• आइतबार, १६ बैशाख, २०८१
  • ०४:३७:३८

नेपाललाई "प्रिन्सले राज्य" हुनबाट रोक्ने ताकत कोसंग छ ?

नेपाल राजा पृथ्वी नापायण शाहले एकिकपण गर्नु अघि विभिन्न राजा रजौटाहरूले शासन गर्दै आएको मुलुक हो । यहां बाइसि  चौविसि राज्य बाहेक पुर्वी भेगमा लिम्बुयान राज्य थियो भने नेपालको काठमाडौं खाल्डो मल्लहरूले शासन चलाएका थिए । राजा पृथ्वी नारायण शाहको नेपाल एकिकरण अभियानमा पृथ्वी नारायण शाहको साम, दाम तथा दंड नितीको प्रभावमा परि अठारौ शताब्दिमा नेपाल एउटा सिंगो स्वतंत्र हिमाली राज्यको रूपमा स्थिपित हुन सकेको थियो । त्यसै ताका बृटिस भारतमा रहेका अंग्रेज शासकले नेपालमा पटक पटक आक्रमण गरि नेपालको अस्तित्व  मेटाउन अनेकौं प्रयास  गरेता पनि विर नेपाली योद्धाहरूले नेपाललाई अक्षुण्ण राख्न सकेको ईतिहास हाम्रो  साम् ताजा छ । 

तत्कालिन बृटिस भारतमा झंडै ५ सय ६५ साना ठुला राज्य र रजौटाहरू थिए ।  यी ५ सय ६५ को हाराहारी संख्या मध्ये केहि हालको पाकिस्तानमा पनि राजा रजौटाहरू थिए ।  तत्कालीन समयमा अफ्रीकी महादेशमा मोरोक्को, स्वीजरल्याण्ड र लेसेथोमा पनि राजा रजौटाहरूले  नै राज्य संचालन गर्ने गरेका थिए भने हाल  आएर यी मुलुकहरू क्रमशः गणतान्त्रिक  मुलुकहरूमा रूपान्तरण हुदैं गएका छन् ।  

प्रिन्सले राज्यको अर्थ हो एउटा देशको सिमा भित्र साना साना राजारजौटालहरूले आ आफ्ना प्रशासनिक ईकाईहरू गठन गरि रजौटाको दैनिक प्रशासन र राज्य संचालन गर्ने गर्दछन् । इतिहासमा यस्ता अभ्यासहरु पनि भेटिन्छन् । यस्ता रजौटाहरूले कर असुली देखि राज्य भित्र हुनेगरेका दंडनिय कार्यमा सजाय दिनु  नै मुख्य जिम्मेवारी रहने गरेको पाईन्छ ।  प्रिन्सले राज्यसंग न वैदेशिक संबंन्ध राख्ने सामर्थ्य  हुन्छ न आफ्नु मुलुकको ईच्छा र चाहना अनुसार जनता, समाज र देशलाई सुरक्षा दिने सक्ने संरचनानै राख्ने हुन्छ । अर्थात यो प्रिन्सले राज्यको स्थापना गर्न राजा रजौटाको पुनर स्थापना प्रथमिकता हुन्छ। 

