• शुक्रबार, १२ पौष, २०८१
  • ०९:०४:११

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा, अब के होला ?

  • Netizen Nepal
  • बिहीबार, ४ असोज, २०८०- १२:४६:००/ Thursday 09-21-23

नेटिजन सम्बाददाता


काठमाडौं,४ असोज। अमेरिका र भारतका लगानीकर्ताको मनमा खेलिरहेका कुराको सोझो असर नेपाली सर्वसाधारणको खल्तीमा पनि परिरहेको छ – सायद यसैलाई अर्थतन्त्रको विश्वव्यापीकरण भन्छन्।

बुधवार एक अमेरिकी डलरको बिक्री मूल्य १३३.५४ नेपाली रुपैयाँ पुगेको छ जुन अहिलेसम्मकै उच्च कीर्तिमान हो। तर नेपालमा डलरको भाउ यसरी बढिरहने प्रवृत्ति कता जोडिएको छ भन्ने तपाईँलाई थाहा छ?

जुलाई महिनामा उसले गरेको वृद्धिपछि त्यहाँ ब्याजदर २२ वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो। बुधवार उसले ब्याज दर अहिलेको निम्ति स्थिर राख्ने निर्णय गर्‍यो।

 

त्यसको भेउ पाइयो भयो भने बल्ल यो प्रवृत्ति अझै जारी रहला कि मत्थर होला भनेर भन्न सकिन्छ। सोझो हिसाबमा डलरको भाउ तलमाथि हुनुमा नेपालको आन्तरिक नीतिको खासै कुनै योगदान छैन। बरु यसको सम्बन्ध अमेरिका र भारतको अर्थतन्त्रसँग छ।

किन बढ्यो डलरको भाउ?

अमेरिकी केन्द्रीय ब्याङ्क फेडरल रिजर्भले लिने ब्याजदरसम्बन्धी निर्णयलाई लगानीकर्ताहरूले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका हुन्छन्। केही समययता अमेरिकी अर्थतन्त्र सुधारोन्मुख भइरहेको छ र फेडरल रिजर्भले ब्याज दर बढाइरहेको छ।

जुलाई महिनामा उसले गरेको वृद्धिपछि त्यहाँ ब्याजदर २२ वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो। बुधवार उसले ब्याज दर अहिलेको निम्ति स्थिर राख्ने निर्णय गर्‍यो।

उसले ब्याजदर लाई ५.२५% र ५.५०% को बीचमा हुने गरी तोकेको छ। तर यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीतिसँग जुझ्न ब्याजदर फेरि बढाउन सक्ने सङ्केत दिएको छ।

अमेरिकामा ब्याजदर उच्च हुँदा लगानीकर्ताहरू स्वाभाविक रूपमा डलरतर्फ आकर्षित हुन्छन्। अनि त्यसको भाउ बढ्छ। त्यसो हुँदा भारतबाट लगानीकर्ताहरूले समेत पैसा अमेरिका लैजान सक्छन्। अनि भारुको भाउ घट्छ।

भारुको भाउ घट्नु भनेको नेपाली रुपैयाँ स्वत: घट्नु हो। नेपालले आफ्नो मुद्राको विनिमय दर भारुसँग स्थिर राखेको छ – १०० भारु बराबर १६० नेरु। भारु तलमाथि हुँदा त्यसको बुई चढेको नेरु पनि सँगसँगै तलमाथि हुन्छ। यो साता भारुको अवमूल्यन भएकै कारण नेपालमा पनि प्रभाव परेको छ।

“भारु जता जान्छ हामी पनि त्यतै जाने हो। भारतमा पनि अहिले भुक्तानी सन्तुलन र व्यापार सन्तुलनमा घाटा भएको हुनाले भारु अवमूल्यन भएको हो,” नेपाल राष्ट्र ब्याङ्कका भूतपूर्व कायममुकायम गभर्नर रहिसकेका अर्थविद् कृष्णबहादुर मानन्धरले भने।

“मलाई लाग्छ भारुको अवमूल्यन जति हुनुपर्ने त्यति अझ भएको छैन,” उनले भने। अर्को वर्ष भारतमा चुनाव आइरहेकाले भारुको अवमूल्यन राजनीतिक कारणले केही मत्थर हुनसक्ने उनी ठान्छन्।

डलरको भाउ बढ्दा नेपालमा कस्तो फाइदा हुन सक्छ?

