• आइतबार, १६ बैशाख, २०८१
  • १२:४९:४६

समाजवाद के हो र कसरी शुरु भयो ?

  • Netizen Nepal
  • सोमबार, २२ श्रावण, २०८०- १६:४४:००/ Monday 08-07-23

नेटिजन संवाददाता 

काठमाडौँ, २२ साउन । समाजवाद नेपालमा पछिल्लो समयमा बढि चलनचल्तीमा आएको राजनीतिक शब्दावली हो । सिद्धान्ततः वामपन्थी र प्रजातान्त्रिक शक्तिहरु आधारभूत रुपमा फरक कित्तामा उभिएका हुन्छन् । तर समाजवाद शब्द भने यी दुबै पक्षले आत्मसाथ गरेको शब्दको रुपमा दखिन्छ । हाम्रो संविधानले पनि समाजवादलाई राजनीतिक तथा सामाजिक विकासको गन्तब्य मानेको छ । त्यसो भए समाजवाद वामपन्थी र प्रजातान्त्रिक शक्तिको साझा दर्शन हो त ? यस बारेमा विभिन्न किसिमका मतमतान्तरहरु पाइन्छन् । तर समाजवादको उत्पती र विकासक्रमलाई हेर्ने हो भने यसको आफ्नै दर्शन, मान्यता र क्षेत्रहरु तोकिएको पाइन्छ । यो सामग्रीमा समाजवादको उत्पती अवधारणा  तथा विकासक्रमको विश्वब्यापी इतिहासलाई उठान गरिएको छ । 

विश्वमा सर्वाधिक लोकप्रिय विचारधारा ‘समाजवाद’ पूर्णतयाः पाश्चात्य राजनीतिक दर्शनको उपज हो । लोकतान्त्रिक संस्कृतिको विकाससंगै समाजवादी विचारले सुधारवादी क्रान्तिकारीहरुलाई अझ बढी आकर्षित गरेको थियो । समाजवादको परिकल्पना गरिनु अघि समाजमा विद्यमान खराबीहरुलाई हटाउने र एक आर्दश राज्य स्थापना गर्ने विचारको प्रचार विद्वानहरुले गरेका थिए । त्यसको वैज्ञानिक मार्गदर्शन भने हुन सकेको थिएन । समाजमा अन्याय अत्याचार एवम् शोषणको पराकाष्ठा युरोपको औद्योगिक क्रान्तिको बेला अनुभव गरियो । त्यसअघि सामाजिक खराबीलाई समष्टि रुपमा हेरिन्थ्यो र समाज सुधारका लागि आवाज उठाइन्थ्यो । 

खासगरी उदारवादीहरुले यसको प्रतिनिधित्व गरेका थिए । यसले समाजमा राजनीतिक न्यायसहितका सुधारलाई निकै बल र प्रेरणा मिलेको थियो । तर औद्योगिक क्रान्तिसंगै समाजमा विद्यमान अन्याय र शोषणलाई हेरिने दृष्टिकोणमा अन्तर आउन थाल्यो । अर्थात् सामाजिक खराबी शोषणका रुपमा देखिन थाल्यो र त्यो शोषण आर्थिक शोषण थियो । यसैलाई हटाउने उदेश्यले समाजवादी विचारको प्रचार हुन थाल्यो । त्यसैले समाजवाद निर्विवादरुपमा आर्थिक शोषणको अन्त्य गर्ने उद्धेश्यले स्थापित एक मात्र वैज्ञानिक राजनीतिक चिन्तन हो भन्ने कुरामा दुई मत छैन । 

समाजवादी चिन्तनको पृष्ठभुमि 

समाजवादी चिन्तनको पृष्ठभुमिलाई अध्ययन गर्दा एकपल्ट पाश्चात्य राजनीतिक दर्शनको उषाकाल युनानी सभ्यताको प्रारम्भलाई उल्लेख गर्नु आवश्यक हुन्छ । प्लेटोले एथेन्समा पाइएका भयङ्कर वर्ग सङ्घर्ष एवम् राजनितिक स्वार्थी आचारणबाट बच्ने प्रयासमा दार्शनिक राजाहरु एवम् आदर्श राज्यहरुको कल्पना गरेका थिए । त्यसपछि कल्पनावादीहरुको चिन्तनको विषय सधैं तत्कालिन समाजका दोष नै भएका छन् । उनीहरु समाजमा विद्यमान प्रकारका दोषहरुलाई मनुष्यका न्याय एवम् नैतिक भावनालाई अपिल गरेर हटाउन चाहन्थे । जब सोही शताब्दीमा इङ्गल्यान्डको दरिद्रता एवम् जनसंकटको विरुद्ध भएको विद्रोहको परिणाम स्वरुप टामसमुरले आफ्नो कल्पना लोक (गतयउष्ब)को रचना गरे । 

