• आइतबार, ३० असार, २०८१
  • १०:३९:५३

'समाचारप्रति रुचि घट्दो, धेरै युवाका लागि समाचारको स्रोत टिकटक'

 

काठमाडौं । मानिसहरूमा समाचारप्रतिको रुचि कम हुँदै गएको एउटा विश्वव्यापी अध्ययनले देखाएको छ।

उक्त अध्ययनका अनुसार धेरै मानिसले समाचारलाई निराशाजनक, कठोर र नीरस मान्ने गरेका छन्।

विश्वभरि १० मध्ये झन्डै चार जना (३९ प्रतिशत) मानिसहरूको रुचि समाचारमा नभएको अक्सफर्ड यूनिभर्सिटीको रोएटर्स इन्स्टिट्यूटले गरेको एक अध्ययनले देखिएको छ। सन् २०१९ मा त्यत्ता मानिसको प्रतिशत २९ प्रतिशत थियो।

युक्रेन र मध्यपूर्वमा भइरहेको युद्धका कारण मानिसहरूको रुचि समाचारमा घटेको यो अध्ययनको प्रतिवेदन लेखकहरूले जनाएका छन्।

समाचारबाट टाढै बस्न खोज्ने प्रवृत्ति अहिलेसम्मकै उच्च भएको 'डिजिटल न्यूज रिपोर्ट' शीर्षित उक्त प्रतिवेदनको दाबी छ। यो प्रतिवेदन तयार पार्न गत ज्यानुअरी र फेब्रुअरीमा ब्रिटिश बजार अनुसन्धाता कम्पनी 'यूगोभ'ले विश्वभरिका ४७ देशमा गरेको सर्वेक्षणमा ९४,९४३ जनालाई संलग्न गराएको थियो।

विश्वभरिका कैयौँ देशमा भइरहेको निर्वाचनका बीच उक्त प्रतिवेदन सार्वजनिक भएको छ।

अध्ययनले चुनावका कारण केही देशहरूमा समाचारप्रतिको रुचि बढ्दै गएको पनि देखाएको छ। त्यस्तो देशमा संयुक्त राज्य अमेरिका पनि पर्छ। तर समग्रमा भने समाचारप्रतिको रुचि घट्दै गएको अध्ययनले देखाएको छ। 

 मुख्यतः महिला र युवाहरूलाई आफ्नो वरिपरिका घटनाक्रमको समाचारको सङ्ख्याले त्यसप्रतिको रुचि घटाएको प्रतिवेदनमा उल्लेख छ। समाचारप्रतिको विश्वास भने ४० प्रतिशत मानिसहरूमा यथावत् छ। तर समग्रमा कोभिड महामारीको समयभन्दा यो चार प्रतिशतले घटेको अध्ययनले देखाएको छ। 

 

विश्वभरि समाचारप्रति धेरै रुचि राख्ने मानिसहरू ४६ प्रतिशत छन्। सन् २०१७ त्यस्ता मानिसको सङ्ख्या ६३ प्रतिशत थियो। यूकेमा समाचारप्रतिको रुचि सन् २०१५ को तुलनामा झन्डै आधाले घटेको छ।

 

किन घट्यो रुचि?

"पछिल्ला वर्षहरूमा समाचारका विषयहरू प्रायः कठोर र निराशाजनक देखिएका छन्," अध्ययन प्रतिवेदनका मुख्य लेखक निक न्यूमनले भने।

"यो बीचमा महामारी र युद्ध चल्यो। यस्तोमा मान्छेहरूले समाचारप्रति रुचि नराख्नु स्वाभाविक हो। आफ्नो मानसिक स्वास्थ्यलाई जोगाउन होस् वा आफ्ना अन्य कुरामा केन्द्रित हुन, मान्छेले समाचारप्रति रुचि देखाउन छाडेका छन्।"

न्यूमनका अनुसार मान्छेहरूले समाचारलाई बेवास्ता गर्नुको कारण उनीहरूले आफूलाई “शक्तिहीन” महसुस गर्नु पनि रहेको छ। "यस्ता मानिसहरू विश्वभरिमा भइरहेका ठूला ठूला घटनाप्रति आफ्नो सरोकार नभएको ठान्छन्," उनी भन्छन्।

  कतिपयलाई भने आफ्नो वरिपरिका घटनाक्रमबारे आउने बारम्बारका समाचारले दिक्क बनाउनुका साथै दुबिधामा पार्ने गरेको छ।कतिपयलाई भने राजनीतिक विषयहरूले दिक्क बनाएको पनि उनले बताए। 

मुख्यतः महिला र युवाहरूलाई आफ्नो वरिपरिका घटनाक्रमको समाचारको सङ्ख्याले त्यसप्रतिको रुचि घटाएको प्रतिवेदनमा उल्लेख छ। समाचारप्रतिको विश्वास भने ४० प्रतिशत मानिसहरूमा यथावत् छ। तर समग्रमा कोभिड महामारीको समयभन्दा यो चार प्रतिशतले घटेको अध्ययनले देखाएको छ। 

 अहिले पनि समाचारका लागि सबैभन्दा महत्त्वपूर्ण सामाजिक सञ्जालको माध्यम फेसबुक नै छ। तर यसको माध्यमबाट समाचार पढ्ने मानिसहरूको सङ्ख्यामा निरन्तर ह्रास आइरहेको छ।

   

यो वर्ष यूकेमा समाचारप्रतिको विश्वास केही वृद्धि भएर ३६ प्रतिशत पुगेको छ। तर सन् २०१६ मा भएको ब्रेक्जिट जनमतसङ्ग्रहमा भन्दा यो १५ प्रतिशत कम हो।यूकेमा सबैभन्दा विश्वासिलो समाचारको स्रोत बीबीसी छ। दोस्रो र तेस्रोमा क्रमशः च्यानल फोर र आईटीभी छन्। 

 युवामा समाचारको स्रोत 'टिकटक'

 

उक्त प्रतिवेदनानुसार टेलिभिजन र छापाजस्ता परम्परागत समाचारका माध्यमहरूप्रति मानिसको रुचि पछिल्लो दशकमा निकै कम भएको छ।

युवापुस्ताले समाचारका लागि अन्लाइन वा सामाजिक सञ्जाललाई स्रोत मानेका छन्।

यूकेमा ७३ प्रतिशत मानिसहरूको समाचारको स्रोत अन्लाइन रहेको छ। टेलिभिजन ५० प्रतिशत र छापा केबल १४ प्रतिशत मानिसका लागि समाचारको स्रोत रहेको छ।

अहिले पनि समाचारका लागि सबैभन्दा महत्त्वपूर्ण सामाजिक सञ्जालको माध्यम फेसबुक नै छ। तर यसको माध्यमबाट समाचार पढ्ने मानिसहरूको सङ्ख्यामा निरन्तर ह्रास आइरहेको छ।  

धेरैका लागि यूट्यूब र ह्वाट्स्याप पनि समाचारका लागि मुख्य स्रोत बनेका छन्।  

टिकटक पछिल्लो समयमा समाचारका लागि लोकप्रिय माध्यम बन्दै गएको छ र पहिलो पटक 'एक्स' (यसअघिको ट्विटर)लाई पनि यसले पछि पारेको छ।

समाचारका लागि १३ प्रतिशत मानिसले टिकटकको प्रयोग गर्ने गरेका छन् भने एक्स १० प्रतिशतले प्रयोग गर्छन्।

अठार देखि २४ वर्षको उमेर समूहका मानिसहरूमा हेर्ने हो भने यो सङ्ख्या २३ प्रतिशत छ।

यो परिवर्तनले मुख्य गरी युवा पुस्तामाझमा समाचारको अनलाइन स्रोतका रूपमा भिडिओ महत्त्वपूर्ण माध्यम बन्दै गएको देखाउँछ ।

युवापुस्ताको माध्यम भिडिओ 

प्रतिवेदनानुसार छोटो अवधिका भिडिओमा प्रस्तुत हुने समाचारप्रति मानिसको बढी रुचि देखिन्छ।

"उपभोक्ताहरूले भिडिओप्रति रुचि देखाइरहेका छन् किनभने यसको प्रयोग सजिलो छ र यसमा ताजा र मानिसहरूलाई लोभ्याइरहने सामग्रीहरू धेरै छन्," न्यूमन भन्छन्।

  "पत्रकारलाई विस्थापन गर्ने नभई अनुवाद र अक्षराङ्कनजस्ता काममा उनीहरूलाई सहयोग पुग्ने गरी एआईको प्रयोग हुनेमा धेरैले सहज मानेका छन्," उनी भन्छन् ।

 

"तर धेरै जसो परम्परागत सञ्चारगृहमा अहिले पनि छापामा जस्तै अक्षरको संस्कृतिमा अल्झिरहेका छन् र उनीहरू कथा वाचनका नयाँ शैलीहरू अपनाउन सङ्घर्ष गरिरहेका छन्।"

उक प्रतिवेदनका नुसार प्रकाशकहरूका लागि समाचारको 'पडकास्ट' संस्करण अबको समयमा उपयुक्त हुन सक्छ ।  

र पडकास्ट “धेरै कमले गर्ने गतिविधि” रहेको र यसले मुख्यतः शिक्षित श्रोतालाई मात्रै आकर्षण गर्ने अध्ययनले देखाएको छ।

प्रतिवेदनले सर्वसाधारण मानिसमाझ विशेष गरी राजनीति वा युद्धजस्ता घटनाक्रमबारे समाचार सङ्कलनका लागि एआईको कसरी प्रयोग हुन्छ भन्ने बारेमा चासो रहेको देखाउँछ।

"पत्रकारलाई विस्थापन गर्ने नभई अनुवाद र अक्षराङ्कनजस्ता काममा उनीहरूलाई सहयोग पुग्ने गरी एआईको प्रयोग हुनेमा धेरैले सहज मानेका छन्," उनी भन्छन् ।  बीबीसीबाट।