तत्कालिन बृटिस भारतमा झंडै ५ सय ६५ साना ठुला राज्य र रजौटाहरू थिए ।  यी ५ सय ६५ को हाराहारी संख्या मध्ये केहि हालको पाकिस्तानमा पनि राजा रजौटाहरू थिए ।  तत्कालीन समयमा अफ्रीकी महादेशमा मोरोक्को, स्वीजरल्याण्ड र लेसेथोमा पनि राजा रजौटाहरूले  नै राज्य संचालन गर्ने गरेका थिए भने हाल  आएर यी मुलुकहरू क्रमशः गणतान्त्रिक  मुलुकहरूमा रूपान्तरण हुदैं गएका छन् ।  
भारतमा बृटिसहरूले राज्य संचलन गर्दै गर्दा भारतमा रहेका साना तथा ठुला रजौटाहरू लाई बृटिसहरूले सिमित रूपमा अधिकार दिएका थिए । तर ती राज्यहरू बैदेशिक संम्बन्ध, सुरक्षा र आफ्नै सेना राख्न बाट बंचित थिए । 
भारत सन् १९४७ मा बृटिशहरूको शासनबाट स्वतंत्र भए पछि भारतको अधिनमा रहेका राजारजौटाहरू लाई गणतंत्र भारतमा एकिकरण गर्ने प्रयास गर्दै गर्दा साना साना राजा रजौटाहरूले विमति जनाऊंदै गए ।  तत्कालीन भारतीय शासक तथा प्रशासकहरूले साम दाम तथा दंडको निती अबलंवन गरि राजा रजौटाहरूको बैदेशिक संबन्ध, सुरक्षा तथा प्रशासनिक अधिकारलाई समेत भारतिय गंणराज्यको अंग बनाई एकिकपण अभियान शुरू गरेका थिए ।

यी एकिकरण गरिएका राजारजौटा राजकुललाईन बार्षिक प्रवीपर्श ( राज्यको कर आमंदानीलाई आधार मानि निर्धारण गरेको मुवाब्जा) दिने ब्यवस्था गरिएको थियो । भारत भित्रका राजारजौटाहरू लाई दिने गरेको प्रिविपर्स सन १९७१ तिर आएर बंन्द गरियो । यसबाट अधिकांस राजरजौटाका घरानाहरू राज्य संचालनमा रहेको राष्ट्रिय कांग्रेशको सरकारका मुखिया श्रीमती ईंन्दिरा गांधि संग रूष्ट भई आन्य दलसंग लहसिने र उनी हरूलाईनै तन मन धनले सहयोग गरेको देखिन्छ । 
यसै ताका भारतिय शासक प्रशासकको कोपभाजनमा परि नेपाल पनि एउटा स्वतंत्र राज्य बाट प्रिन्सले राज्यमा परिणित हुने खतरा पनि उत्तिकै रहेको तत्कालीन वेलामा चर्चामा रहेको थियो । नेपाल राणाकालीन शासनबाट बिक्रम संवत १९९७ साल देखिनै लोकतंत्र स्थापनाको संघर्षमा  रहेको थियो । 

तत्कालीन समयको स्वतंत्र राज्य सिक्कीम पनि बृटिस शासकले आफ्नो प्रिन्सले राज्यकै रूपमा हेर्ने गरेको थियो । तर तत्कालिन समयका भारतिय शासकहरूले यस राज्यलाई स्वतंत्र राज्यकै रूपमा राज्य संचालनको कार्य गर्न दिने कि भारतमा बिलय गर्ने कुरामा एकमत बनाउँन सकेका थिएनन् । यहि कारणले गर्दा सन्  १९७० को अन्त सम्म तत्कालीन राजा चोग्यालले सिमीत घेरामा रहि राज्य संचालन गरे । यसै मेसोमा सन् १९७५मा सिक्किमलाई भारतीय गणराज्यमा विलिन गराई भारतले एउटा भिन्दै प्रदेशको दर्जा दिई तत्कालीन राजा चोग्याल लाई सत्ताच्युत गरेको थियो । 

भारतको बृटिस राज्य बाट स्वतंत्रता संघर्शका बेला नेपालका राजनेताहरू पनि भारतिय नेताहरू संग संघर्षमा भाग ल्एिका थिए । यहि संघर्षका बेला नेपाली कांग्रेस लगायतका नेताहरूसंग भारतिय नेताहरू संगको आत्मतियता र मित्रताका कारणले पनि होला नेपाल स्वतंत्र राज्य रहेको विश्लेषण गर्ने गरिन्छ ।  नेपाल तत्कालीन नेपालकै राजशाहिको नेतृत्वमा भारतको प्रिन्सले राज्य हुन सक्ने थियो होला भन्ने गन गन र गन्थन अझ पनि बुद्धजीविहरूको माझ तत्कालिन समयाका नेता तथा पाकाहरूको मुखबाट सुन्ने गरिन्थ्यो । 

