• शनिबार, १२ श्रावण, २०८१
  • ०९:५२:०४

राष्ट्रिय कृषि अवस्थामा व्यापक परिवर्तन

  • Netizen Nepal
  • बिहीबार, २१ भदौ, २०८०- १५:२५:००/ Thursday 09-07-23

नेटिजन संवाददाता    

काठमाडौँ, २१ भदौ । पछिल्लो १० वर्षमा कृषि तथ्यांकमा उल्लेखनीय परिवर्तन देखिएको छ। कृषिगणना अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्तो कृषक परिवारको प्रतिशत ७१ देखिएको थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरिएको सातौं कृषि गणना २०७८ ले कृषि तथ्यांकमा व्यापक परिवर्तन देखिएको हो। कृषि आश्रितहरूको संख्या घट्दै गए पनि उत्पादन र उत्पादकत्व बढ्दै गएको प्रविधिको प्रयोग बढेको कृषि तथ्यांक देखाएको छ।

 यी कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १ करोड १५ लाख ८३ हजार ९ सय ५० र प्रति कृषक परिवार कित्ता संख्या २।८ देखाएको छ। अघिल्लो कृषिगणना २०६८ ले यो संख्या क्रमशः १ करोड २० लाख ९६ हजार ४ सय १७ र ३।२ रहेको देखाएको थियो।

 

वि.सं. २०१८ सालदेखि हरेक दश\दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय ९साबिकको केन्द्रीय तथ्याङ्क विभागले २०७८ चैत १ गतेदेखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो ।

वैज्ञानिक विधिबाट ३ लाख ३० हजार १ सय १२ कृषक परिवारहरू छनोट गरी कृषक परिवार प्रश्नावली मार्फत कृषि तथा पशुपन्छीसम्बन्धी विस्तृत विवरण सङ्कलनका लागि ५ हजार १ सय ५० गणक, एक हजार ३ सय ५० सुपरिवेक्षक तथा ७७ कृषिगणना अधिकृतहरूसहित करिब ७ हजार २ सय कर्मचारी प्रत्यक्ष र परोक्षरुपमा परिचालित भएका थिए ।