अमेरिकी डलरको भाउ बढ्दा नेपालमा कुनै कुनै क्षेत्रमा फाइदा पनि पुग्छ।

पहिलो नम्बरमा रेमिट्यान्स आय पर्छ।

यो साउनमा रेमिट्यान्स आयले नयाँ कीर्तिमान बनाएको छ। यसको परिमाण गएको वर्ष लगातार बढ्नुमा एउटा कारण अमेरिकी डलरको भाउ बढ्नु पनि हो।

विदेशी मुद्रामा उति नै आम्दानी गरे पनि विनिमय दरका कारण नेपाली रुपैयाँमा त्यो बढी हुन पुग्छ। दशौँ लाख नेपाली घरपरिवारले रेमिट्यान्स थाप्ने हुँदा त्यसको सकारात्मक असर कम चाहिँ हुँदैन।

दोस्रोमा पर्यटनमा हुने आम्दानी पर्छ। तर यसको अर्को पाटो पनि छ।

दाल र तरकारीदेखि इन्धन अनि लुगाफाटा सबैसम्म सबै वस्तुको भाउ बढ्छ। चाहे विदेश पढ्न जाने हो वा घुम्न जाने हो हवाईजहाजको टिकटदेखि सबै कुरा महँगिन्छन्। अहिले नेपालमा मुद्रास्फीति ७.५२ प्रतिशत। त्यो धेरै हो र अझै बढ्न सक्छ।

 

“यदि इन्भोइसिङ डलरमा गरिएको छ भने फाइदा हुन्छ। तर नेपाली रुपैयाँअनुसार तिर्ने गरिएको छ भने झन् कम डलर आउन सक्छ,” राष्ट्र ब्याङ्कका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले बताए।

तेस्रो फाइदा भनेको निर्यात हो। उही सामान उही दरमा झिकाउँदा पनि नेपाली निर्यात सस्तो हुन्छ र त्यसले विदेशी आयातकर्ता नेपालबाट सामान झिकाउन थप प्रोत्साहित हुन सक्छन्।

“निर्यातलाई डलरको भाउ बढ्दा फाइदा हुन्छ तर मुख्य कुरा निर्यात गर्न सक्नुपर्‍यो,” पोखरेलले भने। अहिलेसम्मको अवस्था हेर्दा निर्यातबाट फाइदा उठाउन सक्ने अवस्थामा नेपाल देखिँदैन।

डलरको भाउ बढ्दा नेपालमा कस्तो बेफाइदा हुन सक्छ?

डलरको भाउ बढ्दा नेपालजस्तो आयातमा निर्भर देशलाई सबभन्दा ठूलो मार महँगीमा पर्न सक्छ।

दाल र तरकारीदेखि इन्धन अनि लुगाफाटा सबैसम्म सबै वस्तुको भाउ बढ्छ। चाहे विदेश पढ्न जाने हो वा घुम्न जाने हो हवाईजहाजको टिकटदेखि सबै कुरा महँगिन्छन्। अहिले नेपालमा मुद्रास्फीति ७.५२ प्रतिशत। त्यो धेरै हो र अझै बढ्न सक्छ।

अर्को असर देशको व्यापार सन्तुलनमा पर्छ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालको आयात र निर्यात दुवै घटिरहेको देखिन्छ। विगत एक वर्षमा आयात र निर्यातबीचको फरक वा व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ।

असार मसान्तमा सकिएको गत आर्थिक वर्षमा नेपालले १६ खर्ब ११ अर्ब रुपैयाँको आयात अनि जम्मा १ खर्ब ५७ अर्बको निर्यात गर्न सक्यो। अनि विदेशी विनिमय सञ्चितिमा पनि असर पर्छ।

फेडरल रिजर्भले फेरि ब्याजदर बढाइदियो भने डलरको भाउ अझ बढ्न सक्छ। किनभने त्यसपछि त्यसको असर भारतको बजारमा पर्छ र त्यहाँबाट नेपालमा सर्छ।

 

असार मसान्तमा देशको ढुकुटीमा १५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरका विदेशी मुद्राको भण्डार रहेको छ। केही समययता रेमिट्यान्स वृद्धिसँगै सुधारिएको यो सञ्चितिमा डलरको भाउका कारण फेरि चाप पर्न सक्छ।

अब डलरको भाउ के होला?

नेपाली रुपैयाँको अवस्था कस्तो होला भनेर अनुमान गर्न अमेरिकी अर्थतन्त्रको सुधारको अवस्था अनि त्यहाँको केन्द्रीय ब्याङ्कले ब्याज दरमा गर्ने तलमाथिको अवस्था कस्तो होला भनेर पहिला जान्नुपर्छ।

फेडरल रिजर्भले फेरि ब्याजदर बढाइदियो भने डलरको भाउ अझ बढ्न सक्छ। किनभने त्यसपछि त्यसको असर भारतको बजारमा पर्छ र त्यहाँबाट नेपालमा सर्छ।बीबीसी।