• मंगलबार, ६ कार्तिक, २०८१
  • १०:२५:०५

नेपालको कृषि अवस्था चित्रण गर्ने २५ तथ्यहरु

  • Netizen Nepal
  • शनिबार, २३ भदौ, २०८०- १४:१७:००/ Saturday 09-09-23

काठमाडौं, २३ भदौ।  राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरिएको सातौं कृषि गणना २०७८ ले कृषि तथ्यांकमा व्यापक परिवर्तन देखिएको हो। कृषि आश्रितहरूको संख्या घट्दै गए पनि उत्पादन र उत्पादकत्व बढ्दै गएको प्रविधिको प्रयोग बढेको कृषि तथ्यांक देखाएको छ। जम्मा कृषक परिवारमध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताएका छन्। अघिल्लो कृषिगणनाका अनुसार यो प्रतिशत १६ रहेको थियो। कृषि गणना २०७८ ले देखेका २५ तथ्यहरु यस्ता छन्  : 

  • कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७ सय ८९ कृषक परिवारले २२ लाख १८ हजार ४ सय १० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ। अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५।२५ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको थियो।
  •  नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषि गणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो। 
  •  कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १ करोड १५ लाख ८३ हजार ९ सय ५० र प्रति कृषक परिवार कित्ता संख्या २।८ देखाएको छ। अघिल्लो कृषिगणना २०६८ ले यो संख्या क्रमशः १ करोड २० लाख ९६ हजार ४ सय १७ र ३।२ रहेको देखाएको थियो।
  •  कृषक परिवारले १२ लाख नौ हजार २ सय ६५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखिएको छ। यी कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४।५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ।  अघिल्लो कृषिगणना २०६८ मा सिँचाई सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो। यसरी नै यो गणनाका अनुसार सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुने देखिन्छ भने अघिल्लो कृषि गणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो।    
  • सिँचित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ८,७९,५ सय ७० हेक्टर ९७२।७४ रहेको यो गणनाले विगतका गणनाहरूमा जस्तै यस गणनामा पनि सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली ९२५ लाख ८६ हजार १ सय ८३ हेक्टर भएको पाइएको छ।  अन्य बालीहरूमा क्रमशः कोसेरदाल बाली ९१ लाख ९९ हजार ८ सय ४४ हेक्टर तेल बाली ९१ लाख ८० हजार १ सय ४१ हेक्टर, तरकारी बाली ९१ लाख सात ७३३।८ हेक्टर, कन्दमुल बाली ९ (एक लाख चार हजार ७३७ हेक्टर०, मसला बाली ९५६ हजार ८९३ हेक्टर र नगदे बाली ९४ लाख ४६ हजार ०९३ हेक्टर) रहेको पाइएको छ। 
  •  धान बाली लागेको क्षेत्रफल १२ लाख १६ हजार ३८७ हेक्टर, मकैको क्षेत्रफल ५ लाख ५९ हजार ९ सय ९ हेक्टर र गहुँको क्षेत्रफल ६ लाख ५४ हजार १ सय ९४ हेक्टर हुन आएको देखिन्छ। स्थायी बालीमा बगैंचाको रुपमा लगाइएको आँपको क्षेत्रफल १९ हजार ७ सय ८१ हेक्टर, केराको क्षेत्रफल ७ हजार ८ सय ९८ हेक्टर र सुन्तलाको क्षेत्रफल ६ हजार ५ सय ४५ हेक्टर, कागतीको क्षेत्रफल २ हजार ८ सय ६ हेक्टर र स्याउको क्षेत्रफल ३ हजार ०८० हेक्टर देखिएको छ।
  • नेपालमा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार ८ सय ५७ बाट बढेर ३४ लाख ५ हजार १४ हुन पुगेका छन्।  
  • गाईगोरुको संख्या करिब ४६ लाख, राँगाभैँसीको संख्या करिब २९ लाख, बाख्रारखसीरबोकारच्याङ्ग्राको संख्या करिब १ करोड ४२ लाख, सँगुररबंगुररबदेलको संख्या करिब १४ लाख, कुखुराको संख्या करिब ४ करोड ५१ लाख हुन पुगेको देखिएको छ। यो गणनाले उन्नत गाई र भैँसीको संख्यामा उल्लेखीय वृद्धि भएको देखाएको छ।
  •  ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना २०७८ ले यो संख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ।  ४ लाख ७१ हजार २ सय ६० कृषक परिवारले कृषि कार्यका लागि पावर ट्रिलर प्रयोग गरेको र १ लाख १७ हजार ९ सय ९१ वटा पावरट्रिलर सञ्चालनमा छ। यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखीय रूपमा गिरावट आएर ८ लाख ५६ हजार २सय ८३ बाट ५ लाख नौ हजार ८ सय २५ वटा पुगेको छ।
