• बिहीबार, १० जेठ, २०८१
  • १२:१९:१०

कृत्रिम वर्षा के हो ? के दुबईमा कृत्रिम वर्षाले विपद निम्त्याएको हो?

  • Netizen Nepal
  • शुक्रबार, ७ बैशाख, २०८१- १८:५२:००/ Friday 04-19-24

दुबईमा गएको २४ घण्टामा कीर्तिमानी बाढी आएको छ, जसका कारण क्लाउड सिडिङबारे भ्रामक अनुमान फैलिन थालेको छ। उक्त वर्षा कति असामान्य थियो र अत्याधिक वर्षा हुनुमा के–के कारण हुन सक्छन्? दुबई संयुक्त अरब इमिरेट्स (यूएई) को तटमा अवस्थित छ र प्राय: एकदम सुक्खा रहन्छ। यहाँ वार्षिक औसत १०० मिलिमिटर (३.९ इन्च) भन्दा कम वर्षा हुने भए पनि कहिलेकाहीँ मुसलधारे वर्षा समेत हुने गर्छ।

दुबईबाट जम्म सय किलोमिटर (६२ माइल) को दूरीमा रहेको अल–ऐन शहरमा करिब चौबिस घण्टाभित्र २५६ मिलिमिटर (१० इन्च) वर्षाको रेकर्ड कायम भयो।  हावालाई तातो र आर्द्र बनाइराख्ने तथा अन्य व्यवस्थालाई प्रवेश गर्न नदिने यहाँको न्यूनचापीय मौसमी व्यवस्था नै यसो हुनुको प्रमुख कारण हो।

“लामो समयसम्म पानी नपर्ने र कहिलेकाहीँ अनियमित भारी वर्षा हुने यो क्षेत्रको मौसमी चरित्र हो। तर त्यसो हुँदाहुँदै पनि अहिलेको वर्षा एउटा दुर्लभ घटना हो,“ खाडी क्षेत्रको वर्षाको प्रवृत्तिबारे अध्ययन गरेका रिडिङ विश्वविद्यालयका मौसमविद् प्राध्यापक मार्टिन एम्बामले भने।

क्लाउड सिडिङ के हो र यसको भूमिका छ कि छैन ?

क्लाउड सिडिङले उपलब्ध बादलहरूमा हेरफेर गरेर थप वर्षा गराउन मद्दत गर्छ। विमानमार्फत् बादलमा चाँदीको आयोडाइडजस्तै स–साना कणहरू खसालेर क्लाउड सिडिङ गर्न सकिन्छ।

त्यसले पानीको वाष्पकणलाई सहजै गाढा बनाइदिन्छ र त्यो वर्षामा परिणत हुन्छ। यो प्रविधि दशकौंदेखि प्रयोगमा छ र यूएईले पानीको अभावलाई सम्बोधन गर्न हालैका वर्षहरूमा यो प्रविधिको प्रयोग गर्दै आएको छ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुबईको मौसम बिग्रनुमा हालै गरिएको क्लाउड सिडिङलाई कारक ठहर्‍याएका छन्। तर ब्लूमवर्गको पछिल्लो रिपोर्टअनुसार आइतवार र सोमबार क्लाउड सिडिङका लागि जहाज खटाइएको भए पनि बाढी आएका दिन अर्थात् मङ्गलवार भने त्यसो गरिएको थिएन।

जलवायु परिवर्तनको भूमिका के छ?

जलवायु परिवर्तनको ठ्याक्कै यही भूमिका छ भनेर आकलन गर्न अहिल्यै सम्भव छैन। त्यसो गर्नका निम्ति मानवीय र प्राकृतिक कारकहरूको पूर्ण वैज्ञानिक विश्लेषण हुनु आवश्यक छ र त्यसका लागि केही महिना लाग्न सक्छ। तर जलवायु परिवर्तन भइरहँदा कीर्तिमानी वर्षा पनि कायमै छ।

सामान्यतया: हावा, आर्द्रता र धुलोको स्थिति वर्षाका निम्ति अपर्याप्त भएका बेला क्लाउड सिडिङ गरिन्छ ।

गतसाता मौसम पूर्वानुमानकर्ताहरूले खाडीभर बाढीको उच्च जोखिम रहेको चेतावनी दिएका थिए।

“जब यस्ता गहन र ठूलो स्तरका प्रणालीबारे पूर्वानुमानहरू गरिन्छन्, क्लाउड सिडिङ गरिँदैन।

यो महँगो प्रक्रिया हो र क्षेत्रीय स्तरमा यसको आवश्यकता पनि हुँदैन।  

सरल शब्दमा भन्नुपर्दा तातो हावाले अधिक आर्द्रता वहन गर्ने क्षमता राख्छ। त्यो प्रति डिग्री सेल्सियस अतिरिक्त सात प्रतिशतजस्तो हुन आउँछ र यसले वर्षाको तीव्रता बढाउन भूमिका खेल्न सक्छ। “वर्षाको तीव्रता कीर्तिमानी थियो, तर यो यहाँको तातो जलवायु अनुरूप छ।

