• सोमबार, २९ पौष, २०८१
  • ०१:४९:५०

सफल उद्यमीका सुत्र र संघर्षको पुस्तक 

काठमाडौं । नेपाल र गणतान्त्रिक कोरिया (दक्षिण कोरिया) बीच कुटनीतिकसम्बन्ध स्थापना भएको ५० वर्ष पुग्न लागेको अवसरमा  नेपालस्थित कोरियाली  राजदूतावासले विभिन्न खालका कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।


यसक्रममा गएको माघ १६ गते  काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षगाँठको लोगो समेत सार्वजनिक गरिएको छ । लागो सार्वजनिक कार्यक्रममा परराष्ट्र मन्त्री नारायणप्रसाद साउद र नेपालका लागि कोरियाका राजदूतले संयुक्त रुपमा अनावरण गरेको उक्त लोगो अब आयोजना गरिने  हरेक कार्यक्रमहरुमा प्रयोग गरिने भएको छ ।

 २६ जना व्यक्तिहरुको सफलताको कथा समेटेर प्रकाशन गरिएको यो पुस्तकले  कोरियामा काम गरेर नेपाल फर्किएका व्यक्तिहरुले पैसा मात्र कमाएका छैनन् शिप आर्जन र  अनुभव तथा उद्यम पनि आयात गरेका छन् भन्ने कुराको दृष्टान्त प्रस्तुत गरेको छ । प्रस्तुत गरिएका सफलताका कथाहरु चार भागमा विभाजन गरिएको उक्त पुस्तकको पहिलो भागमा उत्पादनमुलक क्षेत्रमा कार्यरत उद्यमीहरुको सफलतालाई उल्लेख गरिएको छ ।

 

नेपाल र कोरियाबीच कुटनीतिकसम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवशर पारेर कोरियामा गएर काम गरी नेपाल फर्किएर स्वदेशमै विभिन्न पेशा व्यवसाय गरिरेका केहि प्रतिनिधिमुलुक सफल उद्यमीहरुका कथा समेटिएको पुस्तक तपाई पनि मालिक बन्न सक्नुहुन्छ  प्रकाशन गरिएको छ ।

 शिवप्रसाद पोखरेलले लेख्नुभएको उक्त पुस्तक उक्त पुस्तकको प्रकाशन  दुई देशबीचको  कुटनीतिक सम्बन्ध स्थापनालाई सम्झने कृतिको रुपमा लिइएको छ । दक्षिण कोरियाली राजदूतावास काठमाडौंले   गरेको हो । 

उक्त पुस्तकको विमोचन नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ् र नेपालका परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले संयुक्त रुपमा गर्नुभएको थियो । १ सय ३ पृष्ठको उक्त पुस्तकमा कोरियामा काम गरेर नेपाल फर्किएका व्यक्तिहरुले गरेका व्यवसायिक   सफलता र उनिहरुका अनुभवहरु समेटिएको छ ।

२६ जना व्यक्तिहरुको सफलताको कथा समेटेर प्रकाशन गरिएको यो पुस्तकले  कोरियामा काम गरेर नेपाल फर्किएका व्यक्तिहरुले पैसा मात्र कमाएका छैनन् शिप आर्जन र  अनुभव तथा उद्यम पनि आयात गरेका छन् भन्ने कुराको दृष्टान्त प्रस्तुत गरेको छ । प्रस्तुत गरिएका सफलताका कथाहरु चार भागमा विभाजन गरिएको उक्त पुस्तकको पहिलो भागमा उत्पादनमुलक क्षेत्रमा कार्यरत उद्यमीहरुको सफलतालाई उल्लेख गरिएको छ ।

लुम्विनी , कर्णाली र सुदुरपश्चिम प्रदेशमा उत्पादनमुलक क्षेत्रमा काम गरिरहेका ७ जना व्यक्तिहरुको कार्य सफलतालाई चित्रण गरेको पहिलो खण्डले यस क्षेत्रमा काम गरेको व्यक्तिहरुको संघर्ष तथा मेहनतको चित्रणसंगै यसै क्षेत्रमा काम गर्न  चाहने जो कोहिलाई यथार्थमा आधारित सिकाईको सुत्र समेत प्रदान गरेको छ ।  त्यसैगरि पुस्तकको दोस्रो भागमा कृषि क्षेत्रमा प्राप्त सफलताका कथा प्रस्तुत गरिएको छ ।  यो भागमा कोशी, बागमती र लुम्बिनी प्रदेशमा कृषि क्षेत्रमा काम गरिरहेका ६ जना उद्यमीको सफलताका  कथाहरु समेटिएको छ । 