त्यसले धेरैको भावना र मनलाई आकर्षित ग¥यो । सबैभन्दा पहिले यसै पुस्तकको रचनाद्वारा टामसमुरले एक आदर्शवादी व्यवस्थाको चित्र प्रस्तुत गरेको थिए । जसमा सबै वस्तुहरु माथि सबै जनाको अधिकार थियो । प्रत्येक व्यक्ति सुखी थिए । त्यसपछि सेन्ट साइमन, चाल्र्स फौरियर र रबर्ट ओबन आदि विचारकहरूले कल्पनावादीहरुको यस विचारलाई पुष्टि गर्ने काम गरे । 

अफ्रिका र एसियातिर जहाज पठाएर नयाँ ठाउँ खोजी गर्दै व्यापार बढाउने होड नै चल्यो । युरोपले आफ्नो प्रभाव क्षेत्रहरु विस्तार गर्ने क्रममा उपनिवेशहरु बन्न थाले । 

 

इङ्गल्यान्ड हेनरी सप्तम (१४८५–१५०९)ले निरङ्कुशताको युग आरम्भ गरेपछि उनले वाणिज्यलाई निकै प्रोत्साहन दिए र सामुन्द्रीक गतिविधिलाई बढाएका थिए । अफ्रिका एसियातिर टाढा–टाढासम्म जहाज लिएर नयाँ नयाँ ठाउँ खोजी गर्दै व्यापार बढाउने क्रम जारि रह्यो र सम्पुर्ण युरोपमा होड जस्तै चल्न थाल्यो । त्यसपछि अनगिन्ति जहाजहरु युरोपबाट बाहिर जान थाले र आ–आफ्नो प्रभाव क्षेत्रको विस्तार हुन थाल्यो । फलतः उपनिवेशहरु बन्न थाले । युरोपको त्यस विस्तारबाट अमेरिका समेत बच्न सकेन ।

सन् १८४६ मा जब ‘कर्न लाँज’लाई रद्ध गरियो र स्वतन्त्र वाणिज्यलाई इङ्गल्यान्डको राष्ट्रिय नीति मानियो । यसले त्यसबेलाको सबैभन्दा ठुलो व्यापारिक शक्ति इङ्गल्यान्डको प्रभाव संसारभरी विस्तार हुन थाल्यो । यहि अनुकरण युरोपका अन्य मुलिकले पनि गरे । युरोपको त्यस अतुलिनिय वाणिज्य शक्तिको निर्माण भने केवल बाहिरको शोषणमा मात्र निर्भर थिएन । कच्चा माल बाहिरवाट ल्याए पनि पक्का एवम् महंगो माल तयार गर्ने कारखानाहरुमा लाखौं मजदुरहरु संलग्न हुन्थे र उनिहरुको निर्मम शोषण एवम् पसिनामा युरोपियन वाणिज्य समृद्धि टिकेको थियो । ती श्रमजीवीहरुको आर्थिक स्थिति भने अत्यन्त दयनीय थियो । जहाँ आइमाई केटाकेटी निर्मम तरिकाले काममा जोतिन्थे । आममजदुरको हालत पनि अत्यन्त खराब थियो । 

यसरी समाज प्रत्यक्षत पुँजीपति वर्ग  र श्रमिक वर्गमा विभाजित भएको थियो । जसमा श्रमिक वर्ग पूर्णतया उपेक्षित थियो । यहि उपेक्षित शोषित र पिडितहरुको पक्षमा युरोपभित्रै एक असन्तोषको लहर चलेको थियो । यस असन्तोषले लामो समयसम्म उदारवादीको सहारामा भविष्यको प्रतिक्षा गरेको थियो । उदारवादीहरुको क्रमिक विकास खासगरी शान्तिपूर्ण उपायको बाटोलाई उछिनेर छोटो बाटोद्वारा त्यस खराबीलाई हटाउने उग्रतावादीहरुको विचारले समाजमा प्रोत्साहन पाउन थालेको थियो । तर उनीहरु आफ्नै लक्ष्यप्रति त्यति स्पष्ट थिएनन् । त्यति हुँदाहुँदै पनि ठाउँठाउँमा संघर्ष तथा विद्रोह भए । यस्तै परिस्थितिमा सुस्पष्ट लक्ष्य लिएर समाजवादी विचार अगाडी आएको थियो । 

