• शनिबार, १५ बैशाख, २०८१
  • ०३:१२:४२

हिमाली क्षेत्रमा  निशुल्क स्वास्थ्य सेवा शुरु

  • Netizen Nepal
  • मंगलबार, १३ चैत, २०८०- १३:१६:००/ Tuesday 03-26-24

काठमाडौं। बसन्त ऋतुसंगै हिमाली क्षेत्रमा  जानु अघि स्वास्थ्य सेवाका लागि आवश्यक जानकारी दिने सेवाको शुरुवात भएको छ । हिमालय उद्धार संघले  बसन्त ऋतु  (Spring 2024)मा संघका सम्पूर्ण स्वास्थ्यचौकीहरु सञ्चालन गर्न तयारी पूरा गरी स्वयम्सेवी डाक्टरहरु एवम् संस्थाका स्वास्थ्य सहायक कर्मचारीहरु सहितको टोली  स्व्ँस्थ्यचौकीहरु तर्फ  प्रस्थान गरी सकेको  जनाइएको छ।  स्वयम्सेवी डाक्टरहरु एवम्संस्थाका कर्मचारीहरु स्वास्थ्यचौकी पुगे लगत्तै स्वास्थ्य सेवा प्रदान गर्ने कार्य शुरु हुने छ।   उक्त स्वास्थ्यचौकीहरु मेमहिनाको अन्तिम सम्म सञ्चालन हुनेछन्।
यस बसन्त ऋतु (Spring 2024) संचालनार्थ संघका हिमाली क्षेत्रमा रहेका स्वास्थ्यचौकीहरुमा जानु पूर्व तयारी अन्तरगत  संस्थाका मेडिकल डाइरेक्टर डा. बुद्ध बस्न्यातले  स्वयम्सेवी डाक्टरहरुलाई लेक लाग्ने रोग एवम् उपचार लगायत पर्वतीय क्षेत्रमा आइपर्ने अन्य स्वास्थ्य समस्याहरुको बारेमा विष्तृत जानकारी सहितको सेवा कक्षा संचालन गर्नुभएको छ ।  

स्वास्थ्यचौकीहरु संचालनार्थ नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,  पर्यटन विभाग, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नेपाल मेडिकल काउन्सिल  एवं  मनाङ्ग डीस्याङ्ग 
बिस्याब गा.पा., खुम्बु पासाबल्हामु गा.पा.ले समेत सहयोग गरेको संघले जारि गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।  
बिज्ञप्तिमा उल्लेख गरिए अनुसार यस बसन्त ऋतुमा कार्य गर्नुहुने स्वयम्सेवी डाक्टरहरु एवम् संस्थाका कर्मचारीहरुको नामावली
यस प्रकार छ ।

Manang Aid-post:
1. Dr. Patrick Julian Timms, Australia
2. Dr. Thomas Ross McFarlane, Australia
3. Mr. Prakash Khatri, Aid- Post Assistant - 9840096133
Pheriche Aid-post:
1.Dr. Brian Mitchell Strickland, USA
2.Dr. Katarzyna Anna Grela, Australia
3.Mr. Thaneshwar Bhandari, Aid-post Assistant - 9848744149
HRA Everest-ER:
1. Dr. Gregory Hugh Stiller, USA
2. Dr. Nishant Joshi, Nepal
3. Dr. Shreyasi Karki, Nepal
4. Mr. Lakpa Norbu Sherpa, HRA Staff - 9841201329