• आइतबार, ३० असार, २०८१
  • ११:१९:३२

सुक्खा आँखा: विश्वमा किन धेरै मानिस यो समस्याबाट पीडित छन् र त्यसबाट कसरी बच्न सकिन्छ?

काठमाडौं  । तपाईँको आँखालाई निरन्तर रूपमा अप्ठ्यारो हुन्छ, चिलाउँछ, आँखामा आँसु आउँछ वा प्रकाशबाट प्रभावित हुन्छ भने तपाईँलाई आँखा सुक्खा हुने समस्या भएको हुन सक्छ।

यो त्यति धेरै गम्भीर समस्या त होइन। तर त्यसले तपाईँलाई दिक्क बनाउन सक्छ। यसले करिब ५ देखि ४० प्रतिशतसम्म मानिस प्रभावित भएका बताइन्छ।विभिन्न कारणले आँखाको झिल्लीमा गडबडी उत्पन्न भएपछि यस्तो समस्या आउन सक्छ।  

कहिलेकाहीँ आँखाले थोरै आँसु बनाउँदा वा कमसल आँसु बनाउँदा पनि यस्तो समस्या आउँछ। हामीले शुरूमा भनेका लक्षणका साथै सुक्खा आँखाका कारण दृष्टि धमिलो हुने, आँखा रातो हुने र दुख्ने पनि हुन सक्छ।

 

सुक्खापनको समस्या

आँसुको झिल्ली लिपिडको तह, पानीको तह र चिप्लो पदार्थको तह, म्युकस मिलेर बनेको हुन्छ। यी तीन तहको सम्मिश्रणले आँखाको सतहलाई सफा र चिप्लो बनाइराख्छ।

यीमध्ये कुनै एक तहमा आएको गडबडीले आँखामा सुक्खापनको समस्या निम्तिन सक्छ। यस्तो समस्या हुनुका विभिन्न कारण हुन सक्छन्। अटो इम्यून रोग, केही किसिमका औषधिको प्रयोग, कन्ट्याक्ट लेन्सको प्रयोग र होर्मोनमा आएको गडबडी त्यस्तै केही कारण हुन्।

साउथ ह्याम्पटन विश्वविद्यालयमा आँखा रोगका प्राध्यापक परवेज हुसैनले बीबीसीलाई बताएअनुसार यस्तो हुनुमा धेरैजसो मेबोमिअन ग्रन्थिमा आएको खराबी हो।

यी ग्रन्थि आँखाका परेलामा हुन्छन् र आँसुको झिल्ली बनाउने लिपिडहरू बनाउने काम गर्छन् जसले यी तत्त्वहरू वाष्पीकरण हुनबाट रोक्छन्। हुसैन भन्छन्, “जब तिनले राम्ररी काम गर्दैनन्, आँसुको तह अस्थिर बन्छ र सोचेभन्दा छिटो हराउँछ।”

कहिलेकाहीँ आँखाले थोरै आँसु बनाउँदा वा कमसल आँसु बनाउँदा पनि यस्तो समस्या आउँछ। हामीले शुरूमा भनेका लक्षणका साथै सुक्खा आँखाका कारण दृष्टि धमिलो हुने, आँखा रातो हुने र दुख्ने पनि हुन सक्छ।

वातावरणमा सुक्खापन बढी हुनु, हावा र धुलोका कारण र स्क्रीनमा लामो समय हेर्दा पनि यो सुक्खापनको समस्या आउन सक्छ। वातावरणमा हुने सुक्खापन, हावा अथवा धुलोका साथै लामो समयसम्म स्क्रीनको प्रयोगले सबै लक्षणहरू झन् खराब देखिन सक्छन्।   

कम्प्युटरमा केन्द्रित हुँदा हामी कति पटक आँखा झिम्काउँछौँ त्यसमा कमी आउँछ।nआँखालाई सफा गर्न र आँसुलाई समान रूपमा वितरण गर्नका निम्ति उक्त प्रक्रिया आवश्यक हुन्छ।

आँखा थोरै पटक झिम्काउँदा आँसुको तह वाष्पीकरण हुने प्रक्रिया तेज हुन पुग्छ। आँखाको सुक्खापनको समस्याबाट अधबैँसे मानिस बढी पीडित हुन्छन् भने सामान्यतया पुरुषभन्दा महिला बढी जोखिममा हुने पाइएको छ।

“हामीले गरेको अध्ययन अनुसार ५५ वर्ष हाराहारीका मानिस र अझ खास गरी महिनावारी बन्द हुन लागेका महिला बढी पीडित हुने गरेको देखिन्छ,” हुसैनले भने। मेबोमिअन ग्रन्थिमा होर्मोनको असरका कारण त्यो हुने गर्छ।