समाजवादी विचारधाराको जन्म र विकास 

आधुनिक अर्थमा समाजवादी विचारधाराको जन्म फ्रान्स र इङ्गल्यान्डबाट भएको पाइन्छ । जहाँसम्म वैज्ञानिक समाजवादको इतिहासको प्रसंग छ, त्यो भने जर्मनीको माक्र्ससंग जोडिन पुगेको छ । तर पनि फ्रान्सका सेन्टसाइमान र चाल्र्स फौरियर तथा बेलायतका रबर्ट ओवनलाई बिर्सियो भने समाजवादको प्रारम्भ अधुरो हुन पुग्छ । यसरी जर्मनीको प्रसङ्गलाई छोडेर फ्रान्स र इङ्गल्याण्डका ती विचारकहरुलाई अध्ययन गर्दा इङ्गल्यान्डको समाजवादी चिन्तन धेरै उदार देखिन्छ । किनभने यो स्वाभाविक थियो । युरोपियन उदारवादको विकास पनि अन्यत्रबाट नभई इङ्गल्यान्डबाटै भएको हो । यद्यपी सर्वप्रथम समाजवादी व्यवस्थाको परिकल्पना गर्ने श्रेय भने फ्रान्सका सेन्टसाइमानलाई नै छ । 

सेन्टसाइमनका अनुसार समस्त राजनीतिक उथलपुथलमा आर्थिक या उत्पतिका साधनहरुमा हुने परिवर्तन नै मुख्य कारण बन्न पुग्छन् । उनी राजनीतिलाई मुख्यतयाः उत्पादनको विज्ञान मान्दछन् ।

 

फ्रान्सको सामन्ती घरानामा सन् १७६० मा जन्मेका सेन्टसाइमनले समाजवाद शब्दको प्रयोग गरेर एउटा राजनैतिक व्यवस्थाको रुपरेखा कोर्दै तत्कालिन पुँजिवादी व्यवस्थाको विकल्प प्रस्तुत गरे । उनले सकेसम्म यथार्थवादी भएर सोच्ने प्रयास गरे । सेन्टसाइमनका अनुसार समस्त राजनीतिक उथलपुथलमा आर्थिक या उत्पतिका साधनहरुमा हुने परिवर्तन नै मुख्य कारण बन्न पुग्छन् । उनी राजनीतिलाई मुख्यतयाः उत्पादनको विज्ञान मान्दछन् । 

दोस्रो, उत्पादक र अनुत्पादक वर्गहरुको संघर्षमा अन्ततः उत्पादक वर्गको विजय हुनेछ र फेरि वर्गहिन समाजको स्थापना हुनेछ । त्यस्तो समाजमा केवल उत्पादक अर्थात श्रमजीवी वर्ग नै रहनेछ । त्यहाँ अनुत्पादक या पुँजीपति वर्ग भने रहने छैन । छोटकरीमा भन्नुपर्दा जो परिश्रम गर्छन्, उनीहरु नै जीवित रहनेछन् । उनले एक यस्तो परिकल्पना गरेका थिए जसको लक्ष्य नागरिकहरुको आर्थिक उन्नति रहेको छ । उनले शासन व्यवस्थाको एक स्पष्ट रुपरेखासमेत प्रस्तुत गरे जसमा पार्लियामेन्टको व्यवस्था गरिएको छ । त्यसमा समाजका सबै वर्गको क्षमतको समान रुपमा प्रतिनिधित्व हुने व्यवस्था समेत मिलाइएको छ । 

साथै उनले विश्व सांसदको कल्पना समेत गरेका थिए । उनले जनताको तानाशाहीको पक्षमा विचार स्पष्ट गरेका छन् । यसैलाई आधार बनाएर पछि माक्र्सले सर्वहारा र तानाशाहीको कल्पना गरेका थिए । तर यी दुवैको उद्देश्यमा निकै भिन्नता थियो । जे भएपनि साइमनका विचार निकै क्रातिकारी थिए ।

उनी इशाको धार्मिक शिक्षाको प्रकाश मानविय समाजको रचना गर्ने पक्षमा थिए । उनको निधनपछि अनुयायीहरुले उनको दर्शनको विकास गरेर एक क्रान्तिकारी संस्थाको निर्माणसमेत गरेका थिए । तर तत्कालिन फ्रान्स सरकारले सन् १८३१ मा त्यसलाई विघटित गरिदियो । उनको समाजवादी विचार आजको परिप्रेक्षमा अपूर्ण ठानिए पनि एउटा थालनी भएकोले त्यसको निकै ठुलो महत्व छ । 

चार्ल्स फोरियरको समाजवाद 

सत्रौं सताब्दीमा फ्रान्समा जन्मिएका चाल्र्स फोरियरले अर्को महत्वपुर्ण समाजवादी विचार जन्माए (१७७२–१८३७) । उनको जन्म एक सम्पन्न व्यापारी परिवारमा भएको थियो । पाँच वर्षकै उमेरमा दोकानमा बसेर व्यापारीहरुका कुकृत्यहरुका बारेमा आफ्नो असन्तुष्टि भाषणमार्फत ग्राहकहरुलाई सुनाएपछि पिताजीबाट दण्डित समेत हुनुप¥यो । फौरियरले मूल्यमा उत्पन्न कमीलाई रोक्न चामलका मालिकहरुले मर्सिलिज बन्दरगाहको समुद्रमा चामल फ्याक्न लगाइरहेको मार्मिक दृश्य देखेका थिए । 
यी सबै घटनाहरुले फौरियरलाई तत्कालिन समाजका कुरीतिहरुको विरोधमा नयाँ सुधारका लागि सोच्न बाध्य तुल्याएका थिए । उनले दुइवटा ग्रन्थ लेखे– एक ‘कृषिको उपयोगिता’ र अर्को ‘आदर्श समाजको रचना ।’ उनले नविन सामाजिक व्यवस्थाको चित्र प्रस्तुत गर्दै एउटै खालको रुचि भएका सातजना व्यक्तिको सबैभन्दा सानो एक एकाई पाँच या अधिक व्यक्तिहरु मिलाएर एक वृहत संगठन सिरिज एवम् २५–२८ सम्म सिरिजहरु मिलाएर एक फैलेक्स स्थापना गरे । प्रत्येकलाई उत्पादन कार्यमा सहभागी बनाउने परिकल्पनामा एक संयोजक शासनको अधिनमा एक खुकुलो संघात्मक संगठन होस भन्ने विचार उनको थियो । उनको फैलेक्सको आर्थिक संगठनको एक प्रमुख विशेषता त्यसको स्वरुप साम्यवादी नहुनु हो । फौरियर निजी पुँजी र त्यसको उत्तराधिकारीलाई स्वीकार गर्दछन् । 

उनको पुँजी र श्रमको बीच समुचित सम्बन्ध हुनुपर्ने विचारमा आज पनि त्यतिकै सत्य छ । उनले फैलेक्ससम्बन्धि विचारमा यो राज्यद्वारा नभई स्वेच्छापुर्वक स्थापना गरिने कुरा स्पष्ट गरेका थिए । उनको मृत्युपछि फ्रान्समा केहि फैलेक्स स्थापना गरिए र इङ्गल्यान्डमा पनि यसको प्रचार भयो । अमेरिका प्राप्त गर्नु फौरियरवादीहरुको सबैभन्दा ठुलो सफलता थियो । त्यहाँ जेम्स रसेल लाँवेल, हेनरी जेम्स एवम् थोडोर पार्करजस्ता व्यक्तिको नेतृत्वमा कैयौं राज्यमा फैलेक्स स्थापना गरिए । 

एल्वर्ट, व्रिस्वेनले पनि यस बारेमा काम गरे । फौरियर यस्ता पहिला विचारक हुन्, जसले स्पष्ट शब्दमा उत्पादनलाई बढाउने सर्वोत्तम ‘उपाय कार्यको स्थिति सुखद बनाउन’ जोड दिएका थिए । उनको अर्को विशेषता क्रान्तिको समाजवादमा होइन सुधारको समाजवादमा विश्वास गर्नु नै थियो । जुन कुरा प्रजातान्त्रिक समाजवादीहरूको दृष्टिमा अत्यन्त महत्वपूर्ण मानिन्छ । 

