• बुधबार, १० पौष, २०८१
  • १२:२३:४४

अमेरिकाको खोजी कसरी भयो ?

 


काठमाडौं  । सन् १४९२ साल अगस्ट ३ तारिखका दिन स्पेनको पेलोस बन्दरगाहबाट निना पिन्ता र शान्ता मारिया नामक तिन पानीजहाज लिएर क्रिस्टोफर कोलम्बस पश्चिमतर्फ रवाना भए ।

उनका साथमा जम्मा सतासी जना नाविकदलाका सदस्य थिए त्यो पनि बल्ल बल्ल खोज खाज गरेर मनाएर ल्याएका । पश्चिमको बाटो पुर्व एशियाको इन्डिया जाने उनको योजना नै धेरैलाइ असुरक्षित लाग्यो । तर कोलम्बसको मनमा भने अवश्य पनि यो बाटो छोटो हुनुपर्छ भन्ने लागेको थियो । यसमा लाग्ने खर्च व्याक्तिले धान्न सक्ने कुरै थिएन ।

युरोपमा यसैले बाहिरि संसारका विविध स्थानको खोज र त्यहाँ आफ्नो स्वामित्वको उपनिवेश स्थापना गर्न युरोपिली देशहरुलाई हतार थियो । किन भने आफु पहिले नगएमा पछि अरुले नै तर मार्लान कि भन्ने आपसी डाह थियो यसैले महारानीलाई कोलम्बसको यो योजना राम्रै लाग्यो ।  

  

यसैले धेरै मिहेनतपछि बल्ल स्पेनकी महारानीलाई यसको लागि मन्जुर गराएका थिए । महारानी पनि यस्तै पुरुषार्थमय उधोगको पक्षमा थिइन्। त्यो बेला युरोप विकसित भैसकेको थियो । ठुला ठुला सहरहरु भव्य महल आदि बसिसकेका थिए । जनसंख्या बढ्दै थियो तर यसको तुलनामा प्राकृतिक श्रोत र साधनमा कमि आउदै थियो । खेतीयोग्य जमिनको अभाव हुदै थियो ।

खास गरेर काठ र माछाको अभाव खड्किन थालेको थियो ।  यधपी समुद्रमा माछा असंख्य थिए तर त्यो बेलासम्म युरोपमा समुद्रको नुनिलो पानीमा माछा मार्ने चलन आइसकेको थिएन । नुनरहित सतहको पानीमा माछाको संख्या अत्यन्त कम हुदै थियो । साथै सम्र्भांत वर्गमा सुर्ती र चिनीको माग पनि बढ्दै गएको थियो यो बेला युरोपियन राष्ट्रहरुकोबिचमा सत्ता सम्पति र शक्तिको होड चलेको थियो । एकले अर्कोलाई जसरि पनि उछिन् चाहन्थ्यो ।

यी सबै कारणले विकास र सम्र्भांत ऐश्वर्यको चिरस्थायी व्यवस्थापनको लागि युरोप अब युरोपबाहिर आफ्नो उपनिवेश विस्तार गर्ने अभिनयमा लागेको थियो। युरोपमा यसैले बाहिरि संसारका विविध स्थानको खोज र त्यहाँ आफ्नो स्वामित्वको उपनिवेश स्थापना गर्न युरोपिली देशहरुलाई हतार थियो । किन भने आफु पहिले नगएमा पछि अरुले नै तर मार्लान कि भन्ने आपसी डाह थियो यसैले महारानीलाई कोलम्बसको यो योजना राम्रै लाग्यो ।  

उनि स्पेनको झण्डा फहराउदै अनुत्धटित समुद्रको बाटो सुदुर पूर्वी एशियाको इन्डियामा कोलम्बस र उनको टोलीलाई पठाउन मन्जुर भइन । रानीलाई बचन दिएर कोलम्बस विदा भए । मन–भित्रको इन्डियातर्फ सुन जवाहरात वैभव र सुगन्धित मसलाको इन्डियातर्फ पश्चिमको बाटो पूर्वतर्फ तर उनले सोचेको जस्तो भएन । इन्डिया यहाँबाट त्यति टाढा छैनजस्तो लागेको थियो ।

उनीहरु त्यसतर्फ अगाडी बड्दै गए मध्यरातको दुईघण्टा पछि शुक्रबार सखारै उनीहरु समुद्रपारीको त्यो अर्को संसारको जमिनमा पुगे । तर त्यो उनीहरुले सोचेको इन्डिया थिएन बरु अमेरिका थियो कसैले नसोचेको नदेखेको यत्रो संसारको इतिहासमा यत्रो विश्व सभ्यतामा कतै नलेखिएको नभेटिएको नबनेको अमेरिका । यहि संसारमा यस्तै अर्को संसार पनि छ । भन्ने कुरा यता कसैलाई थाहा थिएन ।

 