यद्यपि हुसैनका अनुसार डिजिटल सामग्रीको अत्यधिक प्रयोगका कारण कम उमेरमा पनि त्यो समस्या देखिन थालेको छ।हिजोआजको जीवनशैली, उक्त रोगबारे बढ्दो जनचेतना लगायतका कारणले बिरामीको सङ्ख्या बढिरहेको देखिन्छ।   

आँखाको सुक्खापन भनेको आँसुको ग्रन्थि ल्याक्रिमल ग्रन्थीले आँसु बनाइरहेको छैन भन्ने हो। भिटामिन ‘ए’को कमी भएका व्यक्तिमा सुक्खापनको समस्या हुन सक्छ। मधुमेह, थाइराइड र बाथ रोगका बिरामीमा पनि हुन सक्छ।

 

आँखाकै कारण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पातलस्थित आँखा रोग विशेषज्ञ डा. रञ्जु खरेलका अनुसार आँखाकै कारणले पनि सुक्खापन हुन सक्छ। आँखासम्बन्धी कुनै रोग भयो भने सुक्खापन हुन्छ।

उनका अनुसार आँखामा एलर्जी छ अथवा आँखाको ढकनी सुन्निने समस्या छ भने त्यसले पनि सुक्खापन निम्तिन्छ। “आँखाको सुक्खापन निम्त्याउन सक्ने आँखाकै रोग पनि हुन सक्छ,”।

आँखाको सुक्खापन भनेको आँसुको ग्रन्थि ल्याक्रिमल ग्रन्थीले आँसु बनाइरहेको छैन भन्ने हो। भिटामिन ‘ए’को कमी भएका व्यक्तिमा सुक्खापनको समस्या हुन सक्छ। मधुमेह, थाइराइड र बाथ रोगका बिरामीमा पनि हुन सक्छ।

धूमपानले पनि आँखाको सुक्खापनको समस्या निम्त्याउन सक्छ। मानसिक स्वास्थ्यका बिरामीले सेवन गर्ने औषधिलगायत अरू कतिपय औषधिले आँखाको सुक्खापन निम्त्याउन सक्छ।

हाम्रो वातावरणमा प्रदूषणको स्तर कस्तो छ त्यसमा पनि निर्भर गर्छ। हामीले एसी वा पङ्खा चलाउँदा पनि त्यसको असर पर्छ।

विद्युतीय उपकरणको प्रयोग गर्दा आँखा प्राकृतिक रूपमा जति पटक झिम्कनुपर्ने हो त्यति पटक झिम्किन्न। नाटकीय रूपमा झिम्किने क्रम घट्न जान्छ। कुनैकुनै व्यक्तिमा दुई तिहाइले पनि घटेको हुन्छ।

“आँखाको सतहमा आँसु बन्ने प्रक्रिया चलिरहेको छ। नयाँ आँसु बन्ने, त्यो आँसुले आँखाको सतहलाई भिजाउने र त्यसपछि पुरानो आँसु हराउने हुन्छ,” उनी भन्छिन्।

आँखा झिम्किने दर कम हुनासाथ आँसु बन्ने चक्र टुट्छ। नयाँ आँसु नबन्ने भयो र भएको आँसु पनि वाष्पीकरण भएर जाने भयो। “त्यसले गर्दा आँखामा सुक्खापन हुनुका साथै थाके जस्तो, दुखे जस्तो हुने र दिउँसो निद्रा लागिरहने जस्तो समस्या हुन्छ।”

रोकथाम तथा उपचार

आँखाको सुक्खापनबाट जोगिन संयुक्त राज्य अमेरिकास्थित एक गैरनाफामूलक, शैक्षिक एवं चिकित्सा अनुसन्धान संस्था मायो क्लिनिकका सुझाव निम्न बमोजिम छन्:  

आँखाको सुक्खापनको उपचारका लागि कृत्रिम आँसु वा लुब्रिकेटको प्रयोग गर्न सकिने हुसैन बताउँछन्। यूकेको न्याश्नल हेल्थ सर्भिस मन तातो पानीमा नरम कपडा भिजाएर त्यसले परेला सफा गर्न र आँखा वरिपरि हल्का ढङ्गले पुछ्न सुझाउँछ।

 