ओवनको सर्वमान्य सिद्धान्त 

समाजवादी विचार श्रृङ्खलाका अर्का शिखर हुन् –रबर्ट ओवन (१७७१–१८५८) । इङ्गल्यान्डका एक सम्पन्न घरानामा जन्मेका ओवन ‘अंग्रेजी समाजवादका जनक’ मानिन्छन् । दोकानमा नोकरी देखि उद्योगपति र ट्रेड युनियनका नेतासमेत बनेका ओवन समाज सुधारकका रुपमा ख्यातिप्राप्त भए । उनको राजनैतिक विचारको केन्द्र आपसी सहयोग थियो । उनले ‘द न्यु भ्यु अफ सोसाइटी’ र ‘दि बुक अफ न्यु मोरल वल्र्ड’जस्ता महत्वपूर्ण कृतिहरु लेखे । उनको धारणाअनुसार मानव चरित्रको निर्माणमा भौगोलिक, सामाजिक, आर्थिक एवम् राजनैतिक परिस्थितिको हात रहेको हुन्छ । त्यसैले उनी समुच्च व्यवस्थामा सुधार चाहन्थे ।

मानव चरित्रको निर्माणमा भौगोलिक, सामाजिक, आर्थिक एवम् राजनैतिक परिस्थितिको हात रहेको हुन्छ ।

 

सेन्ट साइमन र चाल्र्स फौरियरजस्ता विचारक व्यवहारिक जगतमा सफल थिएनन् तर ओबन एक व्यवहारिक व्यक्ति थिए । उन्नाइस वर्षको उमेरमा नै ५०० मजदुर काम गर्ने कपडा कारखानामा आफ्नो कार्यकुशलताको परिचय दिन सफल ओवन मजदुरहरु मात्र नभइ ग्राहकहरुका समेत प्रिय थिए । उनको प्रयासबाट कारखानामा उत्पादित कपडा बजारमा ५० प्रतिशत अधिक दरमा विक्री हुन थालेको थियो । सन् १७९४ मा उनले आफ्नै कारखाना खोले । 

कारखानाको कामकै सिलसिलामा स्कटल्यान्ड जाँदा एक महिलासंग उनको चिनाजानी भयो । उनी राजकुमारी डैल जो थिइन् । पछि ओवनको विवाह पनि उनैसंग भयो । उनले ओवनलाई आफ्नो पिताको मिलमा आउने निम्ता दिइन् । सन् १७९९ मा ओवन र उनका साझेदारहरुले त्यस कारखानालाई किने । न्युलेनार्कमा उनलाई आफ्नो विचार प्रयोगमा ल्याउने अवसर प्राप्त भयो । उनले किनेको बेला न्युलेनार्कको वातावरण यस्तो थियो जहाँ स्वच्छ विचार स्फुरण हुन सक्ने परिस्थिति थिएन । त्यहाँ आइमाई, केटाकेटीलाई निर्मम तवरले दिनभरि काममा लगाइन्थ्यो । गाउँमा महङ्गी, जुवा, रक्सि, चोरी र भ्रष्टचारजस्ता गतिविधि सामान्यजस्तै थिए । उनले रहनसहन, सफाई, सहुलियतको दोकान, शिक्षा एवम् स्वास्थ्य आदि विभिन्न क्षेत्रमा आमुल परिवर्तन गरे । दश वर्षभन्दा कम उमेरका केटाकेटीलाई काममा लगाउन छाडेर शिक्षा दिन थालियो ।

उनले जग्गा किनेको बेला न्युलेनार्कमा स्वच्छ विचार स्फुरण हुन सक्ने परिस्थिति थिएन । त्यहाँ आइमाई, केटाकेटीलाई निर्मम तवरले दिनभरि काममा लगाइन्थ्यो । अन्त्यमा त्यो गाउँ एक आदर्श बस्तीमा परिणत भयो । दश वर्षभन्दा कम उमेरका केटाकेटीलाई काममा लगाउन छाडेर शिक्षा दिन थालियो । 

सबैभन्दा महत्वपूर्ण कुरा उनीहरुलाई उचित तलब दिन थालियो । अन्त्यमा त्यो गाउँ एक आदर्श बस्तीमा परिणत भयो । यसैलाई लिएर उनले ‘अ न्यु भ्यु अफ सोसाइटी’ नामक पुस्तक लेखे । पछि कारखाना केहि समय बन्द गर्नुपर्दा पनि मजदुरहरुलाई तलब दिन छाडेनन् । जुन कुरा अन्य कारखानाको मालिकहरुलाई एउटा उदाहरण बन्न गयो । 

