• मंगलबार, ६ कार्तिक, २०८१
  • १०:२५:०६

मान्छेसँग खेलेका गैँडा चितवनबाट कोशीटप्पु पठाइयो

  • Netizen Nepal
  • मंगलबार, ९ असोज, २०८०- १३:२४:००/ Tuesday 09-26-23

नेटिजन सम्बाददाता

काठमाडौं , ९ असोज । पुष्पा र अञ्जली चितवनको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा मानिसहरूको रेखदेखमा हुर्किएका दुईवटा टुहुरा गैँडा हुन्।

माउबिना एक्लाएक्लै भिन्दाभिन्दै समयमा फेला परेका यी पोथी गैँडा सानै बेलादेखि सँगसँगै हुर्किए। फेला पर्दा ती दुई महिनाका पनि भएका थिएनन्। विक्रम संवत् २०७६ र २०७७ सालमा फेला परेका गैँडाका यी केटीलाई चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले पालनपोषण गरे। 

 कोशीटप्पुको अध्ययनपछि उक्त स्थानमा गैँडा लैजान उपयुक्त भएको प्रतिवेदन प्राविधिक समितिले विभागलाई बुझाएको थियो। समितिले उक्त स्थानमा गैँडाका लागि उपयुक्त वातावरण र सुरक्षा व्यवस्था मिलाएर लैजान सुझाव दिएको समितिका सदस्य जेडएसएलका उपराष्ट्रिय प्रतिनिधि भगवानराज दाहालले बताए।

 

अहिले पुष्पा करिब चार वर्ष र अञ्जली करिब अढाई वर्षका भएका छन्। यी गैँडाहरू सौराहामा जङ्गलमा नभई गाउँमा पस्ने र मानिससँगै घुलमिल गरेर रमाउँदै हुर्केका हुन्। हुर्किएपछि गत वैशाख ३१ गते उनीहरूकै बासस्थान अर्थात् चितवन राष्ट्रिय निकुञ्जको लामिताल क्षेत्रको जङ्गलमा छोडिएको थियो।

तर केही दिनमा नै पुष्पा र अञ्जली जङ्गलबाट गाउँ फर्के र पटिहानीको बोटे टोलतिरै बस्न थाले। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक वार्डेन गणेशप्रसाद तिवारीका अनुसार कोषमै हुर्केका पुष्पा र अञ्जलीले गाउँमा गएर मानवीय क्षति पुर्‍याउने सम्भावना बढेसँगै उनीहरूलाई जङ्गलमा लगेर छाडिएको थियो।

कोशीटप्पु किन लैजान लागियो

जङ्गलभन्दा गाउँमा रमाउन थालेपछि अहिले उनीहरूलाई चितवनबाट कोशीमा सार्न लागिएको सहायक वार्डेन तिवारीले बताए।

ती गैँडालाई कोशीटप्पु वन्यजन्तु आरक्षमा लैजाने निर्णय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले गरेको हो। विभागको प्राविधिक समितिले गरेको अध्ययन प्रतिवेदनपछि ती गैँडाहरूलाई उक्त स्थानमा स्थानान्तरण गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।

कोशीटप्पुको अध्ययनपछि उक्त स्थानमा गैँडा लैजान उपयुक्त भएको प्रतिवेदन प्राविधिक समितिले विभागलाई बुझाएको थियो। समितिले उक्त स्थानमा गैँडाका लागि उपयुक्त वातावरण र सुरक्षा व्यवस्था मिलाएर लैजान सुझाव दिएको समितिका सदस्य जेडएसएलका उपराष्ट्रिय प्रतिनिधि भगवानराज दाहालले बताए।

समितिले चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएको र पश्चिम क्षेत्रबाट भारततर्फ जाने सम्भावना भएकाले त्यहाँ रहेका गैँडा निकुञ्जको पुरानो पद्मपुर क्षेत्रमा इन्टरनल ट्रान्सलोकेसन गर्न पनि सुझाएको उनले बताए।

