• शनिबार, १५ बैशाख, २०८१
  • ११:५३:३०

आइकम नेपालद्वार रसियामा भएको आतंकवादी घटनाको भत्र्सना

  • Netizen Nepal
  • सोमबार, १२ चैत, २०८०- १७:२०:००/ Monday 03-25-24

काठमाडौं।  रसियाको राजधानी मस्कोको एक कन्सर्टमा २२ मार्च २०२४ का  दिन भएको आतंकवादी हमलाको आइकम नेपालले भत्र्सना गरेको छ । नेपाल सरकारले समेत उक्त घटनाको औपचारिक रुपमा भत्र्सना गरिसकेको   सन्दर्भमा आइकम नेपालले चैत्र १३ गते राजधानी काठमाडौंमा उक्त घटनाविरुद्धको ऐक्यबद्धता तथा मृतकप्रति श्राद्धाञ्जली व्यक्त गर्न आयोजित  शोक सभामा कार्यक्रममा उक्त घटनाको औचारिक रुपमा भत्र्सना गरेको हो । मस्को कन्सर्ट हलमा भएको उक्त घटनामा  एक सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १ सय १० बढीको अस्पतालमा उपचार भैरहेको छ।    

आइकम नेपाल राष्ट्रिय समितिका अध्यक्ष रमेशप्रसाद दवाडीले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा उक्त घटनाविरुद्ध रसियन जनता र आइकम रसियाप्रति ऐक्यबद्धता समेत व्यक्त गर्दै  घटनामा ज्यान गुमाएका व्यक्तिको स्मरणमा मौनधारणा गरिएको र घाइतेहरुहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको उल्लेख छ । त्यसैगरी नेपालभर रहेका संग्रहालय, संग्रहालयकर्मी तथा आइम नेपालका सदस्यहरुलाई समेत  ऐक्यबद्धता तथा मौनधारण कार्यक्रम गर्न आग्रह गरिएको छ । आइमक नेपाल  फ्रान्सको पेरिस स्थित इन्टरनेश्लन काउन्सिल अफ म्यूजियमसंग आबद्ध नेपालको राष्ट्रिय समिति हो । यसले संग्रहालय तथा संग्रहालयकर्मीको क्षेत्रमा काम  गर्दै आएको छ ।