• शनिबार, १५ बैशाख, २०८१
  • ११:२०:३७

जहाँ विद्यार्थीले शिक्षकको हाजिर गर्छन्

काठमाडौं   विहानको १० बज्न थालेको छ । विद्यार्थी र शिक्षकहरु दाङको सिद्धार्थ नमुना माध्यमिक विद्यालय  घोप्टेओडारको क्षेत्रमा प्रवेश गर्दैछन् । प्रवेशद्धार नजिक एक जना विद्यार्थी हाजिरी रजिस्टर लिएर बसेका छन् । जुन रजिस्टरमा शिक्षकले हाजिर गर्नुपर्छ ।

हरेक दिन विद्यार्थीले शिक्षकको यसैगरी हाजिर लगाउँदै आएका हुन् । विद्यार्थीले नमुना अभ्यास थालेपछि विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन देखिएको छ । शिक्षकहरु समयमै उपस्थित हुने र नियमित कक्षा लिने गरेको विद्यार्थीको भनाई छ ।

सो विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म ५ सय बढी विद्यार्थी अध्ययनरत छन् । अनुगमन र मुल्याङ्कनको पाटोलाई व्यवस्थित गर्न विद्यार्थी र अभिभावकलाई सक्रिय बनाइएको छ ।  

विद्यार्थी र अभिभावकले शिक्षकको निगरानी राख्ने र शिक्षकले विद्यार्थीको निगरानी राख्ने दोहोरो अभ्यासबाट विद्यालयमा शैक्षिक वातावरण राम्रो तयार भएको छ । शिक्षक र विद्यार्थी दुवै समयमै उपस्थित हुदा शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी भएको विद्यालयका प्रधानाध्यापक विरबहादुर घर्तीले बताउनुभयो ।

विद्यालयको समग्र शैक्षिक अवस्थालाई चौतर्फी अनुगमन तथा मुल्यांकन हुँदै आएको छ । विद्यार्थी, शिक्षक मात्रै होइन, अभिभावकहरुले पनि नियमित विद्यालयको अनुमगन गर्दै आएका छन् ।

अभिभावकले अनुगमन गर्न पालोनै लगाउने गरेका हुन् । अभिभावक परिचालनबाट पनि विद्यालयलाई नमुना बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवी गुरुङले बताउनुभयो ।

विद्यालयलाई नमुना बनाउन एउटा पक्ष मात्रै सवल भएर हुँदैन । तर, रोल्पा जिल्लाको सिद्धार्थ नमुना माध्यमिक विद्यालयले सबै पक्षमा नमुना काम गर्दै अघि बढेको देखिन्छ । एनटिभिबाट।