• आइतबार, १६ मङ्सिर, २०८१
  • ०३:१६:०२

संग्रहालय : अनुसन्धान, ज्ञान र आर्थिक विकासको धरातल 

  • Netizen Nepal
  • शनिबार, ५ जेठ, २०८१- ०५:२७:००/ Saturday 05-18-24

ओमप्रकाश घिमिरे 
संग्रहालय समुदायबीच शान्तिपूर्ण सहअस्तित्व र सहयोगको विकासको लागि सांस्कृतिक आदानप्रदान र समृद्धिको लागि महत्वपूर्ण स्थानहरू मानिन्छन् ।  संग्रहालयका बारेमा विभिन्न परिभाषाहरु छन् । त्यसमध्ये आइकमले  गरेको परिभाषालाई विश्वभरी साझा परिभाषाको रुपमा लिने गरिन्छ । आइकमले सन् २०२२ मा पारित गरेको पछिल्लो परिभाषाले संग्रहालयको क्षेत्रलाई पहिले भन्दा अझ विस्तार गरेको छ । उक्त परिभाषा अनुसार यो परिभाषाले संग्रहालयहरू कलाकृतिहरूको भण्डार, संस्कृति, परम्परा, जीवनशैली, इतिहास र प्राकृतिक संसारलाई  प्रत्यक्ष अवलोकन गरेर ज्ञान र मनोरन्जन लिने सकिने प्रमाण स्थलहरु भएको उल्लेख गरेको छ । संग्रहालयको यहि व्यापकतालाई ख्याल गर्दै आइकमले हरेक वर्ष संग्रहालय दिवस मनाउँदा फरक- फरक नाराहरु अघि सार्ने गरेको छ ।  


युनेस्कोको  सन् २०२० को एक अध्ययन प्रतिवेदन अनुसार हाल विश्वभर एक लाख चार हजार भन्दा बढि संग्रहालय छन् । त्यसमध्ये  ६१ प्रतिशत भन्दा बढि पश्चिम युरोप र उत्तर अमेरिकामा छन् । एसिया प्रसान्त क्षेत्रमा कूल संग्रहालयको १८ प्रतिशत छन् भने अफ्रिकामा एक प्रतिशत भन्दा पनि थोरै छन् ।

विश्वमा संग्रहालयको इतिहास धेरै लामो छ । तर आधुनिक संग्रहालयको शुरुवात भने सत्रौं शताब्दीको उत्तरार्धमा भएको पाइन्छ । सन् १६८२ मा बेलायतस्थित् अक्सफोर्ड विश्वविद्यालयमा संकलित सामग्रीलाई व्यवस्थित गरी स्थापना   गरिएको अस्मोलिन संग्रहालयलाई विश्वकै पहिलो आधुनिक संग्रहालय मानिन्छ । त्यस आधार हाल विश्वमा संग्रहालयको इतिहास झण्डै साढे ३ सय वर्षको छ । युनेस्कोको  सन् २०२० को एक अध्ययन प्रतिवेदन अनुसार हाल विश्वभर एक लाख चार हजार भन्दा बढि संग्रहालय छन् । यस आधारमा विश्वमाा आधुनिक संग्रहालयको शुरुवात भए यता हरेक एक शताब्दीमा औषत करिब ३० हजार संग्रहालय स्थपना भएको देखिन्छ । तर हरेक पछिल्लो समयमा भने विश्वभरी संग्रहालयको संख्या तिब्र गतिमा बढ्दै गएको छ । संग्रहालयको संख्या हेर्दा जुन देशमा विकासको स्तर माथिल्लो तहमा छ, त्यहि देशमा संग्रहालयको संख्या पनि बढि देखिन्छ ।

युनेस्कोको प्रतिवेदनले उल्लेख गरे अनुसार संसारका एक लाख बढि संग्रहालयमध्ये ६१ प्रतिशत भन्दा बढि पश्चिम युरोप र उत्तर अमेरिकामा छन् । एसिया प्रसान्त क्षेत्रमा कूल संग्रहालयको १८ प्रतिशत छन् भने अफ्रिकामा एक प्रतिशत भन्दा पनि थोरै छन् । मुलुकविशेषको संग्रहालयलाई विश्लेषण गर्दा पाँच हजार भन्दा बढि संग्रहालय भएका देशहरुको सूचीमा चीन, रसिया,जर्मनी, जापान र अमेरिका पर्दछन् । यो तथ्यलाई हेर्दा समग्र विकासको अवस्थासंग संग्रहालय विकासको सम्बन्ध समानुपातिक हुन्छ भन्ने देखिन्छ । 

