• शुक्रबार, ७ बैशाख, २०८१
  • १०:३७:०६

मधुमेह नभएका मानिसहरूले रगतमा चिनीको मात्रा निगरानी गर्न पर्छ की पर्दैन?

काठमाडौं  मधुमेहको समस्या नभएका मानिसहरूले रगतमा चिनीको मात्रा निगरानी गर्न सकिने भनी बजारमा प्रचार प्रसार भैरहेका उपकरणहरूको प्रयोग गर्न आवश्यक नरहेको चिकित्सकहरूले बताएका छन्।

मधुमेहको समस्या नभएका मानिसहरूले त्यसता उपकरणहरूको प्रयोग गर्दा शरीरलाई चाहिने खानेकुराको सन्तुलन समेत बिग्रनसक्ने उनीहरूको चेतावनी छ।   

मधुमेह भएका मानिसहरूमा रगतमा चिनीको मात्रा कार्बोहाइड्रेटयुक्त खाना खाएको केही घण्टासम्म पनि उच्च रहन्छ। शरीरमा बढी भएको चिनीको मात्रा नियन्त्रण गरिएन भने यसले मानिसका विभिन्न अङ्गहरूलाई असर गर्नसक्छ।

 

पछिल्लो समय शरीरमा चिनीको मात्रा निगरानी गर्ने उपकरणहरूको प्रचार सामाजिक सञ्जालमा भइरहेको छ। यूकेमा जेडओई जस्ता कम्पनीहरूले यस्ता उपकरणहरूको प्रचार गरिरहेका छन्।

तर यूकेको न्याशनल हेल्थ सर्भिसका मधुमेह सल्लाहकार प्राध्यापक पार्थ कर मधुमेहबाट पीडित नभएका मानिसहरूमा चिनीको मात्रा नियन्त्रणमा यस्ता 'ग्याजेट'ले सहयोग गर्छ भन्ने बलियो प्रमाण नभएको बताउँछन्।

यस्ता उपकरण बिक्री गरिरहेको जेडओईले भने यसको प्रभावकारिताबारेको अनुसन्धान प्रारम्भिक चरणमा रहे पनि यो प्रविधि अत्याधुनिक भएको दाबी गरेको छ।

मधुमेह भएका मानिसहरूमा रगतमा चिनीको मात्रा कार्बोहाइड्रेटयुक्त खाना खाएको केही घण्टासम्म पनि उच्च रहन्छ। शरीरमा बढी भएको चिनीको मात्रा नियन्त्रण गरिएन भने यसले मानिसका विभिन्न अङ्गहरूलाई असर गर्नसक्छ।

यसअघि कोभिडको लक्षण निगरानी गर्न सकिने एप बनाएको जेडओई रगतमा चिनीको मात्रा निगरानी गर्ने उपकरण बिक्री गर्ने प्रमुख कम्पनी हो। यो कम्पनीले मधुमेह नभएका मानिसहरूलाई यो उपकरण बिक्री गर्छ।

यस्ता ग्याजेटहरूको मूल्य ५०,००० नेपाली रुपैयाँसम्म पर्ने सामाजिक सञ्जालहरूमा राखिएका प्रचारमा देखिन्छ।

कसरी हुन्छ निगरानी ?

चिनीको मात्रा निगरानीका लागि प्रयोगकर्ताले यो उपकरण दुई हप्तासम्म निरन्तर शरीरमा लगाउनुपर्छ। साथै आफूले दिनभरि खाएका खानेकुराहरूको विवरण पनि त्यसमा राख्दै जानुपर्छ।

यसले शरीरमा भएको बोसोको मात्रा र पेटमा हुनसक्ने ब्याक्टेरियाको पनि जानकारी दिने दाबी गरिएको छ।

जेडओईले हरेक व्यक्तिमा खानेकुराको प्रभाव फरक हुने र कार्बोहाइड्रेट खाएपछि कसैको रगतमा चिनीको मात्रा धेरै बढ्ने तर कसैको रगतमा कम बढ्ने हुने बताएको छ। उसका अनुसार मधुमेह नभएका व्यक्तिले पनि यो उपकरण प्रयोग गर्दा उसलाई 'खानेकुराको छनौट गर्न सहयोग पुग्न सक्छ।'

उपकरणबारे कस्ता आशङ्का छन्?

