौ विकेटले हरायो । जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि परिमार्जन यादवले अविजित ५९ रन बनाउनुभयो । उहाँले ३५ बलमा ५ चौका र ५ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । शिवान्श बजगाईंले अविजित २३ रन बनाउनुभयो ।
एसियन क्रिकेट काउन्सिलको आयोजनामा सञ्चालित प्रतियोगितामा १० देशले भाग लिएका थिए । सहभागी देशलाई २ समूहमा विभाजन गरिएको थियो ।