नेपालमा  संग्रहालय स्थापना भएको मिति १८८१ भएता  पनि यसले संग्रहालयको रुप पाएको १९९५ लाई नै मान्न सकिन्छ । जे होस् नेपालमा पनि संग्रहालयको इतिहास करिव २ सय वर्ष पुरानो हो भन्न सकिन्छ ।

नेपालमा भने वि.स. १८८१ म तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले हतयिार भण्डारणका लागि बनाएको छाउनिस्थित सिलखानालाई नै पछि संग्रहालय बनाइयो, जहाँ अहिले राष्ट्रिय संग्रहालय छ । वि.स. १९८३ मा चन्द्र शमशेरले यसैलाई  हतियार संग्रहालय बनाए भने वि.स. १९९५ मा जुद्ध शमशेरले नेपाल म्यूजियमको नामबाट सबैका लागि खुल्ला गरे । यस अर्थमा नेपालमा  संग्रहालय स्थापना भएको मिति १८८१ भएता  पनि यसले संग्रहालयको रुप पाएको १९९५ लाई नै मान्न सकिन्छ । जे होस् नेपालमा पनि संग्रहालयको इतिहास धरातल  करिव २ सय  वर्ष पुरानो हो भन्न सकिन्छ । तर यो लामो अवधिमा नेपालले जुन गतिमा संग्रहालयको विकास गर्नु पथ्र्येा, त्य गतिमा गर्न सकेन । पछिल्लो समयमा नेपाल पनि विश्व संग्रहालय समाजमा कुनै न कुनै रुपमा जोडिएको छ । खासगरी अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल च्याप्टर मार्फत् नेपालले विश्व समुदायमा आफ्नो उपस्थिति जनाउँन थालेको छ । 

संग्रहालय दिवस 
हरेक वर्ष मनाइने विश्व संग्रहालय दिवस यस पटक पनि मे १८ तारिखका दिन मनाइदैछ ।  यो दिवस विश्वभरका एक लाख चार हजार भन्दा बढि संग्रहालयहरुमा काम गर्ने लाखौ  संग्रहालयकर्मी साझा दिन हो । अन्तर्राष्ट्रिय संग्रहालय दिवस पहिलो पटक १९७७  मा मस्कोमा मनाइएको थियो । विश्वभर संग्रहालयकर्मीको साझा संस्थाको रुपमा रहेको आइकम  महासभाले यसै वर्ष मानवजातिमा संग्रहालयहरूको योगदानमा विश्वको ध्यान केन्द्रित गर्न  रचनात्मक उद्देश्य र संग्रहालय प्रयासहरूलाई थप एकीकृत गर्न वार्षिक कार्यक्रम स्थापना गर्न आह्वान गर्ने प्रस्ताव पारित ग¥यो  । इन्टरनेशनल काउन्सिल अफ म्युजियम्सले १८ मे महिनामा यो प्रस्ताव पारित गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष यसै दिनलाई विश्वभरी अन्तर्राष्ट्रिय संग्रहालय दिवसको रुपमा मनाइन्छ ।  

 सन् २०२४ का लागि विश्व संग्रहालय दिवसको नारा  शिक्षा र अनुसन्धानका लागि संग्रहालय रहेको छ । यो नाराले संग्रहालयलाई शिक्षा तथा अनुसन्धनको थलोको रुपमा चित्रण गरेको स्पष्ट हुन्छ । विश्वका धेरै मुलुकले संग्रहालयलाई उच्च प्राथमिकता दिएका छन् र यसबाट उच्च लाभ पनि लिएका छन् ।  दोस्रो विश्व युद्धपछि सन् १९५४ मा स्थापना भएको ’अन्तराष्ट्रिय संग्रहालय परिषद’ले विश्वभरका धेरै देशहरुमा संगठन खडा गरि संग्रहालयको विकास सम्बन्धि विभिन्न कार्यक्रम, वहस, पैरवी, वकालत गर्ने र संग्रहालयको परिभाषा गर्ने र समय सन्दर्भ अनुसार यसलाई परिमार्जन गर्ने समेत गर्दै आएको छ ।  ’अन्तर्राष्ट्रिय संग्रहालय परिषद नेपाल’ ले  नेपालमा पनि संग्रहालयको क्षेत्रमा विभिन्न काामहरु गर्दै आएको छ । तर जति काम गर्नु पर्ने हो, त्यति हुन सकेको छैन । 