 यी कथाहरुले  दूग्धजन्य व्यवसाय, , मासुजन्य व्यवसाय र  कृषि फार्महरु सञ्चालनका सफलतालाई प्रतिनिधित्व गरेका छन् । रोचक र प्रेरणदायी यी कथाहरुले सफल उद्यमी बन्नका लागि रचनात्मक मार्ग समेत  देखाएका छन् । 

यो पुस्तक पढिसकेपछि प्रतिनिधि पात्रका  सफलताको कथा मात्र होइन यसबाट अरु व्यक्तिले त्यहि प्रकृतिको उद्यम गर्न चाहेको खण्डमा काम गर्ने व्यवहारिक ज्ञान समेत प्राप्त गर्न सक्छन् ।  कसरी एउटा सानो सुरुवातबाट ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने प्रेरणा तपाई पनि मालिक बन्न सक्नुहुन्छ भन्ने पुस्तक पढेपछि मिल्छ ।

 

पुस्तकको  भाग तीनमा सेवामुलक क्षेत्रमा आधारित सफलताका कथाहरु समेटिएको छ । यसमा बागमती प्रदेशका आठ जना व्यवसायिका सफलताका कथाहरु समेटिएको छ । यस अन्तर्गत खासगरी, स्वास्थ्य र पर्यटन क्षेत्रमा भएगरेका सफलताका अभ्यासहरुलाई चित्रण गरिएको छ ।   । भाग चारमा शिक्षा क्षेत्र लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट व्यवसाय संचालन गर्दै आएका बागमती, लुम्बिनी, कर्णाली, र गण्डकी प्रदेशका पाँच वटा सफलताका कथाहरु समेटिएका छन् ।  

 भूगोल, विषयगत क्षेत्रलाई समेत सन्तुलन गर्ने गरी छनौट गरिएका सफलताकाक कथाहरुमा लेखकले गहन खोज, उनिहरुले भोगेका वास्तविक अनुभव, सिकाई र उनिहरुका अनुभुतिहरुलाई स्पष्ट ढंगले प्रस्तुत गरेको देखिन्छ । 

नेपाली भाषमा लेखिएको उक्त पुस्तकका कथाहरुको छनोट सन्तुलित र प्रतिनिधिमुलक ढंगले गरेकाले पुस्तकमा देशभरको चित्र अंकित भएको देखिन्छन् । व्यत्तिको छनोट, उद्यम क्षेत्र  छनोट र भूगोलको छनोटसबै कुराहरुलाई सन्तुलित ढंगले प्रस्तुत गरिएको पुस्तकले आगामी दिनमा थप काम गर्नका लागि एउटा आधारभूत ढाँचा समेत प्रस्तुत गरेको मान्न सकिन्छ ।

 बिचबिचमा आवश्यकता अनुसार कथासँग मिल्दाजुल्दा फोटाहरु समेत राखिएका हुनाले यसको लेआउट डिजाइन पनि आकर्षक छ र जसले गर्दा पाठकलाई पढ्नकालागि समेत रोचक र आकर्षक हुने देखिन्छ । 

यो पुस्तक पढिसकेपछि प्रतिनिधि पात्रका  सफलताको कथा मात्र होइन यसबाट अरु व्यक्तिले त्यहि प्रकृतिको उद्यम गर्न चाहेको खण्डमा काम गर्ने व्यवहारिक ज्ञान समेत प्राप्त गर्न सक्छन् ।  कसरी एउटा सानो सुरुवातबाट ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने प्रेरणा तपाई पनि मालिक बन्न सक्नुहुन्छ भन्ने पुस्तक पढेपछि मिल्छ ।

यो पुस्तकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आफ्नो शुभकामना दिनुभएको छ भने नेपालका लागि गणतन्त्र  कोरियाका राजदूत पार्क थेयङ्ले पनि यस पुस्तकमा आफ्नो शुभकामना मन्तव्य राख्नुभएको छ ।