अनुसन्धाताहरूले मधुमेह नभएका मानिसहरूमा चिनीको मात्रा अत्यधिक बढ्ने र घट्ने कुरामा आशङ्का गरेका छन्।

अक्सफर्ड विश्वविद्यालयका पोषणविद् र मधुमेह अनुसन्धानकर्ता डा निकोला गेस चिनीको मात्रा उच्च हुने वा तीव्र घटबढ हुने समस्या मधुमेह भएका वा मधुमेहको समस्या नजिक रहेका मानिसहरूमा मात्रै हुने बताउँछिन्। उनका अनुसार रगतमा चिनीको मात्रा बढी हुनु मधुमेहको लक्षण त हो तर यसले मात्रै मधुमेह भएको भन्न सकिँदैन।

कस्तो मधुमेहमा प्रभावकारी?

मधुमेह पनि दुई प्रकारका छन्। पहिलो प्रकारको मधुमेह प्यान्क्रियाजले इन्सुलिन उत्पादन गर्न बन्द गर्दा हुने गर्छ। यस्तो समस्या भएका व्यक्तिलाई शरीरमा यसको मात्रा निरन्तर कायम राख्न सुई मार्फत् इन्सुलिन दिनुपर्छ।

दोस्रो प्रकारको मधुमेह शरीरका कोशिकाहरू इन्सुलिन प्रतिरोधी भएका कारण हुने गर्छ। त्यो अवस्थामा रगतमा चिनीको मात्रा सामान्य राख्न थप इन्सुलिन आवश्यक हुन्छ।

दोस्रो प्रकारको मधुमेह नियन्त्रणका लागि खानपान व्यवस्थापन, व्यायाम र बारम्बारको निगरानी आवश्यक पर्छ।

जेडओईले मधुमेह सुरु हुनुभन्दा अघिको चरणमा पनि रगतमा चिनीको मात्रा धेरै हुने वा दिनभरिमा चिनीको मात्रामा व्यापक घटबढ हुँदा त्यसको नतिजा खराब हुने दाबी गरेको छ। उसले मानिसको पेटमा हुने ब्याक्टेरिया, आहार र स्वास्थ्यबीचको सम्बन्धबारे अनुसन्धान गरिरहेको बताएको छ।  

प्राथमिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका डा. रायन क्रुक यसबारेका प्रमाणहरू सङ्कलन गर्ने कम्पनीको प्रयासको प्रशंसा गर्छन्। क्रुक अनि जेडओईका आलोचकहरू चिनीको मात्राको निरन्तरको निगरानीले मानिसहरूलाई आहार परिवर्तन गर्न उत्प्रेरित गर्नेमा सहमत छन्। हाम्रो खानपिनका कारण हुने स्वास्थ्य समस्याबारे जनचेतना दिने कार्यक्रमहरू चलिरहेका भए पनि त्यसको प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ।

 

इम्पीरिअल कलेज लन्डनका एक जना विज्ञ जेम्स किर्नोस प्रयोगको चरणमा नै रहेको कुरा उपभोक्ताहरूमा परीक्षण गर्दा समस्या हुनसक्नेतर्फ सचेत गराउँछन्।

कम्पनीको दाबी

तर जेडओईकी प्रमुख वैज्ञानिक डा. सारा बेरीले कम्पनीले दशकौँसम्म भएका पोषण अनुसन्धानबाट तथ्याङ्क प्रयोग गरेको बताइन्। उनले रगतमा चिनीको मात्रा र स्वास्थ्यबीचको सम्बन्धबारे आफ्नो अध्ययन पनि यसमा प्रयोग गरिएको दाबी गरिन्।