अत्यधिक बृद्धि दर भएको आर्थिक क्षेत्रमा पर्यटन अगाडि पर्दछ र पर्यटन ब्यवसायमा करिब ४० प्रतिशत योगदान मूर्त तथा अमूर्त संस्कृतिको रहेको अध्ययनहरुले दोएका छन् । नेपालमा पनि हाम्रो सम्पदा क्षेत्रले आर्थिक क्षत्रमा उल्लेख्य योदान गरेको छ । तर यसको अध्ययन तथा लेखाजोखा नएकाले आधिकारिक रुपमा कति योगदान गरेका छ भन्ने कुरा उल्लेख गर्न सकिएको छैन । 

विश्वमा संग्राहलयहरुको संख्या, यसको चासो र अध्ययन गर्ने मानिसहरु उल्लेख्य रुपमा बढेका छन् । यति मात्र होइन, अमेरिका, वेलायत, चीनलगायतका विकशित राष्ट्रहरुले आम्दानीको स्रोत र पर्यटन प्रवर्द्धनको मुख्य आधारका रुपमा संग्रहालयको विकास गरिरहेका छन् । संग्रहालयकै माध्यामबाट जीवन, इतिहास, विज्ञान, कलालगायतको आम शिक्षा दिने कार्यलाई व्यापकता दिएका छन् ।  संग्रहालय जस्ता संस्कृतिमा आधारित क्षेत्रलाई अहिले रचनात्मक उद्योगको रुपमा समेत हेर्ने गरिएको छ ।

 रचनात्मक तथा सॉस्कृतिक उद्योग शब्दको प्रयोग थीयोदोरे एडोर्नो र माक्स हर्खेमेनले सन् १९४४ तिर गरेको भएता पनि सन् १९९० को दशकमा बेलायत तथा अष्ट्रेलियमा “रचनात्मक अर्थतन्त्र” अवधारणा बिस्तारित भएका थिए । रचनात्मक तथा सॉस्कृतिक उद्योग ति हुन जसमा मानव सृजनशलिता, शीप, तथा खुवीको प्रयोग ब्यापक हुन्छ र जसलाई बौद्धिक सम्पतिको रुपमा कायम गर्न सकिन्छ र जसले रोजगारी सृजना गरि आर्थिक बिकासमा टेवा पु¥याउ‘छ । अत्यधिक बृद्धि दर भएको आर्थिक क्षेत्रमा पर्यटन अगाडि पर्दछ र पर्यटन ब्यवसायमा करिब ४० प्रतिशत योगदान मूर्त तथा अमूर्त संस्कृतिको रहेको अध्ययनहरुले देखाएका छन् ।  नेपालमा पनि हाम्रो सम्पदा क्षेत्रले आर्थिक क्षत्रमा उल्लेख्य योदान गरेको छ । तर यसको अध्ययन तथा लेखाजोखा नएकाले आधिकारिक रुपमा कति योगदान गरेका छ भन्ने कुरा उल्लेख गर्न सकिएको छैन । 

व्यापार तथा विकास सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनले  सन् २००८ मा श्रृजनशील उद्योगको पहिचान गर्दै यसलाई चार क्षेत्रमा विभाजन गरेको छ । जसअनुसार परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा सांस्कृतिक क्षेत्र सहितको संस्कृति, दृश्य कला तथा प्रदर्शनी कला, छापा तथा श्रब्य दृश्य मिडिया र कार्यमूलक श्रृजना । यी सबै कुराहरु संग्रहालयले संरक्षण तथा प्रबद्र्धन गर्ने भएकाले यि सबै क्षेत्रको संरक्षक निकायको रुपमा संग्रहालय पर्दछ ।

व्यापार तथा विकास सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनले  सन् २००८ मा श्रृजनशील उद्योगको पहिचान गर्दै यसलाई चार क्षेत्रमा विभाजन गरेको छ । जसअनुसार परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा सांस्कृतिक क्षेत्र सहितको संस्कृति, दृश्य कला तथा प्रदर्शनी कला, छापा तथा श्रब्य दृश्य मिडिया र कार्यमूलक श्रृजना । यी सबै कुराहरु संग्रहालयले संरक्षण तथा प्रबद्र्धन गर्ने भएकाले यि सबै क्षेत्रको संरक्षक निकायको रुपमा संग्रहालय पर्दछ । नेपाल यी चारै किसिमका श्रृजनशीलत उद्योग अन्तर्गतका क्षेत्रको धनी छ । तर यो धनलाई विश्व बजार र नेपाली बजारमा कसरी बेच्ने भन्ने बारेमा वृहत्तर रुपमा काम हुन सकेको छैन । यो रिक्ततालाई पुरा गर्न संग्रहालय क्षेत्रले नेतृत्वदायी भूमिका खेल्न सक्छ । 

