• शनिबार, १२ श्रावण, २०८१
  • ०१:१४:४५

विश्वकप फाइनल : भारतविरुद्ध टस जितेर बलिङ गर्दै अस्ट्रेलिया

काठमाडौं । एकदिवसीय विश्वकपको फाइनलमा अहिले आयोजक भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि भिडन्तका लागि अस्ट्रेलियाले टस जितेको छ ।

अहमेदाबादस्थित नरेन्द्र मोदी मैदानमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्नुभएको छ । घरेलु टोली भारतले सुरुवाती ब्याटिङ गर्दैछ ।

यसअघि भारत सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो । आठौं पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले सात मध्ये ५ फाइनल जितेको छ ।एकदिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछन् । भारत तेस्रो पटक विश्व विजेता बन्ने दाउमा छ । यद्यपि सन् २०११ पछि भारत विश्व च्याम्पियन बन्न सकेको छैन ।

२ टोली दोस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । सन् २००३ मा दुईबीच फाइलनमा भिडन्त भएको थियो । अस्ट्रेलिया १ सय २५ रनले विजयी भएको थियो । एकदिवसीयमा भारत र अस्ट्रेलियाबीच हालसम्म १ सय ५० खेल भएका छन् । जसमा अस्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ ।