• शनिबार, ८ असार, २०८१
  • ०४:४९:४९

कोरिया –नेपालको सम्बन्ध जोड्न हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता 

  • Netizen Nepal
  • शुक्रबार, २५ जेठ, २०८१- १५:३४:००/ Friday 06-07-24

काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदुत पार्क थेयङले कोरिया र नेपाल दुई देशबीचको मित्रवत जनस्तरको सम्बन्ध दिनानु दिन सकारात्मक रुपमा विकास हुंदै गएको ब्यक्त गर्नुभएको छ ।  कोरिया –नेपाल कुटनितीक सम्वन्ध स्थापनको ५०औं वार्षिक उत्सबको अवसरमा  शुक्रवार काठमाडौंमा आयोजित हाजिरी जवाफ प्रतियोगिता तथा कोरियाली भाषा वक्तित्वकला प्रतियोगिताको शुरुवातका क्रममा आफ्नो स्वागत मन्तब्यमा उक्त कुरा बताउँनुभएको हो ।  

नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपाल दुई देश बीच कुटनितीक सम्बन्ध स्थापना भएको  स्वर्ण जयन्तीको अवसरमा शुक्रवार हाजिरी जवाफ लगायतका कार्यक्रमको आयोजना गरेको छ । ललितपुरको होटल हिमालयमा आयोजना गरिएको उक्त कार्यक्रममा १ सय ५० जना भन्दा बढि व्यक्तिको उपस्थिती रहेको थियो ।  नेपालमा कोरियाली भाषा, कोरियाको परिचय तथा संस्कृतिको अनुभुती गराउनका लागि आयोजित उक्त कार्यक्रमले ज्ञान तथा संस्कृतिको माध्यमबाट दुइ देशको सम्बन्धलाई अझ बलियो बनाउँन मद्धत गर्ने विश्वास गरिएको छ । 

विभिन्न कार्यक्रम मध्ये  हाजिरी जवाफ  छनौट प्रतियोगितामा ४५ जनाले सहभागिता जनाएका थिए, जसमध्येबाट प्रथम स्थान हाशिल गरेका धर्मराज लामाले यहि वर्ष कोरियामा आयोजना हुने वक्तित्वकला प्रतियोगितमा भाग लिने अवसर प्राप्त गरेका छन् । हाजिरी जवाफमा भाग लिनका लागि विश्वभाषा क्याम्पसमा कोरियाली भाषा विषय अध्ययनरत विद्यार्थी तथा विभिन्न कोरियाली संस्थामा आवद्ध व्यक्तिहरु सहभागी भएका थिए ।  
यसैगरी कोरिया– नेपालबीच कुटनितीक सम्बन्ध स्थापनाको ५०औं वार्षिक उत्सवको अवसरमा दुई देशबीच सम्वन्ध विस्तारमा युवापुस्ताको भूमिका सम्वन्धी शिर्षकमा आयोजित वक्तित्वकला कार्यक्रममा १० जनाले आफ्नो सहभागिता जनाएका थिए । प्रतियोगिहरुमध्ये आरती पौडेलले प्रथम स्थान हासिल गरेकी छन् । 

गणतन्त्र कोरियाली राजदूत तथा अन्य उपस्थित वयक्तिले कोरियाली खानाको प्रतिनिधित्व गर्ने फिबिमफाब् (मिक्स्ड राईस) मा विभिन्न किसिमका कन्दमुल समावेस भएको खानालाई चलाएर खान योग्य परिकारको परिचयात्मक कार्यक्रम रहेको थियो । उक्त कार्यक्रम मार्फत कोरियाली खानाको नेपालमा परिचय गराइएको थियो ।   

शुक्रबार दिनभरी आयोजना गरिएको कार्यक्रममा विभिन्न कोरियाली संस्कृतिलाई नेपाली माझ परिचय गराउने देश्य राखिएको थियो । कोरियाली सांस्कृतिक कार्यक्रमले कोरिया–नेपाल दुई देशका नागरिकवीच जनस्तरमा सम्वन्ध विस्तारमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।