इङ्गल्यान्डको नेपोलियनसंग भएको युद्वको समाप्ति पछि त्यहाँ भिषण मन्दी पैदा भयो । उत्पादित सामाग्री नबिकेर धेरै कारखाना बन्द भए । र धेरै मजदुर कामबाट वन्चित हुन पुगे । त्यसपछि भने ओभनले पनि नराम्रोसंग असफलता भोग्नुपर्यो । 
त्यस कठिन परिस्थितिको निदानका लागि उनले साम्यवादको स्थापना हुनुपर्छ भन्ने विचार व्यक्त गरे । उनको यो विचारलाई कसैले पनि मान्यता दिएनन् । बरु उल्टै बिरोध गरे । त्यसपछि उनले ‘सोसल सिस्टम’ नामक नयाँ किताब रचना गरे । जसमा उनले साम्यवादी स्थितिलाई स्वीकार गर्दै निजि सम्पतिको कटु आलोचना गरेका थिए । 

इङ्गल्यान्डमा समर्थन प्राप्त नभएपछि उनी संयुक्त राज्य अमेरिका गए । त्यहाँको इन्डियाना भन्ने स्थानमा केहि हजार एकड जमिन खरिद गरेर साम्यावादी सिद्धान्तका आधारमा ‘न्यु हार्मनी’ नामक बस्ती बसाउने प्रयास गरे । ओवन त्यहाँ रहुन्जेल त्यस बस्तीको काम सुचारु रुपले चल्यो । उनी इङ्गल्यान्ड फर्केपछि ती मानिसहरु आपसमा झगडा गर्न थाले । उनीहरु बीच विचार तथा धार्मिक विश्वासमा मतभेदका कारण बस्ती बसाउने काम असफल भयो । 

त्यसपछि उनले अन्य ठाउँमा पनि बस्ती बसाउने प्रयास गरे तर सबैमा असफलता मात्र प्राप्त भयो । वास्तवमा उनको सिद्धान्त हिंसात्मक नभइ सहयोगात्मक थियो । तर परिणम भने त्यसको ठ्याक्क उल्टो आइरहेको थियो । 

जति असफल भए पनि उनको सिद्धान्त मानवहितका लागि थियो । त्यसैले ओवनले आपसी सहयोगलाई नै आफ्नो राजनीतिक विचारको आधार बिन्दु मान्न छाडेनन् । अहिले सहकारिता र अहिंसात्मकता समाजवादको नारा पूर्ण गर्नमा ओवनको नाम गौरवका साथ लिइन्छ । 

चार्ल्स फोरियरको जीवनको उत्तरार्धमा देश व्याप्त मन्दीको चपेटामा पिल्सिंदै थियो । जसका कारण भोक–भोकै मर्न लागेका हजारौं मजदुरहरुको दयनिय अवस्थाले मर्माहत भएर इङ्गल्यान्ड साम्यवादतिर झुक्न वाध्य भयो ।

उनको जीवनको उत्तराद्र्धमा देश व्याप्त मन्दीको चपेटामा पिल्सिंदै थियो । जसका कारण कारण भोक–भोकै मर्न लागेका हजारौं मजदुरहरुको दयनिय अवस्थाले मर्माहत भएर इङ्गल्यान्ड साम्यवादतिर झुक्न वाध्य भयो । त्यसैले पनि आज उनको नाम प्रजातान्त्रिक समाजवादका एक व्यवहारवादी विचारकका रुपमा परिचित छ । 

समाजलाई बेरोजगारीको समस्याप्रतिको जिम्मेवारी तथा श्रमिकहरुका बीच सहकारिताको आन्दोलनको आवश्यकतालाई बोध गराउन उनी सफल भए । चाहेको खण्डमा मानिसले परिस्थितिलाई बदल्न सक्छ भन्ने कुरा उनले गरेर देखाए । साथै श्रमकल्याणकारी कानुनहरु र सामाजिक सुधारको क्षेत्रमा पनि उनको योगदान उच्च छ । परिस्थितिअनुसार उनले आमहडतालको पक्षमा आफ्नो विचार प्रकट गरेका छन् तर हिंसालाई उनले कहिं कतै स्वीकार गरेका छैनन् । (रामचन्द्र पोखरेलको पुस्तक 'प्रजातान्त्रिक समाजवाद'बाट साभार सामाग्रीको सम्पादित अंश )