  • ४२ हजार आठ कृषक परिवारले ४८ हजार ७ सय ६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ। यसरी माछापालन गरिएका पोखरीहरूको कुल क्षेत्रफल १० हजार ३ सय ८३ हेक्टर रहेको समेत यो गणनाले औंल्याएको छ। अघिल्लो कृषिगणना २०६८ ले यस्ता कृषक परिवारको संख्या १७ हजार १ सय ९१ पोखरीको संख्या २१ हजार २ सय ७७ र पोखरीको जम्मा क्षेत्रफल २ हजार ५ सय १९ हेक्टर देखाएको थियो। 
  •  १७ हजार ५ सय ५४ कृषक परिवारले च्याउ खेती गरेको देखाएको छ।
  • १ लाख ९६ हजार ८ सय ५४ कृषक परिवारले ५ लाख १० हजार ४१४ वटा घारमा मौरीपालन गरेको पाइएको छ।
  •  १ लाख ८२ हजार ४ सय ४१ ९४।४ प्रतिशत० कृषक परिवारले कृषि बीमा गरेको उल्लेख गरेका छन् भने यसरी बीमा गरेकामध्ये सबैभन्दा बढी १ लाख ५३ हजार ९६२ ९८४।४ प्रतिशत० कृषक परिवारले पशुपालन कार्यको लागि बीमा गरेको बताएका छन्। 
  • ३ लाख ८ हजार ५१२ ९७।५ प्रतिशत० कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने यसरी सरकारी अनुदान पाएकामध्ये सबैभन्दा बढी १ लाख ४२ हजार ५७६ (४६.२ )प्रतिशत० कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएको बताएका छन्। 
  •  ९७ हजार १७४ कृषक परिवारले ४ हजार ६५९ हेक्टर जग्गामा हरितगृहरटनेल पद्धतिबाट खेती गरेको पाइएको छ। 
  •   मुख्य कृषकमा पुरुषको हिस्सा ६७.६ प्रतिशत र महिलाको हिस्सा बढेर ३२.४ हुन पुगेको छ। 
  • ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषिकार्य रहेको देखाएको छ। अघिल्लो कृषि गणनाले यो प्रतिशत ८३।१ देखाएको थियो। 
  • ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने बताएका छन् भने अघिल्लो कृषिगणना २०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थिए। 
  •  १ लाख ८२,४४१ (४.४ प्रतिशत) कृषक परिवारले कृषि बीमा गरेको उल्लेख गरेका छन् भने यसरी बीमा गरेकामध्ये सबैभन्दा बढी १ लाख ५३ हजार ९६२ ९८४।४ प्रतिशत कृषक परिवारले पशुपालन कार्यको लागि बीमा गरेको बताएका छन्। 
  •  तीन लाख आठ हजार ५१२ (७.५ प्रतिशत) कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने यसरी सरकारी अनुदान पाएकामध्ये सबैभन्दा बढी एक लाख ४२ हजार ५७६ (४६।२ प्रतिशत ) कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएको बताएका छन्। 
  • यो गणनाका अनुसार ९७ हजार १७४ कृषक परिवारले ४ हजार ६५९।२ हेक्टर जग्गामा हरितगृहरटनेल पद्धतिबाट खेती गरेको पाइएको छ। कृषिगणना २०६८ अनुसार मुख्य कृषकमा ८१ प्रतिशत पुरुष र १९ प्रतिशत महिला रहेका थिए भने कृषिगणना २०७८ अनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७।६ प्रतिशत र महिलाको हिस्सा बढेर ३२।४ हुन पुगेको छ। 
  • यो कृषिगणनाको प्राप्त नतिजाअनुसार कृषक परिवारमा अक्सर बसोबास गर्ने जम्मा जनसंख्या १ करोड  ९४ लाख ४७ हजार ९५५ रहेको छ । यी कृषक परिवार जनसंख्यामध्ये महिला ९९ लाख चार हजार १३० ९५०।९ प्रतिशत० र पुरुष ९५ लाख ४३ हजार ८२५ ९४९।१ प्रतिशत छ। 
  • यो गणनाले ७०।४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषिकार्य रहेको देखाएको छ। अघिल्लो कृषि गणनाले यो प्रतिशत ८३।१ देखाएको थियो। 
  • गणनाबाट प्राप्त नतिजाले ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने बताएका छन् भने अघिल्लो कृषिगणना २०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थिए। 
  • कृषिगणना २०७८ अनुसार अधिकांश ८८ प्रतिशत कृषक परिवारको मुख्य कृषि उत्पादन र क्रियाकलाप खाद्यान्न बाली रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः तरकारी बाली ६ प्रतिशत र पशुपालन ३ प्रतिशत रहेको देखिन्छ।  यस गणनाको प्राप्त नतिजाअनुसार आफ्नो कृषिकार्यबाट भएको सबै उत्पादन घरायसी उपभोगको लागि हो भनी बताउने कृषक परिवार ६८.८ प्रतिशत, सबै बिक्रीको लागि हो भनि बताउने १.१ प्रतिशत, मुख्यतः घरायसी उपभोग र केहि बिक्रीको लागि हो भनी बताउने २४.७ प्रतिशत र मुख्यत विक्रि  र केही घरायसी उपभोगका लागि हो भनी बताउने ५।४ प्रतिशत रहेको देखिएको छ।
  •