नेपालमा संग्रहालयको संभावना  
संग्रहालयहरू हाम्रो सांस्कृतिक सम्पदा, इतिहास र ज्ञानकासंरक्षक हुन् र तिनीहरूले राखेका कलाकृतिहरूले संसारमा हाम्रो स्थान परिभाषित गर्न मद्दत गर्दछ । संग्रहालयहरू हाम्रो संस्कृति, रक्षक मानिन्छन । त्यति मात्र होइन  संग्रहालयहरू अतीत, वर्तमान र भविष्य बीचको पुल पनि हुन् ।  युनेस्कोले संग्रहालयहरु हाम्रा साझा सम्पदाहरु संरक्षण गर्ने स्थलहरु मात्रै नभै शिक्षा, प्रेरणा र संवादका प्रमुख स्थलहरु पनि मान्दछ । सामाजिक सद्भाव र सामूहिक संदर्भहरुमा तिनीहरुले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने कुरालाई युनेस्कोले स्वीकार गरेको छ । त्यति मात्र होइन उद्योग र वास्तुकला, सहरी योजना, साँस्कृतिक चिन्तन तथा पर्यटनसँग सम्बन्धित विविध पेशाका लागि आर्थिक केन्द्रका रुपमा तिनीहरु सँस्कृति र दीगो विकासको सम्बन्धलाई पूर्णरुपले प्रतिनिधित्व स्थलहरु हुन्। संस्कृति र जनसमूहका लागि सबैभन्दा मूल्यवान वा अर्थपूर्ण के हो भन्ने कुरा संग्रहालयले प्रतिनिधित्व गर्ने भएकोले तिनीहरु मानव अधिकार र साँस्कृतिक विविधताका शत्रुहरुको निशानामा पनि पर्ने गर्छन् ।  

विश्वमा संग्राहलयको विकास भइ यसले शैक्षिक, पर्यटकीय, आर्थिक, सामाजिक र सांस्कृतिक प्रवर्द्धनमा फड्को मारिसकेको अवस्थामा नेपालले यसबाट प्रसस्त फाइदा लिन सक्ने भए पनि यसमा खासै प्रगति गर्न सकेको छैन । यसको उचित व्यवस्थापनका लागि संग्रहालयसम्बन्धि  स्पष्ट नीति, नियम, कानुन र मापदण्ड अत्यावश्यक भए पनि  यी दस्तावेजको अभाव छ । यसले गर्दा एकातिर स्थापित संग्रहालयको विकास गर्न सकिएको छैन भने अर्को तर्फ संग्राहलयलाई पुराना र काम नलाग्ने सामानहरु थन्क्याएर राख्ने ठाउँका रुपमा चिन्ने आम बुझाइलाई परिवर्तन गर्न सकिएको छैन ।  वास्तवमा सार्वजनिक जनचासोका ऐतिहासिक, महत्वपूर्ण र शिक्षाप्रद सामाग्रीहरुलाई संग्रह गरेर राखिने ज्ञानको थलो हो संग्रहालय । यो बुझाइलाई व्यापक बनाउँन संग्राहलय सम्बन्धि बहस, जनचेतना, पैरवी जस्ता कार्यक्रमलाई  हरेक स्थानीय तहसम्म व्यापक  सघन रुपले अघि बढाउँनु आवश्यक छ ।   

नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातिय र बहुधार्मिक विविधताले मुर्त र अमुर्त सम्पदा र संस्कृतिको खानीको रुपमा रहेको छ ।  भौगोलिक हिसाबले पनि थरिथरिका मौसम, थरिथरिका भूबनोट र प्राकृतिक संरचनाहरु भेटिन्छ ।  भूगोलअनुसारको रहनसहनले मानिसलाई त्यत्तिकै आकर्षित गर्न सक्छ ।  उदाहरणका लागि, खोलावारी बस्ने मानिसको संस्कृति र रहनसहन खोलापारी बस्ने मानिसको भन्दा फरक हुन्छ । मिथिला संस्कृतिदेखि घाटु संस्कृति, नेवारी चालचलन, विभिन्न जातिअनुसारका भेषभुषा यसलाई जीवित संग्रहालयका रुपमा पनि लिन सकिन्छ ।  