उनलाई तर जति हिडै पनि पुगिएन । बल्ल सेक्टेम्बर ६ तारिखमा क्यानारी आइल्याण्डमा आइपुगे नाविकदलाका सदस्यले यो लामो यात्रामा विचैमा छाडेर साथ नदेलान कि भन्ने पिरोलो पनि थियो कोलाम्बसलाई उनीहरु असंतोस जाहेर गरिरहन्थे । यसैले नीतिहरुको चित्त बुझाउन कोलम्बसले यात्रा विवरण दर्ता गर्ने दुइटा वान्हीखाता बनाएका थिए । पहिलोमा यात्राको वास्तविक दुरी कति भयो भन्ने लेखिन्थ्यो भन्ने दोश्रोमा वास्तविक भन्दा धेरै थोरै लुकाएर राखिएको थियो । नाविकहरुलाई देखाउदैन थिए ।

दोश्रो कम दुरी मात्र यात्रा गरेको विवरण सबैलाई देखाउथे । तर जति नै ढाटे पनि अक्टोवर दश तारिखसम्म पनि जमिनको छेउपता नदेखिएपछि भने स्थिति तनावपूर्ण भयो । यो अपार अन्त्यहीन जलसागरमा कहिँ नपुगी केवल लगातार गइ मात्र रहन चालकदलका सदस्यहरु बेमंजुर हुन् । थाले अरुत् के गर्न सक्थे र कोलम्बस अब मात्र दुई दिन पर्खन अनुरोध गरे । उनले भने कि दुई दिनमा जमिन देखिएन भने हुन्छ तपाईहरु घर फर्कनु होला नभन्दै अचम्म भयो भोलिपल्ट रातमा नै सुदुर टाढा कतै बत्ती बलेको जस्तो देखियो ।

उनीहरु त्यसतर्फ अगाडी बड्दै गए मध्यरातको दुईघण्टा पछि शुक्रबार सखारै उनीहरु समुद्रपारीको त्यो अर्को संसारको जमिनमा पुगे । तर त्यो उनीहरुले सोचेको इन्डिया थिएन बरु अमेरिका थियो कसैले नसोचेको नदेखेको यत्रो संसारको इतिहासमा यत्रो विश्व सभ्यतामा कतै नलेखिएको नभेटिएको नबनेको अमेरिका । यहि संसारमा यस्तै अर्को संसार पनि छ । भन्ने कुरा यता कसैलाई थाहा थिएन । 

यसैले यसको नाम नँया संसार रह्यो कोलाम्बसका मनमा भने यो इन्डिया नै हो भन्ने थियो ।  त्यसैले त्यहाँका बासिन्दालाई उनले भुलले इन्डियन भने । अझ पनि अमेरिकाको ति आदिवासीलाई राता इन्डियन भनिन्छ त्यँहाका बासिनदालाई नै पनि यताको अर्को दुनियाबारेमा केहि थाह थिएन । उनीहरुको त्यो अमेरिका बाहेक यो समुद्रपार कतै अर्को संसार छ भनेर ति जान्दैन थिए । त्यँहा हामि भन्दा पनि विकसित मानिस बसेका छन् । 

कोलम्बस पुगे पछि उनिसंगै उनको देश स्पेन र स्पेनसंगै प्रकारान्तमा पहिलो पटक पुरै युरोप र अझ पुरै पूर्वी गोलार्धअमेरिकामा पुग्यो । त्यसपछिको जुन आधुनिक सभ्यता अमेरिकामा विकास भयो त्यो वास्तवमा अमेरिकी नभएर युरोपियन अर्थात् मेसोपोटामिया इजिप्टबाट ग्रिक र रोम हुदै युरोपभर फैलिएको पूर्वी गोलार्धको सभ्यता थियो । जसको चर्चा पहिले नै गरिसकिएको छ ।

 

तिनीहरु धेरै अघि छुटिएका हाम्रै दाजुभाइ हुन् तर हजारौ वर्षको फरकले स्थानीय प्राकृतिक पर्यावरण संगको अन्तरसम्बन्धका कारण हामि भन्दा ति बेग्लै छन् आदि भन्ने कुरा तिनीहरुलाई थाह थिएन । वास्तवमा समुद्र्वारी र पारि दुबैतर्फका मानव एउतै होमोस्यापिं जातिका थिए अनि दुवैको जन्मस्थल अफ्रिका नै थियो । तर आज भन्दा २० हजार वर्ष पहिले नै चौथो महाहिमयुगका समयमा उत्तरी सागरमा हिउले गर्दा समुद्र सतहको पानी घटेर जमिन बन्यो अनि तय जमिनमा घासेमैदान बन्यो अलास्का र एसिया जमिनबाट जोडिए ।