यहाँको जलवायुमा ठुलो वर्षा वा आँधीलाई बल पुर्‍याउन सक्ने किसिमको अधिक आर्द्रता छ र त्यो शक्तिशाली बाढीको प्रबलतासँग जोडिएको छ,” रिडिङ विश्वविद्यालयका जलवायु विज्ञानका प्राध्यापक रिचर्ड एलेन व्याख्या गर्छन् । हालैको एक अध्ययनले यो शताब्दीको अन्त्यसम्ममा यूएईको धेरैजसो भागमा वार्षिक वर्षा लगभग ३० प्रतिशतले बढ्न सक्ने देखाएको छ, किनभने विश्वको जलवायु तात्दै गइरहेको छ।

“यदि मानिसहरूले तेल, ग्यास र कोइला प्रयोग गर्ने कार्य जारी राखे भने जलवायु निरन्तर तातो हुँदै जानेछ, वर्षा तीव्र हुँदै जानेछ र मानिसहरूले बाढीको चपेटामा परेर ज्यान गुमाउँदै जानेछन्”, लन्डनस्थित इम्पेरियल कलेजका जलवायु विज्ञानका वरिष्ठ लेक्चरर डाक्टर फ्रेडरिक ओटले भने ।

बीबीसीले क्लाउड सिडिङ कहिले गरिएको थियो भन्नेबारे स्वतन्त्र पुष्टि गर्न सकेन तर विज्ञहरूका अनुसार आँधी आउनुमा यसले सामान्य असरमात्रै पारेको हुन सक्छ, त्यसैले यसैमा ध्यान केन्द्रित गर्नु ‘भ्रामक’ हुन्छ।

“दुबई वरिपरि वर्षा गराउन क्लाउड सिडिङले प्रोत्साहन गरेकै भए पनि जलवायु परिवर्तनका कारण यहाँको वायुमण्डलले बादल बनाउनका लागि पहिल्यै अधिक पानी बोकेको हुन सक्छ”, डाक्टर ओटले थपे।

सामान्यतया: हावा, आर्द्रता र धुलोको स्थिति वर्षाका निम्ति अपर्याप्त भएका बेला क्लाउड सिडिङ गरिन्छ ।

गतसाता मौसम पूर्वानुमानकर्ताहरूले खाडीभर बाढीको उच्च जोखिम रहेको चेतावनी दिएका थिए।

“जब यस्ता गहन र ठूलो स्तरका प्रणालीबारे पूर्वानुमानहरू गरिन्छन्, क्लाउड सिडिङ गरिँदैन।

यो महँगो प्रक्रिया हो र क्षेत्रीय स्तरमा यसको आवश्यकता पनि हुँदैन”, अबुधाबीस्थित खलिफा विश्वविद्यालयको वातावरण तथा भू–भौतिक विज्ञान विभाग प्रमुख डायना फ्रान्सिसले भनिन्।

बीबीसीका मौसमविद् मेट टेलर पनि गम्भीर मौसमी घटनावारे अगावै पूर्वानुमान गरिएको टिप्पणी गर्छन्। “घटनाअघि नै कम्प्युटर प्रणालीले लगभग चौबिस घण्टामा वर्षभरभन्दा धेरै वर्षा हुने (जसले क्लाउड सिडिङको सम्भावित प्रभावलाई हेर्दैन) पूर्वानुमान गरेको थियो”, उनले भने।

“बहरेनदेखि ओमानसम्मको ठूलो क्षेत्रमा बाढीले गम्भीर असर पारेको छ, मैले क्लाउड सिडिङबाट मात्रै अपेक्षा गरेभन्दा धेरै फराकिलो प्रभाव थियो ।“

यहाँको राष्ट्रिय मौसम विज्ञान केन्द्रले इमिराती क्षेत्रको क्लाउड सिडिङ कार्य सञ्चालन गर्ने गर्छ, जुन एउटा सरकारी निकाय हो।

तीव्र वर्षाका निम्ति यूएई कति तयार थियो ?

तीव्र वर्षालाई घातक बाढीमा परिणत हुन नदिन बलियो सुरक्षा उपाय आवश्यक हुन्छ।

निसन्देह, दुबई अत्यधिक शहरीकृत छ। वायुमण्डलको आर्द्रतालाई सोस्नका लागि यहाँ थोरै मात्र हरित क्षेत्र उपलब्ध छ र यहाँको ढल निकास सुविधा पनि यो तहको उच्च वर्षालाई झेल्न असमर्थ थियो।

“नयाँ स्थितिको (अधिक बारम्बार र तीव्र वर्षा) अनुकूल हुने उपायहरू खोजिनुपर्छ”, प्राध्यापक फ्रान्सिस भन्छन्।

“उदाहरणका लागि– सडक पूर्वाधार र सुविधाहरूलाई अनुकूल पार्नुपर्छ, वर्षाको पानी सङ्कलन गरेर पछि प्रयोग गर्ने गरी जलाशयहरू बनाइनुपर्छ।"

जनवरीमा यूएईको सडक तथा यातायात प्राधिकरणले बाढीको व्यवस्थापनमा मद्दत गर्ने गरी नयाँ एकाइ स्थापना गरेको छ। वीवीसीबाट