“गैँडाको सङ्ख्या वृद्धि गर्न र वंश संरक्षण गर्ने उद्देश्यले नयाँ स्थानमा गैँडा स्थानान्तरण गरिँदै आएको छ,” उनले भने। कोशीटप्पुमा उपयुक्त सिमसार घाँसे मैदान भएको उनले बताए।  

चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया र शुक्लाफाँटामा गैँडा स्थानान्तरण गरिएको थियो। मानिसको रेखदेखमा हुर्किएका गैँडालाई कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गर्न लागिएको सम्भवतः यो पहिलोपटक भएको जानकारहरू बताउँछन्।

 

खुल्ला खोरमा राखिने

चितवनबाट स्थानान्तरण गरेर लगिएको गैँडालाई कोशीटप्पुको प्राकृतिक स्थानमा खुल्ला खोरमा राखिने र त्यहाँ वातावरणमा घुलमिल हुँदै गएपछि प्राकृतिक वासस्थानमा छाडिने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

योभन्दा पहिले चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया र शुक्लाफाँटामा गैँडा स्थानान्तरण गरिएको थियो। मानिसको रेखदेखमा हुर्किएका गैँडालाई कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गर्न लागिएको सम्भवतः यो पहिलोपटक भएको जानकारहरू बताउँछन्।

के भन्छन् स्थानीय बासिन्दाहरू?

सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्किएका पुष्पा र अञ्जलीलाई केही महिना अगाडि मात्रै चितवन राष्ट्रिय निकुञ्जको लामिताल क्षेत्रको जङ्गलमा छाडिएको थियो।

जङ्गलमा छाडिएको केही दिनमै पुष्पा र अञ्जली मानिस भएको स्थान बोटे टोलमा आएर बस्न थालेपछि निकुञ्जका सुरक्षाकर्मी र कर्मचारीले उनीहरूलाई निकुञ्ज फर्काए।

पटक पटक उनीहरू गाउँमा आउने अनि फेरि फर्किने गरेपछि गाउँमा आउन नदिन पर्खाल नै लगाउनु परेको स्थानीय बासिन्दाहरू बताउँछन्। पुष्पा र अञ्जलीले गाउँमा आएर बालीनालीमा क्षति पुर्‍याएर दु:ख दिए पनि ती गैँडाको माया लाग्दै गएको उनीहरू बताउँछन्।

पुष्पा र अञ्जलीलाई कोशीटप्पु लैजाने खबरले आफूहरूलाई नराम्रो लागेको उनीहरूले बताए।

कहाँ कति गैँडा स्थानान्तरण भए?

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सन् १९८६ मा पहिलो पटक १३ वटा गैँडा बर्दियामा स्थानान्तरण गरेको थियो। त्यसपछि पटकपटक गरेर बर्दिया र शुक्लाफाँटामा स्थानान्तरण गर्दै आएको छ।

विभागले सन् १९८६ पछि बर्दियामा १९९१ मा २५ वटा, १९९९ मा ४ वटा, सन् २००० मा १६ वटा, २००१ मा ५ वटा, २००२ मा १० वटा, २००३ मा १० वटा, २०१६ मा ५ वटा र २०१७ मा ३ वटा गरी जम्मा ९१ वटा गैँडा स्थानान्तरण गरेको थियो।

त्यस्तै विभागले शुक्लाफाँटामा सन् २००० मा ४ वटा र २०१० मा ५ वटा गरी ९ वटा गैँडा स्थानान्तर गरेको थियो। सन् २०१७ सम्ममा बर्दिया र शुक्लाफाँटामा ४५ वटा भाले र ५५ वटा पोथी गैँडा स्थानान्तरण गरिएको थियो।   

७८ वटा गैँडा छाडिएकोमा बबई नदी तटीय क्षेत्रमा ६ वटा मात्र गैँडा रहेका छन् भने कर्णाली नदी तटीय क्षेत्रमा ३० वटा गैँडा रहेको बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक भण्डारीले बताए।

 

यो तथ्याङ्क हेर्दा बर्दिया राष्ट्रिय निकुञ्जको बबई नदी तटीय क्षेत्रमा चितवनबाट सन् १९८६ देखि २०१७ सम्ममा ७८ वटा गैँडा स्थानान्तरण गरेको देखिन्छ। त्यस्तै बर्दियाकै कर्णाली नदी तटीय क्षेत्रमा १३ वटा गैँडा सारिएको थियो भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ९ वटा गैँडा स्थानान्तरण गरिएको थियो।

अहिले कति छन् बर्दिया र शुक्लाफाँटामा गैँडा?

अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा मात्र गैँडा रहेका छन्।

७८ वटा गैँडा छाडिएकोमा बबई नदी तटीय क्षेत्रमा ६ वटा मात्र गैँडा रहेका छन् भने कर्णाली नदी तटीय क्षेत्रमा ३० वटा गैँडा रहेको बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक भण्डारीले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले १७ वटा गैँडा रहेका छन्।

कति उपयुक्त गैँडा स्थानान्तरण?

चितवन राष्ट्रिय निकुञ्जबाट अहिलेसम्म १ सय वटा गैँडा बर्दिया र शुक्लाफाँटामा स्थानान्तरण भएका छन्।

माथिको तथ्याङ्कलाई हेर्ने हो भने गैँडा स्थानान्तरण गरेको सङ्ख्या भन्दा अहिले त्यहाँ भएका गैँडाको सङ्ख्या निकै कम देखिन्छ। यसले पनि गैँडा स्थानान्तरण उनकीहरूको सङ्ख्या जोगाउन त्यति उपयुक्त नभएको बताउने गरिन्छ।

गैँडा विज्ञहरूले कुनै पनि क्षेत्रमा भाले र पोथी गैँडा ५० वटा भन्दा कम हुँदा उनीहरू जीवित रहने सम्भावना कम हुने बताएका छन्। गैँडा स्थानान्तरण गर्ने कार्यलाई संरक्षणकर्मीहरूले पनि उपयुक्त मानेका छैनन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका पूर्व महानिर्देशक तथा ईकोलोजिष्ट महेश्वर ढकालका अनुसार जुन ठाउँमा स्थानान्तरण गरिँदैछ त्यहाँको हावापानी गैँडाका लागि उपयुक्त हुन्छ कि हुँदैन त्यसको राम्रो अध्ययन गर्न जरुरी छ।

“चितवनको नारायणी नदीको किनार र वरपरको घाँसे मैदान तथा सिमसारमा हुर्केका गैँडालाई स्थानान्तरण गर्नु भन्दा अगाडि गैँडा लैजाने स्थानको गहन अध्ययन गर्नुपर्छ र सुरक्षाको व्यवस्था पनि बुझ्नुपर्छ,” इकोलोजिस्ट ढकालले भने।

“राम्रो प्रबन्धको पूर्व तयारी बिना गैँडा स्थानान्तरण गरिए दुर्घटना नहोला भन्न सकिँदैन।” चितवनको हावा पानीमा हुर्केका पुष्पा र अञ्जलीलाई चितवन कै जङ्गलमा रमाउन दिनु उपयुक्त हुने उनले बताए।  

अहिले १६ वटा गैँडाका बच्चा हुर्किसकेको निकुञ्जले जनाएको छ। १६ मध्ये १३ वटा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा हुर्किएका थिए भने ३ वटा चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुर्काइएका थिए।

 

तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले उक्त गैँडालाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गर्ने निर्णय गरेर मङ्गलवार त्यसको कार्यान्वयन गर्दैछ।

कति बच्चाको उद्धार

चितवन राष्ट्रिय निकुञ्जले बाघको आक्रमणमा परेर घाइते भएका गैँडाका बच्चाहरूको उद्धार गरेर उपचारको साथै पालन पोषण गर्दै आएको छ।

अहिले १६ वटा गैँडाका बच्चा हुर्किसकेको निकुञ्जले जनाएको छ। १६ मध्ये १३ वटा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा हुर्किएका थिए भने ३ वटा चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुर्काइएका थिए।

त्यसमध्ये ६ वटाको मृत्यु भएको र ३ वटालाई जङ्गलमा छाडिएको निकुञ्जले जनाएको छ। तीन वटा थप गैँडाका बच्चा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्कँदै छन्।बीबीसी।