अहिले जस्तो समुद्र बिचमा थिएन । यसैले रेन डियर खेदाउदै चराउदै घुमन्ते खोजि खाने शिकारी मान्छ थाहै नपाई हिडेर अर्कोतर्फ तरेर गए । तर यस पछि पृथ्वीको तापक्रम बददै गएर हिउ पग्लियो । अलास्का र एसिया जोड्ने समुद्र हिउ पग्लेर फेरी देखा पर्यो फलश्वरूप यताको मान्छे यतै रह्यो उताको उतै करिव आजभन्दा १५ हजार वर्ष पहिले यी मानिस मध्य अमेरिका र दक्षिण अमेरिका आइपुगे जहा उनीहरुलाई विसाल सभ्यताहरुले पर्खेर बसेका थिए तर आन्ध्र महासागरको दुबैतिरका मानिसले अर्कोतर्फको संसारको अस्तित्वबारेमा केहि थाह थिएन ।

कोलम्बस अमेरिका पुग्नुभन्दा अगाडी अमेरिकामा धेरै सभ्यताहरू विकास भइसकेका थिए । यसैले यिनीहरुलाइ सभ्यताको इतिहासमा पुर्व कोलम्बियन अमेरिकी सभ्यताहरू पनि भनिन्छ ।  कोलम्बस पुगे पछि उनिसंगै उनको देश स्पेन र स्पेनसंगै प्रकारान्तमा पहिलो पटक पुरै युरोप र अझ पुरै पूर्वी गोलार्धअमेरिकामा पुग्यो । त्यसपछिको जुन आधुनिक सभ्यता अमेरिकामा विकास भयो त्यो वास्तवमा अमेरिकी नभएर युरोपियन अर्थात् मेसोपोटामिया इजिप्टबाट ग्रिक र रोम हुदै युरोपभर फैलिएको पूर्वी गोलार्धको सभ्यता थियो । जसको चर्चा पहिले नै गरिसकिएको छ ।

कोलम्बस अमेरिका पुग्दा त्यँहा प्रसीद्द माया सभ्यता अन्य प्राचिन अमेरिका सम्यतहरु सैयौ वर्ष अघि नै समाप्त भाइसकेको थिए । केवल इका र एर्त्यक सभ्यता अस्तित्वमा थिए । मायाको बारेमा त् सन् १८४० को दशकमा जोन लोयडस्ेफेन र फेडरिक क्यथारुदले पछि पत्ता लगाएका हुन् ।

अहिले अमेरिका र युरोपमा अथवा नेपाल र अमेरिकामा नै पनि केहि फरक छैन तर कोलम्बस र उनको नाविकदलले जुन अमेरिका देखे त्यो नित्यान्त फरक संसार थियो त्यहाँ मानिस मात्र होइन बरु रुख वनस्पति जन्तु जनवार चरा चुरुंगी अन्न फलफुल प्रकृति र भूगोल नै फरक थियो ।

 

यसो त् प्राचीन अमेरिकामा सभ्यताको विकास धेरै अगाडी भइसकेको थियो । तर तिनीहरुको लिखित निस्सा नभएकाले र तिनलाई पढ्ने उपयुक्त र पर्याप्त सामाग्री उपलब्ध थिएन । यसले गर्दा यिनको बारेमा विश्वलाइ अहिले  पनि सबै कुरा थाहा छैन । तर सजिलै अन्दाज गर्न सकिने कुरा के छ भने यी प्राचिन अमेरिकी सभ्यताको प्रभाव यहाँका पछिका माया आदि अन्य सभ्यतामा अवश्य परेको हुनुपर्दछ ।

आन्ध्रमहासागरवारिका मेसोपोटामिया इजिप्ट र सिन्धुघाटी सभ्यता एकअर्काबाट प्रभावित भए । तर पुर्व कोलमिबयन अमेरिकी सभ्यता हामीले चर्चा गरेका यस अघिका आन्ध्रमहासागरवारिका सबै सभ्यता भन्दा नित्यान्त फरक र नौलो थियो किनभने यिनको दुरी हजारौ वर्षको थियो प्र्क्तिर्तको विकासक्रममा हजारौ वर्षमा एकै जातको मानिसमा पनि स्थानीय पेभावाले कति फरक पर्ने रहेछ । भन्ने कुरा यहाँ बाट देखिन्छ ।

अहिले अमेरिका र युरोपमा अथवा नेपाल र अमेरिकामा नै पनि केहि फरक छैन तर कोलम्बस र उनको नाविकदलले जुन अमेरिका देखे त्यो नित्यान्त फरक संसार थियो त्यहाँ मानिस मात्र होइन बरु रुख वनस्पति जन्तु जनवार चरा चुरुंगी अन्न फलफुल प्रकृति र भूगोल नै फरक थियो ।

ति युरोपियनहरुले त्यहाँ गाई, बस्तु, बाख्रा, भेडा, घोडा, सुँगुर, कुखुरा, गहु, जौ, धान कोदो, स्याउ र आँप केहि देखेनन् । बरु यी भन्दा फरक लामा टर्की वाइसन, आलु, गोलभेडा, मकै, भुइकटहर, कोका र सुर्यमुखी आदि देखे जो यस अघि तिनीहरुले यताको दुनियाँमा कहिल्यै देखेका थिएनन।