तत्कालीन समयको स्वतंत्र राज्य सिक्कीम पनि बृटिस शासकले आफ्नो प्रिन्सले राज्यकै रूपमा हेर्ने गरेको थियो । तर तत्कालिन समयका भारतिय शासकहरूले यस राज्यलाई स्वतंत्र राज्यकै रूपमा राज्य संचालनको कार्य गर्न दिने कि भारतमा बिलय गर्ने कुरामा एकमत बनाउँन सकेका थिएनन् । यहि कारणले गर्दा सन्  १९७० को अन्त सम्म तत्कालीन राजा चोग्यालले सिमीत घेरामा रहि राज्य संचालन गरे । यसै मेसोमा सन् १९७५मा सिक्किमलाई भारतीय गणराज्यमा विलिन गराई भारतले एउटा भिन्दै प्रदेशको दर्जा दिई तत्कालीन राजा चोग्याल लाई सत्ताच्युत गरेको थियो । 

राजा चोग्याल सत्ताच्युत भई विदेशिए पछि नेपालका दुरदर्शि नेता  विश्वेसर प्रसाद कोईराला तत्कालिन राजशाहिको सत्ता संग नेपालमा लोकतंत्र स्थापना गर्न आफ्ना नेता, कार्यकर्ता र शुभेच्छुकहरूका साथ भारतको लामो समयको निर्वासनबाट २०३३ साल पौष १६ गते नेपालका सबै शक्ति संग मेलमिलाप गरि सहकार्य गर्न र मुलुकको स्वतंत्रालाई अक्षुण राख्न  बि पी कोईरालामा तत्कालीन राजशाहि सत्ताको मृत्युदंड समेतको मुद्दालाई वेपरवाह गरि नेपाल फर्किनु भएको थियो । भारतका तत्कालीन सत्ता पक्षका शासकले नेपाल फर्कनबाट रोक्न अनेकौ यत्न र प्रयत्न गरेता पनि बी पी कोईराला मुलुकको अस्मिता जोगाउन एउटा राष्ट्रभक्त नेताले गर्नु पर्ने कर्तव्यबाट बिचलित हुनु हुनु हुंदैन भन्ने तन र मन ले समर्पित नेता नेपाल फर्किनु भयो ।  कोईराला कुनै विदेशि शक्ती एवं शासकहरूको दवाब र लोभमा परि देशको हितमा काम गर्ने गराउन सक्ने नेताको रूपमा नेपालीहरूको मन मष्तिस्कमा अझ पनि रहिरहेको हुनुहुन्छ । 

इतिहासका हरेक जटिल कालखण्डमा नेपाली जनताले मुलुक बचाएका छन् र नेतृत्वलाई विश्वास गरेर राजकाजको जिम्मा लगाएाक पनि छन् । जिम्मेवारी पाएका व्यक्तिले आफ्नो जिम्मेवारी पुरा नगरेको खण्डमा निजलाई ठेगान लगाएका छन् । त्यसैले अहिलेका शासकबाट जनताले प्रिन्सले राज्यको अभ्यास भएको आभास पाएमा यिनिहरुलाई पनि जनताले ठेगान लगाउँनेछन् । यो ताकत सार्वभौम जनतासंग छ । 

हिजो आज नेपालको गणतान्त्रिक संघीय संविधानमा धावा बोल्न अनेकन प्रपन्च हरू भईरहेको गरिरहेको देखिन्छ । वर्तमान संविधानमा सबै अटाउन सक्ने बहुलवादि संविधान लाई विघटन गर्न गराउन किमार्थ नेपालीहरू चाहदैनन् नै  । तर पनि लोभ प्रलोभ आग्रह पुर्वाग्रह राखि कहि कसैबाट प्रेरित वा अभिप्रेरित भई वर्तमान संविधानको विल्प खोज्ने प्रयाश गरेमा नेपाल प्रिन्सले  राज्यमा जाने खतरा बढ्नेछ । यस्तो उद्यममा लाग्ने र उक्साउने बाट नेपाली सचेत हुनुपर्छ । 