• मंगलबार, १९ मङ्सिर, २०८०
  • १०:१४:२८

चीनसगँको बिजुली व्यापार कति संभव ?

  • Netizen Nepal
  • मंगलबार, ९ असोज, २०८०- १२:१६:००/ Tuesday 09-26-23

नेटिजन सम्बाददाता

काठमाडौं , ९ असोज । भारतसँगको बिजुली व्यापारमा भएको नेपालको सम्झौताको विभिन्न कोणबाट चर्चा चलिरहेको बेला चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्प कमल दाहालले चीनसँग पनि बिजुली व्यापारको लागि समझदारी भएको छ ।

 नेपाल र चीनबीच बिजुली आदान-प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ। नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी-केरूङ प्रसारण लाइन चीतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको छ।  

यसअघि नुवाकोटको रातमाटे हुँदै चीनको केरूङ जोड्ने गरी ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो। नेपालले २ फरक प्रकृतिका ४ सय केभी र २ सय २० केभी क्षमताका प्रसारण प्रणालीको अध्ययन गरेको थियो। लगानीका सम्बन्धमा पनि आवश्यक तयारी गरिएको थियो। 

    

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा क्रममा नेपाल र चीनबीच २ सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि आवश्यक समझदारी भएको छ। पछिल्लो समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिने छ। नेपालतर्फ कुल १६ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ। चीनतर्फ आवश्यक अध्ययन अगाडि बढाउने समझदारी भएको छ।

यसअघि नुवाकोटको रातमाटे हुँदै चीनको केरूङ जोड्ने गरी ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो। नेपालले २ फरक प्रकृतिका ४ सय केभी र २ सय २० केभी क्षमताका प्रसारण प्रणालीको अध्ययन गरेको थियो। लगानीका सम्बन्धमा पनि आवश्यक तयारी गरिएको थियो।      

नेपालतर्फ सबै अध्ययन भए पनि चीनतर्फ भने अध्ययन नसकिएकाले यसपटक आवश्यक अध्ययन अगाडि बढाउने गरी प्रधानमन्त्रीको भ्रमणका क्रममा समझदारी भएको छ। पछिल्लो समझदारीले २ देशबीच प्रसारण सञ्जाल निर्माण प्रक्रिया अगाडि बढ्ने ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी  दिनुभयो।   

नेपालको ऊर्जा क्षेत्रको विकासमा चीनले महत्त्वपूर्ण सहयोग गर्दै आएको छ। चिनियाँ प्राविधिक तथा निर्माण व्यवसायीले नेपाली प्राविधिकलाई दक्ष बनाउनेदेखि लगानीमा समेत उनीहरूको सहकार्य रहँदै आएको छ। यस्तै केही महत्त्वपूर्ण आयोजनामा चिनियाँ लगानीकर्ताले लगानीका लागि चासोसमेत व्यक्त गरेका छन्।

 

दक्षिण छिमेकी देश भारतसँग नियमित रूपमा विद्युत् निर्यात र आयात भइरहेको छ। बङ्गलादेशसँग पनि बिजुली निर्यातका लागि आवश्यक तयारी भइरहेको छ। उत्तरी छिमेकी देश चीनसँग पनि बिजुली व्यापारको ढोका खोल्ने उक्त प्रसारण लाइन आफैंमा महत्त्वपूर्ण मानिएको छ। सो प्रसारण लाइन निर्माणका लागि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा पुनः महत्त्वपूर्ण समझदारी भएको छ।

समझदारीअनुसार चिनियाँ प्राविधिक अध्ययनका लागि नेपाल आउने छन्। नेपालका तर्फबाट यसअघि भएका अध्ययनका आधारमा चिनियाँ प्राविधिकले थप अध्ययन गर्ने र निर्माणको प्रक्रिया सुरू गर्ने सचिव घिमिरेले भन्नुभयो । प्रधानमन्त्री दाहालको भ्रमण दलको सदस्यका रूपमा चीनमा रहेका सचिव घिमिरेले भन्नुभयो, ‘प्रसारण लाइन निर्माणका सम्बन्धमा आवश्यक समझदारी भएको छ। यो आफैंमा महत्त्वपूर्ण छ।’

२ देशबीच भएको समझदारीले चीनतर्फ विद्युत् व्यापारका लागि प्रसारण लाइन बनाउने महत्त्वपूर्ण समझदारी भएको र यसले बिजुलीको बजार उत्तरतर्फ पनि विस्तार गर्ने विश्वास लिइएको छ। त्रिशूली र यसका सहायक नदीमा निर्माण भएका, निर्माणमा जाने तयारीमा रहेका र अध्ययन भइरहेका आयोजनाबाट उत्पादित बिजुली चीनतर्फ निर्यातका लागि सो प्रसारण लाइन निर्माण गरिने ऊर्जा मन्त्रालयका सम्बद्ध अधिकारीले भन्नुभएको छ। रसुवाको चिलिमेमा हाल उच्च क्षमताको सबस्टेशन निर्माण अन्तिम चरणमा छ। सो सबस्टेशनमा रसुवागढी, साञ्जेनलगायतका आयोजनाको बिजुली जोडिने छ।

रसुवामा निर्माणाधीन प्रसारण लाइन र सबस्टेशन निर्माणलाई गति दिन ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले आवश्यक पहल गरिरहेको छ। ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अब कुनै पनि ढिलाइ नगरी सबस्टेशन र प्रसारण लाइन निर्माणमा ध्यान दिन र सोहीअनुसार निर्माण व्यवसायी परिचालन गर्न निर्देशन दिइसक्नुभएको छ।

२ देशबीच ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने उद्देश्यका साथ ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति र सहसचिवस्तरीय संयुक्त कार्यदलसमेत क्रियाशील छ। कोरोनालगायतका कारणले ती संयन्त्रको बैठक नियमित रूपमा बस्न सकेको थिएन।

प्रधानमन्त्री दाहालको भ्रमणपछि ती संयन्त्रको बैठकसमेत नियमितरूपमा अगाडि बढ्ने विश्वास लिइएको छ। यस्तै केही जलविद्युत् आयोजनामा लगानी र सहकार्यका विषयमा समेत महत्त्वपूर्ण सहमति भएको छ।   

उत्तरी छिमेकी देशसँग पनि प्रसारण लाइन निर्माण हुने भएपछि नेपाली बिजुली भारत, बङ्गलादेशका अतिरिक्त चीनसमेत पुग्ने विश्वास लिइएको छ। कोरोनालगायतका कारणले रोकिएका संयन्त्रका बैठक नियमित हुने र बिजुली आदान-प्रदानका लागि प्रधानमन्त्रीको भ्रमणका क्रममा २ देशका उच्च अधिकारीको उपस्थितिमा महत्त्वपूर्ण विचार आदान-प्रदान भएको बताइएको छ।

 

नेपालको ऊर्जा क्षेत्रको विकासमा चीनले महत्त्वपूर्ण सहयोग गर्दै आएको छ। चिनियाँ प्राविधिक तथा निर्माण व्यवसायीले नेपाली प्राविधिकलाई दक्ष बनाउनेदेखि लगानीमा समेत उनीहरूको सहकार्य रहँदै आएको छ। यस्तै केही महत्त्वपूर्ण आयोजनामा चिनियाँ लगानीकर्ताले लगानीका लागि चासोसमेत व्यक्त गरेका छन्।

सरकारले सन् २०३५ सम्मको ऊर्जा विकाससम्बन्धी कार्ययोजना तयार पारेको सन्दर्भमा वैदेशिक लगानीसमेत अत्यावश्यक रहन्छ। त्यसमा अन्य देशका लगानीकर्ता जस्तै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि सरकारले आग्रह गरिरहेको छ।

यसअघि नै नुवाकोटको रातमाटे-केरूङ प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन चिनियाँ कम्पनी स्टेट ग्रिड कर्पोरेशन अफ चाइना र नेपाल विद्युत् प्राधिकरणले गरेको थियो। यस्तै वातावरणीय प्रभाव मूल्याङ्कनको काम प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले अगाडि बढाइरहेको छ।

उत्तरी छिमेकी देशसँग पनि प्रसारण लाइन निर्माण हुने भएपछि नेपाली बिजुली भारत, बङ्गलादेशका अतिरिक्त चीनसमेत पुग्ने विश्वास लिइएको छ। कोरोनालगायतका कारणले रोकिएका संयन्त्रका बैठक नियमित हुने र बिजुली आदान-प्रदानका लागि प्रधानमन्त्रीको भ्रमणका क्रममा २ देशका उच्च अधिकारीको उपस्थितिमा महत्त्वपूर्ण विचार आदान-प्रदान भएको बताइएको छ।

यस्तै हुम्लाको सिमीकोट-हिल्सा सडक निर्माणका सन्दर्भमा पनि २ देशबीच महत्त्वपूर्ण सहमति भएको छ। ती सहमतिपत्रमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गर्नुभएको छ। रासस।