तर यी सबै कुराको प्रमाण आफूसँग नभएको उनले स्वीकार गरिन्। खानेकुरामा ध्यान नदिँदा हुने असर र रगतमा चिनीको दीर्घकालीन असरबारे हामीले यसअघि नै धेरै कुरा थाहा पाइसकेका कारण त्यसलाई बुझ्न अझै दशकौँ पर्खनु नपर्ने उनको तर्क छ।

प्राथमिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका डा. रायन क्रुक यसबारेका प्रमाणहरू सङ्कलन गर्ने कम्पनीको प्रयासको प्रशंसा गर्छन्। क्रुक अनि जेडओईका आलोचकहरू चिनीको मात्राको निरन्तरको निगरानीले मानिसहरूलाई आहार परिवर्तन गर्न उत्प्रेरित गर्नेमा सहमत छन्। हाम्रो खानपिनका कारण हुने स्वास्थ्य समस्याबारे जनचेतना दिने कार्यक्रमहरू चलिरहेका भए पनि त्यसको प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ।

जेडओईले भने वैज्ञानिक परीक्षणहरूलाई प्राथमिकता दिएको र आफ्नै वैज्ञानिक र पोषण विशेषज्ञ सम्मिलित टोली मार्फत् मानिसहरूलाई सुझाव दिइने गरिएको दाबी गरेको छ।

असरबारे चिन्ता

तर पोषणविद् डा गेस यस्ता उपकरणहरू प्रयोग गर्ने मानिसहरूले रगतमा चिनी बढाउने चिन्ताका कारण आफ्नो स्वास्थ्यको लागि फाइदाजनक खानेकुराहरूमा पनि कटौती गरिरहेको हुनसक्ने आशङ्का व्यक्त गर्छिन्। जस कारण अन्य प्रकारका स्वास्थ्य समस्याहरू पनि उत्पन्न हुनसक्ने उनी बताउँछिन्। 

 कम्पनीले मानिसको खानाको प्राथमिकता, भोक र रगत परीक्षणको नतिजासँग सम्बन्धित तथ्याङ्कमा आधारित अनुसन्धान प्रकाशन पनि गरेको छ। तर त्यसमा मानिसको स्वास्थ्यमा के कुराले असर गरिरहेको छ भन्नेबारे प्रस्ट उल्लेख छैन।

 

उनका अनुसार कार्बोहाइड्रेट खान छोडेका मानिसहरूले अर्को पटक त्यस्तो खानेकुरा खाँदा त्यसले शरीरमा ' चिनीको मात्रालाई उच्च तुल्याउन सक्छ।'

खानेकुराको असन्तुलन सम्बन्धी च्यारिटी ‘बीट’का अनुसार खानेकुराको असन्तुलन सम्बन्धी समस्या भएका मानिसहरूले प्रायः तथ्याङ्कहरूमा ध्यान दिने हुँदा उनीहरूलाई चिनीको मात्रा निगरानी गर्ने उपकरण प्रयोगका लागि सिफारिस गरिँदैन।

तर जेडओईकी डा बेरी कम्पनीले आफ्ना ग्राहकहरूको स्वास्थ्यको पूर्ण ख्याल गर्ने र उनीहरूलाई आवश्यक परेको अवस्थामा पोषण परामर्शदाताहरूको सल्लाह लिनसक्ने सुविधा हुने बताउँछिन्।

कम्पनीले मानिसको खानाको प्राथमिकता, भोक र रगत परीक्षणको नतिजासँग सम्बन्धित तथ्याङ्कमा आधारित अनुसन्धान प्रकाशन पनि गरेको छ। तर त्यसमा मानिसको स्वास्थ्यमा के कुराले असर गरिरहेको छ भन्नेबारे प्रस्ट उल्लेख छैन। उसले आफ्नो कार्यक्रमबाट आएको परिवर्तनको बारेमा पनि अध्ययन गरेको छ तर त्यो अहिलेसम्म सार्वजनिक भएको छैन।बीबीसी।