काठमाडौँ, भक्तपुर, ललितपुर, लुम्बिनी लगायतका ठाउँहरुमा बाटोमा हिड्दा हिड्दै पनि अवलोकन गर्न सकिने पुरातात्विक  तथा सांस्कृतिक बैभव त झन् खुला संग्रहालयका रुपमा लिइन्छ ।    पछिल्लो समय स्थानिय स्तरमा सानो कटेरो बनाउँदै संग्रहालयको नाम दिने लहर नै चलेको छ । जसको न कुनै मापदण्ड छ न कुनै कानुन । संग्रहालय बन्न लायकका बस्तुहरुको सम्बर्द्धन, संरक्षणमा भने कसैको ध्यान पुग्ने सकेको छैन ।  सात ओटा प्रदेशमा प्रदेशपिच्छे एउटा संग्रहालय निर्माण हुन समेत सकेको छैन । 

विश्वमा संग्राहलयको विकास भइ यसले शैक्षिक, पर्यटकीय, आर्थिक, सामाजिक र सांस्कृतिक प्रवर्द्धनमा फड्को मारिसकेको अवस्थामा नेपालले यसबाट प्रसस्त फाइदा लिन सक्ने भए पनि यसमा खासै प्रगति गर्न सकेको छैन । यसको उचित व्यवस्थापनका लागि संग्रहालयसम्बन्धि  स्पष्ट नीति, नियम, कानुन र मापदण्ड अत्यावश्यक भए पनि  यी दस्तावेजको अभाव छ । यसले गर्दा एकातिर स्थापित संग्रहालयको विकास गर्न सकिएको छैन भने अर्को तर्फ संग्राहलयलाई पुराना र काम नलाग्ने सामानहरु थन्क्याएर राख्ने ठाउँका रुपमा चिन्ने आम बुझाइलाई परिवर्तन गर्न सकिएको छैन ।  वास्तवमा सार्वजनिक जनचासोका ऐतिहासिक, महत्वपूर्ण र शिक्षाप्रद सामाग्रीहरुलाई संग्रह गरेर राखिने ज्ञानको थलो हो संग्रहालय । यो बुझाइलाई व्यापक बनाउँन संग्राहलय सम्बन्धि बहस, जनचेतना, पैरवी जस्ता कार्यक्रमलाई  हरेक स्थानीय तहसम्म व्यापक  सघन रुपले अघि बढाउँनु आवश्यक छ ।   

यी प्रचुर संभावनाको समुदापयोग गर्न संग्राहलयसम्बन्धि आम बुझाइमा सुधार र जनचेतना बृद्धिमा जोड दिनु आवश्यक छ । यसका लागि सरोकारवाला तथा आम मानिसहरुकोविचमा संवाद, छालफल, वहस चलाउ आवश्यक छ ।  नेपालमा मुर्त र अमुर्त सम्पदाहरुको समग्र अवस्थाको बारेमा गहन अध्ययन अनुसन्धान गर्नु आवश्यक छ । त्यसैगरी  व्यापक रुपमा रहेका अमूर्त सम्पदाको संग्रहालय स्थापना गर्ने, यसको अनुसन्धान तथा अध्ययन गर्ने र यिनिहरुलाई हाम्रो ज्ञान र सिकाइ केन्द्रको रुपमा विकास गर्नु आवश्यक छ । यस अर्थमा यस वर्षको विश्व संग्रहालय दिनवको नारा पनि सान्दर्भिक छ । 

पछिल्लो समयमा स्थानीय सरकारले समेत साना साना संग्रहालयहरु खोल्ने कार्य गरेका छन् । तर कुनै मापदण्ड र बुझाइका आधारमा अन्धाधुन्ध रुपमा संग्रहालय खोल्ने कामले पछि संग्रहालयलाई व्यवस्थित गर्न झन् समस्या श्रृजना गर्ने देखिन्छ । त्यसैले यसलाई व्यवस्थित गर्न संग्रहालय स्थापना तथा संचालन सम्बन्धी स्पष्ट मापदण्ड  बनाइ त्यसैका आधारमा नयाँ संग्रहालय खोलनु पर्छ र खुलिसकेका संग्रहालयहरुलाई व्यवस्थि गर्दै जानु पर्छ ।