  • आँखामा सीधै हावा पर्नबाट जोगिने

  • कोठा निकै सुक्खा रहेको बेला ह्युमिडिफाअरको प्रयोग गरी ओस्याउनुहोस्

  • लामो समय आँखालाई एकाग्र बनाएर गर्नुपर्ने काम भए आराम दिनुहोस्

  • आँसुको वाष्पीकरण घटाउनका लागि सुक्खा वातावरणमा आँखा बन्द गर्ने गर्नुहोस्

  • आँखाबाट सीधा पर्ने गरी कम्प्युटरको स्क्रीन राख्नुहोस्

  • धूमपान नगर्नुहोस् र यदि कसैले गरिरहेको छ भने टाढा बस्नुहोस्

आँखाको सुक्खापनको उपचारका लागि कृत्रिम आँसु वा लुब्रिकेटको प्रयोग गर्न सकिने हुसैन बताउँछन्। यूकेको न्याश्नल हेल्थ सर्भिस मन तातो पानीमा नरम कपडा भिजाएर त्यसले परेला सफा गर्न र आँखा वरिपरि हल्का ढङ्गले पुछ्न सुझाउँछ।

त्यसो गर्दा ग्रन्थिहरूले बनाएका बोसो पगाल्न सहयोग पुग्छ। ‍औँला अथवा कपासले बिस्तारै परेलीको मसाज गर्दा पनि बोसो पग्लिन सघाउ पुग्न सक्छ।

यी सरल उपायहरू एकसाथ अपनाउँदा अवस्था सुधार ल्याउन सकिन्छ। रोकथामका लागि सही जीवनशैली अपनाउन नेत्ररोग विशेषज्ञ खरेल सुझाउँछिन्।  

  • पर्याप्त मात्रामा पानी खाइरहनुपर्छ

  • अत्यधिक धुलो, धुवाँमा जानबाट जोगिनुपर्छ       

  • विद्युतीय उपकरण धेरै चलाउनु हुँदैन

  • गर्मीमा एसी वा पङ्खा धेरै चलाउने वा सीधा आँखामा पर्ने गरी बस्नु हुँदैन।    

आँखाको सुक्खापनको समस्या हामीले खानेकुरासँग पनि सम्बन्धित रहेको उनी बताउँछिन्। खानेकुरामा भिटामिन ‘ए’ अथवा ओमेगा थ्री फ्याटी एसिडको कमीले पनि आँखाको सुक्खापन बढाउन सक्छ।     

सुक्खापनमा बेला प्रयोग गर्ने विभिन्न औषधि हुन्छन्। कतिपय औषधिलाई बिग्रिन नदिन रसायन प्रयोग गरिएका हुन्छन् तिनले पनि सुक्खापन निम्त्याउन सक्छ। त्यसैले चिकित्सकको परामर्शविना कुनै खालको औषधि प्रयोग नगर्न खरेलको सुझाव छ। कुन खालको सुक्खापनका लागि कुन खालको कृत्रिम आँसु ल्याउने औषधि प्रयोग गर्ने भन्नेबारे चिकित्सको परामर्श लिनैपर्छ।

 

मधुमेह, थाइराइडले सुक्खापन निम्याउने भएकोले ती रोगको नियन्त्रणले पनि सुक्खापन नियन्त्रणमा सघाउन सक्छ। हामीले लिइरहेको अर्को उपचारको औषधिले सुक्खापन निम्त्याइरहेको अवस्था हो भने चिकित्सकको परामर्शमा तिनलाई मोडिफाई गर्नुपर्ने हुन्छ।

महिलाहरूले मेकअपका सामग्री प्रयोग गर्दा पनि ध्यान दिनुपर्ने हुन्छ। अर्को कुरा उमेर बढ्दै जाँदा आँसु बन्ने क्षमता कम हुँदै जान्छ। त्यो हिसाबले सुक्खापनको सम्भावना बढ्दै जान्छ। महिलाहरूमा महिनावारी हुन रोकिएपछि सुक्खापनको समस्या बढी हुन थाल्छ।

सुक्खापनमा बेला प्रयोग गर्ने विभिन्न औषधि हुन्छन्। कतिपय औषधिलाई बिग्रिन नदिन रसायन प्रयोग गरिएका हुन्छन् तिनले पनि सुक्खापन निम्त्याउन सक्छ। त्यसैले चिकित्सकको परामर्शविना कुनै खालको औषधि प्रयोग नगर्न खरेलको सुझाव छ। कुन खालको सुक्खापनका लागि कुन खालको कृत्रिम आँसु ल्याउने औषधि प्रयोग गर्ने भन्नेबारे चिकित्सको परामर्श लिनैपर्छ।बीबीसी।